Goraksha

National Daily

विकास नगर टोलद्धारा ट्रान्समिटर माग

दाङ,२३ असार । घोराही उपमहानगरपालिका–१५ विकास नगर टोलले आफ्नो टोलमा विद्युत समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण घोराहीसँग ट्रान्समिटर माग गर्ने निर्णय गरेको छ ।

टोल विकास सस्थाका अध्यक्ष बेचन वलीको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो माग गरेको हो । ट्रान्समिटर नहुँदा टोलमा विद्युत अनियमिता हुनका साथै प्राप्त मात्रमा विद्युत नहुने गरेको टोल विकास सस्थाका उत्तम कुमारले जानकारी दिएका छन् । उनका अनुसार विद्युतको भोल्टेज नपुग्दा मोटरहरु नचल्ने समस्या रहेको छ । टोल विकास सस्थामा १ सय २५ घर परिवार रहेका छन् ।

ट्रान्समिटर नहुँदा अधिकांस टोलबासीहरुले विगत लामो समयदेखि विद्युत समस्या भोग्दै आएका छन् । समस्या बारे नेपाल विद्युत प्राधिकरणलाई जानकारी गराएपनि समस्या समाधान हुन नसकेको स्थानीयको गुनासो रहेको छ ।