शिवराज खनाल
दाङ,९ साउन । आज गुरू पूर्णिमा (ब्यास जयन्ती) अर्थात ज्ञानको ज्योतिलाई अन्धकारबाट उज्यालोतर्फ बाटो देखाउने गुरूलाई सम्मान गर्ने दिन । गुरुले दिने ज्ञान र त्यस्को मानव जीवनसँगको सम्बन्ध एकदमै गहिरो रहिआएको छ ।
यसै अबसरमा प्रज्वल स्मृति अध्ययन केन्द्र देउखुरीले लमही नगरपालिका वडा नम्बर ३ को पृथु टेक्निकल कलेज बनगाउमा एक दिने गायत्री यग्य हवन कार्यक्रम सम्पन्न गरेको छ ।
लोक कल्याण, बाताबरणको सुद्दता , आत्मिक शुद्धताका लागि भन्दै गायत्री यग्ज्ञ हवन कार्यक्रमको आयोजना गरिएको प्रज्वल स्मृति अध्ययन केन्द्रका संरक्षक प्रदिपराज शर्माले बताएका छन् ।
‘आज गुरु पुर्णिामाको विशेष दिन अँध्यारोबाट उज्यालोतर्फ लाने सम्पुर्ण प्रेरणा गुरुहरुप्रती हार्दिक नमन छ । पहिलो गुरु आमा , दोस्रो गुरु बा , तेस्रो गुरु धर्ती हो, शिक्षा दीक्षा दिने र जिबन सफलताका लागि प्रेरणा दिने सम्पुर्ण हाम्रा गुरुहरु हुनुहुन्छ’– संरक्षक शर्माले भने ।
हामी जुनसुकै धर्म वा सम्प्रदायको भएपनि ज्ञान र सीप ग्रहणगर्नका लागि गुरु र गुरुतत्वको ठूलो महत्व छ । संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो ज्ञान लाई जति बाँढ्यो उत्ति बढ्दै जान्छ यो सत्य कुरो हो । हाम्रो संस्कार र संस्कृतिमा पनि गुरुको स्थान उच्च मानिन्छ । गुरुलाई हामी माता पिता भन्दा पनि पहिलो देवताको स्थानमा राखेर पुज्ने गर्दछौ ।
हरेक मान्छेमा फरक फरक महान गुण रहेको संत निरन्कारी मिसनका देउखुरी संयोजक तथा अन्तरास्ट्रिय कराते गुरु एबम प्राध्यापक गोबिन्द वलीले बताएका थिए । ‘हरेक ब्यक्तिले आफुसँग रहेको गुण पहिचान नहुने र ज्ञानको ज्वती खोलिदिने र पहिचान गराउने माद्याम नै गुरु हो बिज्ञता अनुसार जो पनि बन्न सक्छ जीवन सफलताको लागि उहानै गुरु हुनुहुन्छ’ वलीले भने ।
गुरुले आफ्ना शिष्यहरुसंग आत्मा र परमात्माको बीचमा सेतु भएर काम गर्छन् । जसरी सुर्यको प्रकाश परावर्तन गरेर चन्द्रमाले कालो रातलाई उज्यालो बनाउँछ राम्रा गुरुको ज्ञान लिएका शिष्यहरुले संसारलाई नै उज्यालो पार्ने काम गर्दछन् ।
गुरु व्यासको सम्झनामा गुरु पुर्णिमा मनाइने परम्परा शुरु भएको मानिंदै आएको विश्वास गरिन्छ । गुरु व्यासले चार वेद, अथर पुरण, महाभारत र श्रिमद भागवत गीता पनि लेखेका हुन् । उनी गुरुहरुका गुरु दतरात्रयका पनि गुरुका रुपमा मनिन्छन् । ‘गु’ को अर्थ अन्धकार हो र ‘रु’ को अर्थ अन्धकारलाई चिर्ने उज्यालो हो ।