घर भत्किँदा दाङमा तीन महिनाकी शिशुको मृत्यु

घोराही, २४ असार । अविरल वर्षाका कारण घर भत्कदा दाङमा तीन महिनाकी शिशुको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका– १७ क्वाडीमा विहिवार विहान घर भत्किँदा शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उक्त घट्नामा उनको आमा र दिदी घाइते भएका छन् । घरको भित्ता भत्कँदा क्वाडी निवासी मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

घाइते मनिषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरीको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।