युवराज शर्मा
नेपालका वास्तविक किसानहरुले खेतीपाती गर्छन् । उनीहरुलाई प्रकृतिले साथ दिन्छ । मौसमी हुने बर्षामा उनीहरुको खेती निर्भर हुन्छ । उत्पादन पनि मौसमअनुसार हुन्छ । उनीहरुले आत्मनिर्भर भएर खेती गर्न सकेका छैनन्, अर्काको पर्खाईमा हुन्छन् । टेक्टरबाट खेती गर्ने लहर छ । त्यसमा समावेश वास्तविक किसानले एक हल गोरु, हलाजुवा, हिँगाजस्ता उपकरणहरु प्रयोग गर्छन् ।
उनीहरुलाई धर्तीपुत्र भन्छन् । त्यस्ता किसानहरु खाद्य आपूर्तिमा कमजोर देखिन्नन् । असल किसानका घरमा कम्तीमा एकहल गोरु, एउटा गाई र बाख्रा पालेको हुन्छ । कसैले दुहुनो भैसी पालेर दूध उत्पादन गर्छन् । त्यो दूध बेचेर आर्थिक समस्या टार्छन् । छोराछोरीको स्कुल फि पनि तिर्न सफल छन् । यस्ता किसानहरुलाई आदर्श किसान भन्छन् । उनीहरु पनि समाजमा अगुवा बन्छन् ।
लेनदेनमा आर्थिक समस्या हुन्न । आफ्ना छोराछोरीको शिक्षा र स्वास्थ्योपचारमा पछि पर्दैनन् । उनीहरुले आफ्ना्े जमिनमा खेतीपाती गर्छन् र बाँझो जमिन छोड्दैनन् । घरका सबैजना खेतीपातीमा जुट्छन् । आपसमा काम पनि मिलेर गर्छन् । उनीहरुले काममा अल्छीपन गर्दैनन् । सरकारी पहुँच छैन । खेतीपाती गर्दा एकले अर्कालाई सघाउँछन् । मिलीजुली काम गर्छन् । यसैलाई अरिमोपरिमोको काम भन्ने चलन गाउँघरमा छ ।
किसानहरुलाई भारी बोकाएर दुःख दिने काम माओवादीले द्वन्द्वकालमा गरे । उनीहरुले धेरै सताएका थिए । देशमा गणतन्त्र ल्यायौँ भने तिमीहरुका दिन बदलिदिन्छौँ भन्थे माओवादी नेताहरुले । ठूलै क्रान्तिकारी नाराहरु सुनाउँथे । जब सत्तामा पुगे । त्यस्ता नेताहरुले धन कमाउने धन्दामात्र गरे । उनीहरुले भनेका बाचाहरु केही पनि गरेनन् । आफ्नै दुनो सोझाएका थिए । अझै आफ्नै पेटभरि खाने वातावरण बनाएका छन् ।
किसानहरुका समस्याहरुलाई ख्याल गर्दैनन् । उनीहरुकै मत पाएर जनप्रतिनिधि बनेका नेताहरु स्वार्थी बनेका छन् । उनीहरुले जनताको समस्या बुझ्नुभन्दा आफ्नै समस्या सुल्झाउन जनप्रतिनिधि भएको झलक दिन्छन् । यस्ता जनप्रतिनिधिहरु किसानका समस्याहरुमा अनभिज्ञ बन्छन् । त्यसकारण किसानहरुले खेतीपातीका लागि समयमा मलबीउ पाउँदैनन् । यस्तो अवस्थामा किसानहरुले खेती गरेर उत्पादन कसरी बढ्छ ? यो नै किसानहरुका लागि ठूलो समस्या हो । खेतीमा के कति किसानहरु छन् ?
