व्यवसायको मालिक बन्दै मुक्त कमलहरी
अमरराज आचार्य
दाङ,६ कार्तिक । घोराही उप महानगरपालिका वडा नं १८ रझेना निवासी कल्पना चौधरी अहिले नास्ता पसलको मालिक वनेकी छिन् । केही समय अघि अरुको घरका कमलहरी वस्दै आएकी उनी अहिले आफैले व्यवसाय सञ्चालन गरेर मालिक वनेकी हुन । उनले घोराही रझेनामा नास्ता पसल सञ्चान गरेकी छिन् । उनले ३ वर्ष अघि वाट व्यवसाय सञ्चालन गदै आएकी हुन । नास्ता पसलमा चिया, चाउमिन, पानीपुरी, चाट, समोसा विक्री गदै आएकी छिन् ।
उनको व्यवसाय पनि राम्रै रहेको छ । उनले ७० हजारको लगानी वाट व्यवसाय सुरु गरेको बताइन । उनले अहिले मासिक करिव ३५ हजार रुपैया वचत समेत गर्ने गरेको समेत बताइन् । भने व्यवसाय पनि वढाउदै गएको उनको भनाइ रहेको छ ‘व्यवसाय राम्रै छ यसैको आम्दानीले घर खर्च समेत चलाउने गरेका छौ’ कल्पानाले भनिन । उनको ७ जनाको परिवार रहेको छ । परिवारका अन्य सदस्यहरुले कृषि पेशा गर्ने गरेको बताइन । घरका अन्य सदस्यले पनि सहयोग गर्ने गरेकाले व्यवसाय गर्दा सहज नै भएको उनले बताइन । ‘व्यवसाय गर्दा सुरुका दिनमा के होला भन्ने लाग्ने गरेको थियो’ कल्पनाले भनिन ।
अहिले भने केही न लाग्ने गरेको उनको भनाइ छ । सुका दिनमा केही समस्या समेत भएको उनको अनुभव रहेको छ । ‘अरुको घरमा काम गर्ने वसेको मान्छे अहिले आत्म निर्भर भएको छ ’ कल्पनाले भनिन । उनी करिव १० वर्ष जति कमलहरी वसेकी थिइन् । केही गर्नु पर्दछ भनेर आफु व्यवसायमा लागेको कल्पनाको भनाइ छ । कमहरीका लागि प्रदान गरिएको तालिम लिए पछि उनी व्यवसाय गर्ने थालेकी हुन । यसै व्यवसाय लाई वृद्धि गरेर अगाडि वढने सोच रहेको उनको भनाइ रहेको छ ।
कञ्चनपुर जिल्लाको लालपुर निवासी सिमा दगौरा पनि अहिले व्यवसायिक मालिक वन्न सफल भएकी छिन् । उनले २ वर्ष अघि देखि नास्ता समवन्धी व्यवसाय सुरु गरको उनको भनाइ रहेको छ । उनले अहिले ठेलामा व्यावसाय गदै आएको सिमाले बताइन । उनले अहिले म म , चाट, पानीपुरी, अण्डा विक्री गर्ने गरेको बताइन । छिट्टै नै सटरमा व्यवासय वृद्धि गर्ने सोच रहेको उनको भनाइ रहेको छ । करिव ५० हजारको लगानी वाट सुरु गरेको व्यवसाय वाट अहिले मासिक ४० हजार कमाइ हुने गरेको सिमाले बताइन । ‘आफुले पनि मेहनत गर्नु प¥यो आम्दानी पनि राम्रै हुन्छ’ सिमाले भनिन ।
विहान देखि वेलुका सम्म काम गर्नु पर्ने उनको भनाइ रहेको छ । ‘कुनै पनि काम गर्ने सहज छैन तर आफनो इच्छा शक्ति भएमा सफल भइन्छ’ सिमाले भनिन । अरुको घरमा गएर काम गर्नु भन्दा आफनै काम गर्न सहज हुने गरेको समेत बताइन । उनको ५ जनाको परिवार रहेको छ । परिवारका अन्य सदस्यले पनि सहयोग गर्ने गरेको उनले बताइन । अहिले पसलको आम्दानीले घर खर्च लगाउन गरेको बताइन् । भने आफुले स्कुटी समेत किनेको उनले बताइन । व्यवसायमा सहजता ल्याउने भएकाले स्कुटी किनेको उनको भनाइ रहेको छ ।
