राजनीति कस्तो ? काम्लोमा सातु मुछेजस्तो

मधुसूदन सुवेदी

राजनीति हेर्दाहेर्दै कता लाग्यो ? राजनीति जान्दाजान्दै के भयो ? राजनीति सुन्दासुन्दै कहँ पुग्यो ? राजनीति भोग्दाभोग्दै कहाँ अड्कियो ? के राजनीति हिड्ने बाटो यही थियो ? के राजनीति चल्ने नियम यही थियो ? के राजनीति चलाउने व्यक्ति व्यक्ति यस्तै हुनु पथ्र्यो कि राजनीति अघि हिडाउने बाटो यस्तै थियो ? के राजनीति टिकाउने विधि यही थियो कि राजनीति बिकाउने पोलिसी यही थियो ? के राजनीति हाक्ने सारथी यस्तै हुनुपर्ने थियो ?

के राजनीति लोकप्रिय बनाउने आदर्श यस्तै थियो ? के राजनीतिको निकास र विकासको गति यहीँ र यस्तै हुनुपर्ने थियो ? के राजनीतिभित्रको नीति यस्तै चाला र ढङ्गले अघि बढ्नुपर्ने थियो ? के राजनीतिको मूल्य र मान्यता यत्तिकैमा सीमित हुनुपर्ने थियो ? के राजनीतिको अभियान यसरी नै बन्नुको संस्कार र परम्परा यस्तै बसाल्नुपर्ने थियो ? के राजनीतिको चरित्र यस्तै हुनुपर्ने थियो ? के राजनीतिको शास्त्र यस्तै नै व्याख्या गरिएको थियो ? के राजनीतिको संयन्त्र यस्तै नै तरिकाले बनेको हुनुपर्ने थियो ?

के राजनीतिले दिनुपर्ने प्रतिफल यस्तै थियो ? के राजनीतिको संविधान र विधान यस्तै नै हुनुपर्ने थियो ? के राजनीतिभित्र संगठन यस्तै नै हुनुपर्ने थियो ? के राजनीतिको भविष्य यस्तै हुनुपर्ने थियो ? राजनीति आज कुन मोडमा पुग्यो ? राजनीतिभन्दा सबैमा पर्ने चिसो के हो ? राजनीतिले दिने समस्या कि समाधान ? राजनीतिको समाधान गर्ने तरिका आजकै हो ? पछिल्लो राजनीति कुन स्थितिमा रहेको छ ? राजनीतिले जन्माएको आशंका र भ्रम के–के हो ? राजनीति किन बनाइयो ?

राजनीतिलाई राजनीधि बनाउन किन खोजियो ? राजनीति भनेको उच्च नीति, नियम र पद्धति हुनुपर्नेमा राजनीति उच्च कोटीको सम्पत्ति किन हुनपुग्यो ?राजनतिलाई जीवनशैली सुधार्ने, जीवन पद्धति किन बनाइयो ? राजनीतिक स.स्कारलाई भुलेर र बदलेर राजनीतिक कुसंस्कार किन बनाइयो ? राजनीतिको खेल मैदानलाई अपवित्र किन बनाइयो ? राजनीतिको एकीकृत खेलमैदानलाई गुटको खेल मैदान किन बनाइयो ? राजनीतिक क्षेत्रको विसतार र फैलावटलाई किन साँघुरो ढुङ्ग्रोमा कोचियो ? राजनीतिको उच्चतम विन्दुलाई न्यूनतम विन्दुमा किन झारियो ?

राजनीति सरल गाँठोलाई फुकाउनै नसकिने टिल र अंकुशे कठिन गाँठो किन पारियो ? राजनीतिको पारदर्शीतालाई नजरबन्दमा किन पारियो ? राजनीतिले दिन खोजेको विकास र समृद्धिलाई किन तोड्न र मोड्न खोजियो ? राजनीति जनताका लागि हुनुपर्नेमा जनता राजनीतिका किन बनाइयो ? राजनीति नीति र पद्धति अनुसार चुन्नुपर्नेमा नीति र पद्धतिलाई राजनीति अनुसार किन चलाइयो ? राजनीति धर्मका आधारमा चल्नुपर्नेमा धर्मलाई राजनीतिमा मिसाएर धमिलो किन पारियो ?

