बर्दिया,२३ असार । रारा मानविय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरी) बाँकेले रोटरी क्लब अफ बर्दियाको समन्वयमा तथा गुलरिया नगरपालिकाको सहकार्यमा राहत वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि रेरी बाँकेले लामो समयदेखिको लकडाउनका कारण समस्यामा परेका अति गरिब, असहाय र अपांगता भएका व्यक्तीहरुलाई लक्षित गरि राहत वितरण गरेको हो ।
संस्थाले १०५ परिवारलाई प्रति घर ३५ किलो चामल, २ किलो दाल, २ लिटर तेल, २ किलो नुन, २ किलो चिनी, १ प्याकेट र १ प्याकेट चियापत्ती वितरण गरेको हो । रेरी बाँकेले चार लाख अठतीस हजार रकम बराबरको राहत वितरण गरेको सस्थाका कार्यक्रम संयोजक मनोज पौडेलले जानकारी दिएका छन् ।
कंचनपुर र कैलालीबाट सुरु गरिएको राहत कार्यक्रम सुदुर नेपालका अन्य ५ जिल्लामा गरिने कार्यक्रमका संयोजक पौडेलले जानकारी दिए। रेरी बाँकेको सौजन्य र रोटरी क्लब अफ बर्दियाको समन्वयमा राहत वितरण गरिएको थियो ।

रेरी बाँकेका अध्यक्ष पुनितविक्रम शाहले लकडाउनका कारण कुनै पनि गरिब असहायहरुले भोक भोकै बस्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले सुरु गरिएको राहत कार्यक्रम बर्दियालगायत बाँके, र दाङमा समेत सहयोग गर्ने बताएका थिए ।
रेरी बाँकेले बिगत २० वर्षदेखि पश्चिम नेपालमा सामाजिक विकास, स्वास्थ्य क्षेत्र, वातावरण संरक्षण र अपांगता हकहितका लागि अग्रणी संस्थाको रुपमा काम गर्दै आएको संस्थाका अध्यक्ष शाहले जानकारी दिएका छन् ।
उक्त राहत वितरण कार्यक्रमका गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, रोटरी क्लब अफ बर्दिया वर्ष २०२१ का प्रेसिडेन्ट इलेक्ट सुद्धांशु प्रकाश शर्मा, रोटरी इन्टरनेसनल नेपाल–भुटान असिस्टेन्ट गवर्नर तिर्थ पौडेललगायतको सहभागिता रहेको थियो ।