आफ्नो जमिन आफै जोतेर अन्न उब्जाउने कति संख्या ? अर्काको जमिन अल्पकालीन र दीर्घकालीन समयका लागि खेती गर्ने किसानहरु गाउँस्तरमा के कति संख्यामा छन् ? त्यसका लागि कति परिमाणमा मलबीउ ओखती चाहिने हो ? त्यस्तो रेकर्ड कृषि ज्ञानकेन्द्र, स्थानीय सरकारका कृषि शाखाहरुमा र कृषि मन्त्रालयमा पाइन्न । हचुँवाको भरमा अनुमानका आधारमा मलबीउ आयात गरिन्छ । यसले अभाव बढाउँछ, देखाउँछ, भइरहेको छ । यो व्यवहार कमिसनका लागि हो ।
गाउँघरका किसानहरुले आफ्नै पैसा खर्चेर खेती गर्छन् । अन्न उब्जाउँछन् । तरकारी, फलफूल उत्पादन गर्छन् । दूध र दुधजन्य पदार्थ उत्पादन गर्छन् । यस्ता किसानहरुका लागि वस्तुहरुलाई बिक्री गर्ने सरकारी पसल सरकारले व्यवस्था गरेको छैन । धानको बिक्री मूल्य, खरिद मूल्य समयमा सरकारबाट हुन्न । यस्तो मूल्य बजेट भाषणमा अर्थमन्त्रीबाट आउनुपर्दथ्यो । आउँदैन । धानखेती गर्न किसानहरुलाई प्रोत्साहन सरकारबाट हुँदैन ।
अन्तमा उत्पादित वस्तुहरुको बिक्री गर्न बिचौलियाहरुको आधार लिनुपर्ने किसानहरुलाई बाध्यता छ । फुटकर वस्तुलाई बेचेर आम्दानी हुँदैन । जबसम्म थोक बिक्रीको वातावरण सरकारबाट हुँदैन, तबसम्म कृषिवस्तुहरुको उत्पादनमा प्रगति हुँदैन । देशमा खाद्य आपूर्ति आयात गर्नुपर्छ । अहिले जेठ १५ गतेसम्म ६७ अर्बको चामल भारतबाट मात्र आयात भएको अवस्था छ ।
त्यस्तै अन्य वस्तुहरुको आयात पनि भारतीय बजारमा निर्भर हुनुप¥यो । यसबाट के देखियो भने नेपालीहरु भारतीय उत्पादनमा निर्भर छन् । जमिन भएर पनि खाद्य उत्पादन घटिरहेको छ । जबसम्म नेपाली किसानहरुको पहिचान हुँदैन, उनीहरुका समस्याहरुमा सरकारको ध्यान जान्न तबसम्म किसानहरुको भलो हुने छैन । खेतीपाती गर्ने किसानहरुको संख्यात्मक बृद्धि होला भन्ने आशा आम नेपालीहरुमा थियो ।
देशमा गणतन्त्रले किसानहरुको जीवनस्तर उठाउने कार्यक्रमहरु जनप्रतिनिधिहरुले ल्याउलान् भन्ने थियो । त्यसतर्फ कुनै जनप्रतिनिधिहरुको ध्यान गएन । जानुपथ्र्यो । तर गएन । सदैव किसानहरुलाई गरिबीको चपेटामा पर्नुपरेको छ । उनीहरुको पहुँच सरकारी निकायमा हुन सक्दैन, भएको पनि पाइन्न ।
धेरैजसो किसानहरुको आफ्नो बस्ने बास र जोत्ने आफ्नो नाममा जग्गा छैन । अर्काको जग्गाजमिनमा बसेर शर्तबमोजिम खेतीपाती गरेर परिवारको पालनपोषण गर्दै आएको अवस्था छ । उत्पादन गरेको खाद्यले परिवार पाल्न समस्या भोग्छन् । यस्तो अवस्था भएपछि अन्य आयस्रोतका आधारहरु नभएपछि उनीहरु मेसिनरी उपकरण प्रयोग गर्ने काम गर्न लागेका छन् । किसानहरुले उत्पादन गरेको प्याज र टमाटर खरिदकर्ता भएनन् ।