व्यवासाय गरेर आम्दानी समेत गर्ने थाले पनि समाजले हेर्ने दृष्ट्रि कोणमा समेत परिवर्त हुदै गएको सिमाको भनाइ रहेको छ । ‘पहिले अरुको घरमा काम गर्ने वसेकीले के गलिर भनेर भन्ने गरेका थिए तर अहिले राम्रैै गरेकी छि भनेर भन्ने गर्दछन्’ सिमाले भनिन । आफुले आत्म निर्भर वन्न सफल भएको खुसी समेत रहेको उनको भनाइ रहेको छ । आफनो इच्छा शक्ति भएमा सफलता पाइने गरेको समेत बताइन् ।
डुरुवा दक्षिण कुरीया निवासी पार्वती चौधरी पनि भरखरै वाट व्यवसाय सुरु गरेकी छिन् । उनले गाऊमै व्यवासायि गर्ने सुरु गरेकी हुन । ९ वर्ष सम्म कमलहरी वसेकी उनी केही महिना अघि देखि व्यवसाय सुरु गरेको बताइन । सानो भए पनि आफनै काम गर्नु पर्दछ भनेर व्यवसाय सुरु गरेको उनको भनाइ रहेको छ । उनले पनि नास्ता पसल सञ्चालन गरेको बताइन । उनले आफनो व्यवसायमा काम गर्दा कमलहरी वसेर भाँडा निखान नसकेको समेत सम्झने गरेको बताउछिन् । उनी सानै उमेरमा कमहरी बसेकी थिइन् । अहिले उनले थालेको व्यवसायमा श्रीमानले समेत सधाउने गरेको उनको भनाइ रहेको छ ।
यसैविच मुक्त कमलहरी विकास मञ्चको ९ औ सधारण सभा तथा चौथो केन्द्रीय अधिवेसन र सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वोल्दै प्रतिनिधि सभाका सदस्य मेटमणि चौधरीले सरकारले मुक्त कमलहरीहरुका लागि परिचय पत्र तथा छात्र वृति वृद्धि गर्नेमा सहयोग गर्ने बताए । हरेक क्षेत्रको समस्या समाधान गर्नेकालागि राज्य अगाडि वढेको समेत उनको भनाइ रहेको छ । ‘सरकारले छिट्टै नै मुक्त कमलहरी समस्या समाधान गर्ने छ’ प्रतिनिधि सभा सदस्य चौधरीले भने । सरकार विकासका लागि अगाडि वढेको समेत उनको भनाइ रहेको छ । ‘सरकार निती वनाएर अगाडि वढी रहेको छ’ चौधरीले भने । कार्यक्रममा वोल्ने बक्ताहरुले मुक्त कमलहरीहरु समाजिक क्षेत्रको नेतृत्वमा समेत आउने पर्ने बताएका थिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गञ्जवहादुर एम सी, घोराही उप महानगरपालिका महिला तथा वालवालिका शाखाका गुप्ता अधिकारी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, थारु पत्रकार संघका प्रदेश नं ५ का अध्यक्ष सन्तोष दहित, पत्रकार शरद अधिकारी, नेपाल युथ फाउण्डेसनका मानवहादुर क्षेत्री, मञ्चका कानुनी सल्लाहाकार फकला थारु, मुक्त कमैया समाजका जिल्ला उपाध्यक्ष मानविर चौधरी, गोरक्ष रतननाथ चौधेरा मन्दिर व्यवस्थापन समितीका अध्यक्ष सुरतनाथ योगी, मञ्चका पुर्व अध्यक्ष मत्तचीता चौधरी लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम मञ्चका अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा भएको थियो । शुसिला चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव सुजता चौधरीले गरेकी थिइन । अधिवेसनले नया नेतृत्व समेत चयन गर्ने बताइएको छ ।