भूपेन्द्र सुवेदी
कुनै पनि संघ संस्था,कार्यलय अन्य क्षेत्रको स्वायत्तताको साथ सञ्चालन गर्न बिधि बिधान र त्यो बिधि बिधान लागू गर्ने दक्ष जनशक्तिको खाँचो हुन्छ नै । सबैभन्दा पहिला हामी आफ्नै घरको ब्यबस्थापन नै हेरौ हामी कसरी आफ्नो घर–परिवार र ब्यबहार चलाएका छौँ यो नै महत्वपूर्ण बिषय हो । आजको २१औ सताब्दीमा आइपुग्दासम्म हामी अझै बिगतकै बाताबरण र हावामा चल्लन खोजेको अबस्था छ ।
अब नेपालको राज्य सञ्चालनमा परिवर्तन आउनु पर्दछ र त्यो जिम्मेवार नबयुवा शक्तिमा जानुपर्दछ । थाकेको बुढो गोरु र आजको ७० बर्ष नेता एकै एकै हुन् त्यसैले आफूले सोच्नसक्ने क्षमता ह्रास हँुदैछ भने सम्झने शक्तिले आफ्नो स्थान छोडी सक्यो अब त्यसबाट कुनै ठोस उपलब्धि हुँदैन । खाली आवश्यक पर्दा सुझाब र सल्लाहबाहेक अरु आस गर्नु हुँदैन । किनभने अस्ताउन लागिसकेको सूर्यको पनि तामक्रम न्युन हुँदै जान्छ । यसैले राज्यको राष्ट्रको जिम्मेवारी अब युवा र पाको पुस्तामार्फत सञ्चालन हुन आवश्यक छ ।
नेपालमा बिगत २०५२ सालदेखि सामुदायिक बन उपभोक्ता समूहको स्थानीयहरुको सहभागितामा सामुदायिक बन उपभोक्ता समूह गठन गर्ने र बनको संरक्षण र सम्बद्र्धन र सदुपयोगको जिम्मेवारीको साथ बिधान, कार्ययोजना निर्माण गर्दै सामुदायिक बनमा समाबेशीताका आधार तयार गरी ५० प्रतिशत महिला सहभागिताको ग्यारेण्टी उक्त बिधान र कार्ययोजनाले तोकेको छ तर सबै समावेशीता भएको अबस्था छ तापनि दलित, जनजाति, पिछडा बर्ग, लोपोन्मुख संख्या समेत सहभागिता गराउन सामुदायिक बन उपभोक्ता महासंघले राज्यले गर्न नसकेको समाबेशीताको आधार तयार गरी महिला पुरुषको सहभागितामा कार्यसम्पन्नता हुँदै आएको हामी सबैमा जानकारी नै छ ।
तर न त राज्यले नै तोक्न सकेको छ नत सामुदायिक बन उपभोक्ता महासंघ नेपालले नै नेपालका युवा शक्तिलाई यो समाबेशीतामा आकर्षण गर्न सकेको अबस्था छ । किन युवाहरु सामुदायिक बन क्षेत्रको जिम्मेवारीमा आउन सकेनन् त ? कित नेतृत्व बर्गले युवालाई स्थान दिन नसकेर हो वा स्वयम् युवाहरुले नै सामुदायिक बनको महत्व नबुझेर हो वा बुझेर नै आउन नचाहेका हुन् त ?