लकडाउन स्थानीय प्रशासनले लगायो । त्यस्ता वस्तुहरुको बिक्री वितरण सरकारबाट भएन । कुहिएर फाल्नुप¥यो । लगानी पनि उठेन । यसको दोषी को ? खेतीमा जीवन बिताए पनि सरकारबाट किसानहरुले केही पनि पाएका छैनन् । टाँठाबाँठा व्यक्तिहरुको पहुँच स्थानीय र प्रदश सरकारसँग छ । किसानका नाममा सुविधाभोगीहरु उनीहरु नै हुन् । यस्ता व्यक्ति पनि समयसापेक्ष बन्छन् । उनीहरुको मात्र पहुँच सरकारका छ ।
कृषकका नामबाट किसानहरुलाई दिइने अनुदान रकम पनि त्यस्तै व्यक्तिहरुले हात पार्दै आएको वातावरण सरकारले बनायो । जसमा आसेपासे र नातेदारहरु जो सरकारका जनप्रतिनिधिहरु भएका छन्, उनीहरुले यस्तैलाई बाँड्दै आएको कृषि अनुदान हो । किसानहरुले आफ्नो व्यक्तित्व र अस्तित्व गुमाएका छन् । खेतीपातीमा समस्या भोगेका छन् । सरलता बन्न सकेको छैन । किसानहरुका लागि सरकारले आधुनिक खेती गर भन्छ तर टेक्टर पाउँदैनन् । हलोजुवाका लागि काठ पाउँदैनन् । गोरुहरु खरिद गर्न कुनै आर्थिक सहयोग छैन । कुलोपानी व्यवस्थित भएको छैन । झारा गर्ने काम मात्र कुलोपानीमा किसानहरुले भोग्नुपरेको छ ।
सरकारबाट किसानहरुले पाएको समस्याहरु हुन् । गणतन्त्रमा शिक्षा, स्वास्थ्य र कृषिमा सुधार भएन । दक्ष र योग्य व्यक्ति शिक्षाबाट उत्पादन भएन । गुणस्तरीय शिक्षाको नारा दिए पनि सत्तामा पुगेर रमाउने काम मात्र जनप्रतिनिधिहरुले गर्दै गरेको इतिहास भयो । सामुदायिक शिक्षण संस्थाहरु कामयाव शिक्षा भएन ।
स्वास्थ्य पनि कोभिड–१९ ले थला प¥यो । धेरैको ज्यान गयो । स्वास्थ्य जीवन, सुन्दर जीवन बन्न सकेन । कोरोना भाइरसलाई रोक्न स्थानीय प्रशासक र प्रहरीहरुलाई धपाउन लगाइयो । सरुवा रोग पूर्णरुपमा हटेन । राणाकालीन स्वरुप गणतन्त्रमा देखाएर जनप्रतिनिधिहरुले कोरोना भाइरस फैलाउने काम मात्र गरे र गरिरहेका पनि छन् ।
गणतन्त्रतात्मक शासन प्रणालीमा किसानहरुले खेतीपाती गर्दा मलबीउको अभाव भोग्नुप¥यो । किसानहरुलाई गणतन्त्रले दिएको समसयाहरु भोग्छन् । उनीहरुले गाउँमा नेताहरुलाई लुकाएर राख्थे । यिनीहरु सरकारमा पुगेपछि हाम्रो दिनचर्यामा परिवर्तन आउने आशा गर्थे । तर जीवनमा व्यक्तित्व र अस्तित्व डुबाएका छन् । आफ्नो पेशालाई सरकारले संकटमा पार्दैछ ।
शहर विकास गर्ने काममा खेतीयोग्य जमिन समाप्त हुँदैनन् । छोरानातीहरु भारतीय भूमिमा खेती गर्न पलायन हुँदैछन् । उनीहरुले खेतीपाती गर्ने जमिन गुमाउँदै छन् । जीवनमा वंशागत दासत्व पाउँदैछन् । परनिर्भरता बन्दैछन् । विदेशबाट आउने रेमिट्यान्सबाट देशको सत्ता चलाउने जनप्रतिनिधिहरुको बाहुल्यता छ । खेतीपाती गर्ने किसानहरुले समस्या भोगे, दासत्व पाए, अस्तित्व गुमाए ।