प्रीतिको ब्याटलमा सागरको ‘नाटक’(भिडियोसहित)
दाङ,८ साउन । तीज पर्व नजिकिदै गर्दा विभिन्न कलाकारहरुका तीज गीतहरु समेत आइरहेका छन् । यसै सन्र्धवमा गायीका तथा मोडेल प्रीति आलेको तीज गीत ‘नाटकै भाछ नि’ सार्वजनिक भएको छ । बिग नेपाली फिल्म युटुव च्यालनबाट सार्वजनिक भएको गीतले चर्चा बटुल्दै गएको छ ।
शुक्रबार आज सार्वजनिक भएको ब्याटल तीज गीतमा दाङ घोराही निवासी मोडेल सागर भण्डारीले अभियन गरेका छन् । नेपाली गीतसंगीतका क्षेत्रमा अघि बढ्दै गरेका मोडेल भण्डारीलाई म्युजिक भिडियोमा बिना रावतले साथ दिएकी छिन् ।

‘नाटकै भाछ नि’ बोलको गीतमा सागर र बिनाको जोडी जमेको छ । नेपाली लोक तथा लोक पपका क्षेत्र गीतमा चर्चित गायीका प्रीति आलेले यस पटकको तीज गीतमा पछिल्लो समयमा म्युजिक भिडियोमा रोजाइमा पर्दै आएका सागरलाई रोजेकी हुन ।
यायक समेत रहेका मोडेल भण्डारीले यसअघि ‘तिम्रो घरको आँगनीमा’, ‘तिम्रो घरको आगनीमा’लगायतका करिव आधा दर्जन बढी गीतहरुको म्यूजिक भिडियोमा अभियन गरिसकेका छन् । व्याटल तीज गीतमा गायीका आलेलाई गायक महेशविक्रम पाण्डेले स्वरमा साथ दिएका छन् । गीतमा महेशविक्रम पाण्डेको नै शब्द र कम्पोज रहेको छ ।
नाटकै भाछ नि तीजमा