यो बिषयमा सम्बन्धित जिम्मेवार पक्षहरुले सामुदायिक बनमा युवाको सहभागिताको बिषयमा बृह्त छलफल अन्तक्र्रिया, गोष्ठीसमेतमा केबल युवाहरुको मात्र उपस्थितिमा देशैभरीका सामुदायिक बन उपभोक्ता समूहमा आबद्ध रहनुहुने युवा शक्तिहरुको समूह–समूह बाटै लगत संकलन गरी एउटा सामुुदायिक बन उपभोक्ता समूह, स्थानीय बन महासंघ, सामुदायिक बन उपभोक्ता महासंघ नेपालको संरचनामा अतिबार्य महिला, जनजाति, दलित अन्यजस्तै युवा समाबेशीताको अबधारण ल्याउनु आवश्यक छ र युवा शक्तिलाई जिम्मेवारीमा ल्याउनुपर्दछ नत्र आजैको अबस्था रही रहे राजनीतिकरुपमा उनै ७०–७५ बर्षले मात्र दाई लगाए जस्तो अबस्था आउन अब टाढा छैन ।
प्रथम त नेपाल सरकारले र सामुदायिक बनका अभियान्ताहरुले आज सोच्नैपर्ने सर्बप्रथम वन, जंगल, जैबिक बिबिधता, जल, जमिन, बन, हावाजस्तो बिषयमा बनको बिज्ञान पढ्न बिदेशबाट नेपाल आएर नेपालको बन बिज्ञानमा पिएचडी गरेर यहाँबाट बाहिर देशका मित्रहले ज्ञान हासिल गर्दै आ–आफ्नो देशमा नेपालको सामुदायिक बन र नेपालको बाताबरण, हरियालीको र नेपालमा आफै उत्पादन भएका जडीबुटी, बिभिन्न खानीहरुको अनुसन्धानसमेत गरिसकेका छन् तर स्वयम् हाम्रो नेपालको युवा शक्तिहरुले यो अवसर पाउन सकेका छैनन् । अब नेपाल सरकारले वन बाताबरण जैबिक बिबिधता, जलवायु परिवर्तनको बिषयमा नेपालका युवाहरुलाई कसरी आकर्षण गर्न सकिन्छ ? यो पहिलो चरण सरकारको योजना हुनुपर्दछ ।
हाम्रो बुझाईमा नेपालका युवा शक्ति सामुदायिक बन क्षेत्रमा निरन्तर सहभागिता जनाउन नसक्नुको कारण आर्थिकसँग जोडिन जान्छ । किनभने युवाहरुले आफ्नो योग्यता अनुसार आर्थिक सुबिधा पाउनुपर्ने हुन्छ तर सामुदायिक बन उपभोक्ता समूहले उनीहरुको योग्यताअनुसार तलब सुबिधा दिलाउन सक्ने विधि–बिधान पनि छैन र आर्थिकतामा पनि सम्पन्न छैनन् । युवाहरुको आफ्नो उमेर अबस्थामा कमाउनुपर्ने बाध्याता नै हुन्छ तर स्थानीय नागरिक धेरै नपढेका कहीँ जागीर खान नसक्ने उमेरले पाको भइसकेका महिला, पुरुषहरुको मात्र सामुदायिक बन उपभोक्ता समूहमा आज बाध्यताले भोलिन्टियर सेवामा खट्न परेको छ ।
कमाउने उमेरमा हामी भोलिन्टियर सेबामा लाग्दा आफ्नो परिवारको पालन पोषण र बालबच्चाको पढाई लेखाई कहाँबाटको आम्दानीले गर्ने ? यसको ब्यबस्थापन स्वयम् सरकारले गरिदिएमात्र नेपालको युवाशक्ति सामुदायिक बन उपभोक्ता समूहको संरक्षणमा आकर्षण हुने थिए कि ?
निकै दर्दनाक पक्ष केहो भनी बिगत २५–३० बर्षदेखि सामुदायिक बन उपभोक्ता समूहलाई स्थापना गर्दै स्थानीय बन संरक्षण गर्ने जिम्मेवारी स्वयम् नेपाल सरकारले सामुदायलाई दियो र सरकार आनन्दले कानमा तेल हालेर राज्यको सुबिधा लिएर सोखिनका साथ क्वाटर आबास, आ–आफ्नो तहको सुख सुबिधायुक्त रुपमा स्थानीय जनताको जिम्मा बन क्षेत्रलाई लगाएर खाली खेती अध्यरुवाले लगाउने बाली स्याहर्न मालिक बनेर सरकार बिभिन्न बहानामा राजश्व असुल गर्ने सरकार बिधि–बिधानको पालना गर्दै रातदिन बन क्षेत्रको संरक्षणमा खट्ने उपभोत्तला बिहानको ७ बजे आफ्नो घरको साग–सिस्नु खाँदै भोलिन्टियर सेबा गर्नुपरेको अबस्थालाई हेरेरै होला सामुदायिक बनको संरक्षणमा युवाशक्तिको र तिक्तताको परिणाम, जसले कुर्नपर्ने र कुर्ने कसम खाएर सरकारबाट नियुक्त भएको जमात हो उसले कसरी कति सुबिधा लिएर काम गरे कि गरेनन् ?
