calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

‘छ माया छपक्कै’को अहिलेसम्मको व्यवसाय कति ?

गोरक्ष समाचारदाता

काठमाडौं,५ कार्तिक । दसैँको छेको पारेर गत असोज २४ गते रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ले प्रदर्शनको दोस्रो साता पनि राम्रो ब्यवसाय गर्न सफल भएको छ ।

फिल्मले प्रदर्शनको पहिलो साता झै दोस्रो साता पनि राम्रो व्यवसाय गरिरहेको निर्माता रोहित अधिकारीको भनाइ छ ।

‘फिल्मले गत शनिबार पहिलो साताझै देशभरका हलमा हाउसफलुको ब्यवसाय गर्यो’ अधिकारीले भने ‘अहिले पनि सबै चलचित्र भवनमा दर्शक राम्रो देखिएका छन् ।’ दर्शकको उपस्थिति अनुपात बढ्दो क्रममा भएकाले फिल्मले अझै केही साता राम्रो व्यवसाय गर्ने अधिकारीले बताए ।

प्रदर्शनको दुई दिन अर्थात २४ र २५ असोजमै तीन करोडको व्यवसाय गर्न सफल फिल्मले अहिलेसम्म दश करोडको व्यवसाय गरेको निर्माता अधिकारीले दाबी गरे । उनले थपे ‘पूरै डाटा आउन बाँकी छ । केही थपघट हुनसक्छ ।

राजनैतिक विषयलाई हाँस्यरसमा ढालेर निर्माण भएको फिल्मको विषयवस्तु समीक्षकले समेत तारिफ गरेका छन् ।

फिल्मको समीक्षा आएपछि झन् फिल्मको दर्शक बढेको निर्देशक दीपेन्द्र लामाले बताए । ‘फिल्मको समीक्षाले अन्य फिल्मको दर्शक घटाउछ । हाम्रो बढाएको छ’ लामाले भने , ‘फिल्म हेर्न नहेर्ने निणर्यका लागि दर्शक समीक्षा पनि कुर्दा रहेछन् ।’ मिडियामा सकारात्मक समीक्षा आएपछि हलमा दर्शक बढेको लामोको भनाइ रहेको छ ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ । निर्देशक लामाकै कथा रहेको फिल्म ‘आमा सरस्वती मूभिज’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको हो ।