आँखा स्वास्थ्य सेवालाई जनस्तरसम्म पु¥याउने

  •   
  •  

गोरक्ष समाचारदाता

लमही, २ साउन । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गतका सञ्चालित आँखा अस्पतालहरूले दिँदै आएका सेवाहरूलाई जनस्तरसम्म पु¥याइने बताएको छ । लमही आँखा अस्पतालले लमहीमा पत्रकार भेटघाट गरी हाल दिँदै आएको सेवालाई थप गर्दै गुणस्तरीय आँखा उपचार सेवा घरदैलोमै पु¥याउने जानकारी दिएको हो ।

कार्यक्रममा हाल दिँदै आएको सेवालाई थप गर्ने र विभिन्न स्थानमा आँखा अस्पतालले आँखा उपचार सेवाको पहुँचलाई घरदैलोमा पु¥याउने उद्देश्यले घरदैलो सशुल्क नगर स्वास्थ्य क्लिनीक सञ्चालन गर्ने प्रमुख प्रशासक शम्शेर थापाले जानकारी दिए । त्यस्तै अस्पतालहरूमा अबदेखि बिहान साढे ८ बजेदेखि सेवा सुरु हुनेछ भने शनिवार पनि अन्य दिनजस्तै प्रिमियम क्लिनीक सञ्चालन हुनेछ । अब सातै दिन आँखा अस्पतालमा सबै सेवाहरू दिइनेछ । यस अघि इमरजेन्सी सेवा दिदै आएका अस्पतालहरूले अब भने अन्य दिनजस्तै सेवा दिनेछन् ।

त्यसका लागि अब बिरामीले फोनबाट पनि नाम लेखाउन सक्नेछन् । त्यस्तै अस्पतालहरूले मोवाइल एप प्रिमियम सेवाको तयारी गरेको छ । त्यस्तै परामर्श सेवा सञ्चालन गरेको लमही आँखा अस्पतालले घरदैलो सशुल्क नगर स्वास्थ्य क्लिनीक अन्तर्गत पहिलो शनिवार भालुवाङ, दास्रो शनिवार, अमिलिया र तेस्रो शनिवार गढवामा सेवा दिने बताएको छ ।

विशेषज्ञ सेवा अन्तर्गत नियमित अकुलोप्लाष्टी सेवा, महिनाका दुई दिन (रेटिना र कोरनिया क्लिनीक) सञ्चालन हुनेछ । नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक घनश्याम सुवेदीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा दाङका सभापति कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले अस्पतालहरूले दिँदै आएको सेवालाई थप व्यवस्थापन गर्दै अन्य विशेषज्ञ सेवाहरू दिने तयारी गरेको बताए ।

सो कार्यक्रममा नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लीला शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष चुमा आचार्य, नेत्र ज्योति संघका उपभापति रेशमबहादुर खड्का, चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल, आँखा अस्पताल बहादुरगञ्जमा मेडिकल डाइरेक्टर डा. सन्तोष सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।