गौमाता किन भनियो ?

गुरुप्रसाद शर्मा रेग्मी

गाईको अध्यात्मिक र भौतिक दुवै रुपमा उपयोगिता र उपादेयता छ । त्यसैले गौमाता भनेर आमाको सम्मान दिएको हो । गाईलाई एउटा पशुको रुपमा मात्र हेर्नु हुँदैन । गाईबाट एउटा मानिसलाई कति उपलब्धिहरु प्राप्त हुन्छन्, त्यसैको लेखाजोखा गर्ने प्रयास गरिएको छ । घरमा गाई पाल्दा अर्थ, धर्म, काम, मोक्ष, चार पुरुषार्थहरुको सिद्धि प्राप्त हुने गर्दछ ।

वर्तमानको अर्थप्रधान युगमा गाई किन बढी उपयोगी छन् ? भन्ने उसको दूध, घ्यू, गोबर, गवँतबाट धनको वर्षा हुन सक्दछ । यति मात्र होइन नेपाल कृषिप्रधान देश भएकाले खेतीमा गोरुले जति काम दिन सक्दछ त्यति काम अरुले (राँगा ठेमा गोरु) दिन सक्दैनन् । गोरुले गाईको दूध खाएकाले उसमा सात्विक बल धेरै हुन्छ । चाहे जाडो होस् या गर्मी गोरुको सात्विक बलमा कमी आउँदैन । राँगोमा बल बढी भए पनि सात्विक बल हुँदैन ।

राजाहरुले आफ्ना घोडाहरुलाई तेजिलो र फूर्तिलो बनाउन गाईको दूध पिलाउने गर्दथे । युद्धमा बढी उपयोगी र हिड्दा तेजिलो र फूर्तिलो हुने गर्दथे । दूधको कारणले घोडा तेजिला बन्छन् भनेर अर्को राजाले आफ्ना घोडालाई भैँसीको दूध पिलाएका छन् । दूधको असरले गर्दा नदी तर्दा घोडा पानीमा बस्न थालेछन् । यसले पनि गाई र भैँसीको दूधको अन्तर पुष्टि हुने गर्दछ । भैँसीको दूध विदेशी गाईको दूध खाने मानिस प्रायः रिसाहा, क्रोधी र झगडालु हुने गर्दछन् । ठिमाहा वीर्य बैंकका गोरुको जुरो हुँदैन । त्यसैले हलोको जुवा त्यसको घाँटीमा अट्दैन । यसैले जोत्न सक्दैन । प्रमुख आय स्रोतको रुपमा रहेको खेतीमा टेक्टर बाहुल्यता देखिनुको यही कारण हो ।

गाई यति पवित्र हुन्छन् कि तिनलाई स्पर्ष गरेर चलेको हावा पनि पवित्र हुन्छ । त्यसले मानिसलाई पवित्र र आनन्दित बनाइदिने गर्दछ । कृष्ण गाईको पछाडि हिड्नुको यही कारण हो । गाईको मूत्र र गोबर पनि पवित्र हुन्छ । गोबरले पोतेको घरमा प्लेग, हैजाजस्ता संक्रमित रोगहरु, कीटपतंगहरु प्रवेश गर्न सक्दैनन् । गोबरले पोतेको घरमा युद्धमा फालेको क्षेप्यास्त्र र बमको असर हुँदैन तर सिमेन्टका घर ध्वस्त हुन सक्दछन् । गाईको गोबरा जहर खिच्नसक्ने विलक्षणको शक्ति हुने गर्दछ ।

सर्पले टोकेर मरेको मानिसलाई पनि दुई घण्टा नबित्दै नाकका प्वाल छाडेर पूरै शरीरमा गाईको गोबर लेप लगाइदिने, त्यो सुक्यो भने पुनः लेप लगाइदिने हो भने एक घण्टामा त्यो मानिस जीवित हुने गर्दछ । यस कुरालाई वैज्ञानिकहरुले पनि परीक्षण गरेर जहर खिच्नसक्ने शक्ति गोबरमा हुन्छ भनेर सिद्ध गरेका छन् । यसैगरी गौमूत्र पनि हृदय रोग, दम रोग र अन्य पेटसम्बन्धी रोगको औषधीको रुपमा उपयाग गर्ने गरिन्छ । त्यही गाईको गोबरबाट गोबरग्यास चलाएर घर उज्यालो पनि बनाउन सकिन्छ ।

खादको रुपमा गाईको गोबर अतिमहत्वपूर्ण हुन्छ । एउटा किसानले एउटा खेतमा गाईको गोबर र अर्को खेतमा रासायनिक मल हालेर खेती गरेछ । गाईको गोबर हालेको खेतबाट बढी उब्जनी र फसलमा बढी मिठास भएको पाइयो । तर अर्को रासायनिक मल हालेको खेतमा उब्जनी त भयो तर गाईको गोबर हालेको खेतजस्तो उब्जनी भएन । मीठास पनि नभएको फसल प्राप्त भयो । यतिबेला रासायनिक मल हालेर उर्वरा शक्ति समाप्त भएका खेतबारीलाई उर्वराशक्ति प्रदान गर्न भारतबाट ठूलो मात्रामा गाईको गोबर आयात गरिरहेका छन् ।

समयमै सचेत नहुने हो भने हाम्रा खेतबारी उब्जनी नहुने हुन धेरै वर्ष लाग्ने छैन । समयमै सचेत भएर गौहत्यालाई ठूलो अपराध मानेर दण्ड सजाय दिने व्यवस्था गर्न सकेनौँ भने भविष्य अँध्यारो हुनेछ । हिन्दू धर्मावलम्बीहरुले सम्पन्न गर्ने सम्पूर्ण धार्मिक कार्यहरुमा गाईको दूध, दही, घ्यू, गवँत, गोबरको विशेष महत्व हुन्छ । गाईको घ्यूबिना कुनै पनि यज्ञ कार्य सम्पन्न हुन सक्दैन । कुनै पनि पूजाको लागि स्थान शुद्ध बनाउन गोबरले नै लिप्नु पर्दछ ।

श्राद्धमा पिण्ड बनाउँदा जुरो भएका सूर्यको किरणबाट अलौकीक शक्ति खिच्नसक्ने गाईको दूधबाट बनाउनु पर्दछ । वीर्य बैंकका गाई र भैँसीको दूधबाट बनाएको पिण्ड पितृले पाउँदैनन् । श्राद्ध गर्नुको अर्थ हुँदैन । पञ्च गव्य, पञ्चामृत नभई पूजा हुँदैन । यो तिनै स्थानीय गाईबाट मात्र प्राप्त गर्न सकिन्छ । यस्ता गाईहरु काटिएका छन् । निर्यात भएका छन् । तर नसरकार बोल्छ न त जनता बोल्छन् ।

धर्म निरपेक्षतालाई महत्व दिएर देशका क्रिस्चियन धर्मको प्रचार प्रसार गर्न मात्र लागिएको छैन, चुनावमा पैसाले सहयोग गरेर नेतालाई नै आफ्नो झोले बनाएको छ । गरिब जनतालाई प्रलोचन दिएर अनुयायी बनाउने कुचेष्टा गरिरहेको छ । यो गौहत्या गर्न गराउनमा माओवादीको पनि ठूलो हात थियो । त्यसकारण यसलाई रोक्न पनि माओवादी नै सक्रिय हुनुपर्छ ।