राजनीति देख्ने बित्तिकै देख्ने वित्तिकै, सुन्ने बित्तिकै, जान्ने बित्तिकै र भोग्ने बित्तिकै थाहा पाउनुपर्ने वा महसुस गर्नुपर्नेमा यसलाई काम्लोमा सातु मुछे सरी किन गिजोलियो ? राजनीति यसरी यहाँ यस्तो सस्तो र सोचेजस्तो नहुनुमा जिम्मेवारी कसको ? राजनीतिमा बिग्रेको जति जिम्मा लिने कसले ? राजनीतिमा सप्रेजति जस लिने कसले ? राजनीतिको बागडोर सम्हाल्ने व्यक्तिको आचारसंहिता के हो ? राजनतिले जनताप्रति हेर्ने नजर कसले हो ? राजीतिले देशको गुहार पर्ने अभियान कस्तो हो ? राजनीतिमा देशभक्ति भावना कस्तो हो ?

राजनिितमा राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता कस्तो हो ? राजनीतिमा सांगठनिक एकता कस्तो हो ? राजनीतिमा देशको पहिचान र उच्च सम्मान कस्तो हो ? राजनीतिमा परिवर्तनको छनक र रौनक के हो ? के जस्तो गर्दा पनि उसले राजनीति हुन्छ ? राजनीतिमा देशै डुबे पनि यो राजनीतिक सफलता हुन्छ ? राजनीतिभित्रको सफलता केलाई मान्ने ? यसको आधार के हो ? यसको सत्यता के हो ? यसको प्रमाण र पुष्टि के हो ?

यसको सवलीकरण के हो ? जे गर्दा, जसो गर्दा र जस्तोसुकै गर्दा पनि राम्रै हो, ठिकै छ, सफलै छ, चल्दै छ, जाँदै छ, हिड्दै छ, आज हुँदै छ, भोलि हुनेछ, पर्सि हुने छ भन्नैपर्ने, आशा गर्नैपर्ने, पर्खनैपर्ने, कुर्नेपर्ने, घुर्नैपर्ने, आकाशतिर हेर्नेपर्ने, आशा मान्नैपर्ने, भरोसा गर्नेपर्ने, सहनैपर्ने, चित्त बुझाउनैपर्ने, हाँस्नैपर्ने, तारिफ हुनैपर्ने, ताली बजाउनै बन्नुपर्ने, गाली नगर्नैपर्ने, खुशी हुनैपर्ने, रिसाउनै नपाउने, कस्तो आदेश हो ? कस्तो स्थिति हो ?

कस्तो संकेत हो ? कस्तो अचम्म हो ? कस्तो गजप हो ? जसरी पनि राजनीतिलाई समर्थन गर्नुपर्ने ? जसरी पनि राजनीतिको नायिकेलाई मान्नैपर्ने ? जनतासँग राजनीतिको परिभाषा छैन । जनताले राजनीति गरेमा आवश्यक सरसल्लाह, सुझाव, गुनासो, आपत्ति कुनै केही प्रकट गर्न नपाउने ? राजनीतिभित्रको (लोकतन्त्र) के हो ? यो कसले ल्यायो ? यो कसले प्रचार ग¥यो ? यो कसले स्थापित ग¥यो ? यो किन र कसरी स्थापित भयो ? यो कसका लागि किन र कसरी ल्याइयो ? यो कसको हितमा र संरक्षणमा छ ? बुझ्ने कसले ? बुझाउने कसले ? मूल्यांकन गर्ने कसले ? आज यो सबै कुरा धमिलो पानी किन बन्दै छ ?