तर केही भुलचुुकमात्र भयो भने उनै बन हेरालु, समूह परिचालन गर्दै आएको समूहमाथि नै सरकार कारबाही चलाएको हुन्छ तर बिधिको बिडम्बना जुन चोर उसैको ठूलो स्वर भन्ने उखान साबित छ नेपालमा ।
अब नेपालको सामुदायिक बन उपभोक्ता समूहमा युवालाई आकर्षण गराउन नेपाल सरकारको भूमिकामा निम्म कुराको अनुसन्धानको लागि जिम्मेवारी दिँदा नेपालका होनहार पढे–लेखेका तथा बनको महत्व बुझेका तर नेपालमा आफूमा भएको ज्ञान र सीपको स्वयम् राज्यले अबमूल्यन गरी बिदेशमा भौतारिन बाध्य बनाएको युवा जमातलाई एकीकृत गर्दै आ–आफ्नो क्षेत्रमा बिगतमा स्थापित भएका उद्योग, कलकारखाना, खानी जडीबुटी, टुरमिनल, पत्थर, सुनचाँदी, तामो, फलामको प्रशस्त खानी छ हाम्रो देशमा यसको राम्रो अध्ययन अन्बेषण, तालिम गराई युवाशक्तिहरुलाई बिदेश जानबाट रोक्ने र आफ्नै देशमा कलकारखाना स्थापना गराई नेपालको आर्थिक उन्नतिको जिम्मा दिने ब्यबस्था लागू गरेमा हाम्रा युवा हरुलाई बिदेश पलायन गराउने बिदेशीको गुलामी बनाउने बिभिन्न बहानामा भिसा फ्रि, जस्तो गलत प्रचारबाट आफ्नो युवा शक्ति बिदेश पलायन होइन अब स्वयम् नेपालको प्रगतिको जिम्मा दिनको लागि नयाँ बिचार नयाँ सोच र नयाँ नीति नयाँ बिधिको खाँचो छ ।
नेपालमा बिगतको राजा महेन्द्रको दशबर्षे कार्यकालमा नेपालमा स्थापना गरिएका सम्पूर्ण कलकारखाना, उद्योगहरुलाई पुनः जस्ताको तस्तै सुरुवात गर्ने र सञ्चालनको अनुसन्धान अन्बेषणको ब्यबस्थापनको जिम्मा अब युवाशक्तिको हातमा दिन सकेमात्र नेपालको प्रगति हुन्छ । धेरै टाढा नजाउ हिजो नेपालमा पेशा श्रमको अवसरबाट बञ्चित युवा शक्तिहरुले बिदेशमा गएर सिकेको सीप आज आफ्नो देशमा आएर श्रम गरेर केही उन्नति गरेका छन् । जस्तै नेपालको सामुदायिक बन समूहमा युवाको आकर्षण कहिले भन्ने जिज्ञासामा पाठकज्युहरुमा पोख्ने जमर्को गरेको छु ।
बनको काठपात, स्याउला, बनकस, खर, बाबियोको माध्यमबाट बिगतमा मित्र राष्ट्र चीनले स्थापना गरिदिएको भिरकुटी कागज कारखाना पुनः स्थापित गराई ती युवाशक्तिको जिम्मा दिँदा केके फाईदा हुन्छ ? उनीहरु आफै अग्रसरता देखाएर परिणाम निकाल्नेछन् । के एउटै कागज कारखाना नेपालमा सञ्चालन गर्न सके हामी बार्षिकरुपमा कति परिणाममा बाहिरबाट कागज खरीद गरेका छौँ र कति आफ्नो आम्दानी हुन्छ ? र कति ती कारखानामा हाम्रो युवा जनशक्तिले अवसर पाउलान् ?
बिगतको नेपालमा स्थापना गरिएका कलकारखाना, उद्योग सबै हुबहु स्थापना नगरेसम्म नेपालको उन्नति हुनेछैन र नेपालको युवाशक्तिले आफ्नो देशको सेवामा समर्पित हुनबाट सधै बञ्चित रहनेछन् र देशको अबस्था सधै कंगालको रुपमा बिदेशीसँग हात थापेर कति दिन देशको बिकास हुन्छ ? हिजो ०४५।०४६ सम्म नेपाल खाद्यमा आत्मनिर्भर थियो नेपालले खाद्य निर्यात गर्दथ्यो र आज खाली खाद्य आयात मात्र भएको अबस्था छ ।
यो ब्यबस्थाले नेपालमा धनी सधै धनीको धनी गरीब सधै गरीबको गरीब हुने हुँदा अब नेपालमा राजनीति होस्, कुटनीति होस्, देशको राज्य सञ्चालनको जिम्मेवारी आजका नागरिकको विश्वासपात्र बनेका युवा शक्तिको जिम्मा नदिएसम्म कुनै क्षेत्र सफल हुनेवाला छैन ।