भाइरल बनेको पत्रेखोला…

देवराज भण्डारी

दाङ, १६ असार । विगत एक सातायता पत्रेखोला नागरिक सास्ती अनि चिया गफ र सामाजिक सञ्जालहरुमा ‘भाइरल’को केन्द्र बनेको छ । निर्माणाधीन पुल, कचवेमा ठूलो खाल्डो, पुल निर्माण व्यवसायीले पानीको बहावलाई डोलाएर त्यही खाल्डो परेकै स्थानबाट वाइपास गर्नु नै मुख्य सास्तीको विषय बन्ने गरेको छ ।

विगतका वर्षाहरुमा धेरै समस्या नभए पनि यस पटकको वर्षायाममा सानो बाढी आए पनि घोराही–तुलसीपुर यात्रा गर्ने आम नागरिकका लागि वैकल्पिक मार्ग तुलसीपुर–भोजपुर–धर्ना–सौँडियार हँुदै घोराही–तुलसीपुरको यात्रा गर्नुपर्ने बाध्यता छ । ‘हामी दङालीहरुका साना गाडीहरु सबै ठोक्किए यो खोलामा, धेरैले ज्यान गुमाए, धेरैका गाडी बगायो तर पनि कसैले सुनेन, यो जिल्ला बाहिरका सबैलाई पानीमुनिको पुल हेर्नुछ भने हाम्रो दाङमा आउनुहोला अनि हाम्रो पीडा बोलिदिनुहोला’, सामाजिक सञ्जाल फेसवुकमा तुलसीपुका देवेन्द्र बैरागीले पोस्टिएको व्याङ्ग्यात्मक स्टाटस हो, यो ।

त्यस्तै १० दिनअघि टिका कँुवरले टिकटकमा उक्त खोलाले अटो बगाएपश्चात् उद्धार गर्दैगर्दाको र डि।आर भण्डारीले ४ दिनअघि फेसबुकमा ५÷७ जनाले बाइक काँधमा हालेर खोला तार्दै गरेको भिडियो भाइरल भएको छ । यी र यस्ता त प्रतिनिधि पात्रमात्र हुन् । खास समस्या के हो त रु यस विषयमा पत्रेखोला पुल निर्माण व्यवसायी पदम शर्मालाई सोध्दा उनले भने– ‘मेरो जिम्मेवारी पुल निर्माण गर्ने मात्रै हो, कचवे बनाउने र खाल्डो पुर्ने मेरो जिम्मेवारी होइन ।’

यो पुल निर्माण मेरो कारणले ढिला नभई सम्बन्धित निकाय र राज्यले समयमै डिजाइन र रकम नदिँदा ढिलो भएको र डिजाइन पाएको चार महिनामा नै ढलान गरिसकेको बताए । त्यस्तै डिभिजन सडक कार्यालय दाङले पनि घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्म चारलेन सडक योजना कार्यालय स्थापनापश्चात् उक्त सडक र खोलाका कचवे हाम्रो कार्यालयअन्र्तगत नपर्ने र आवश्यक रकम पनि नहुने प्रस्ट्याएको छ ।

कार्यालयका प्रमुख निरज शाक्यले आफनो क्षेत्राअधिकारभित्र नपरे पनि व्यवहारिकताका कारण केही दिनभित्र पुलका टेकेसा ९सपोर्ट० हटाएपछि केही सहयोग जुटाएर र पुल निर्माण व्यवसायीसँग समन्वय गरेर कचवेको खाल्टो पुर्ने बताए । ‘खोलाले गराएको नागरिक सास्तीको विषयमा म जानकार छु , मलाई पनि दुःख लागेको छ, केही कानुनी, प्राविधिक र प्राकृतिक कारण समयमै पुल निर्माणमा ढिला हुन गएको छ’, प्रमुख शाक्यले भने ।

पत्रेखोला कचवे पुल निर्माण व्यवसायी र डिभिजन सडक कार्यालय दाङले आफ्नो जिम्मेवारी नभएको भन्दैगर्दा चारलेन सडक योजनाका प्रमुख पारश हमालले हाम्रो मातहतमा आए पनि सम्बन्धित पुल निर्माण व्यवसायीले पानीको बहाव जहाँ बिग्रिएको छ त्यतै ढल्काएका कारण समयमा मर्मत गर्न नसकेको स्वीकार्दै अब पानीको बहाव कम भएपछि र पुलका टेकेसा हटाएपछि पत्रेको कचवे मर्मत गर्ने बताए । पत्रेखोला कचवेमा सबैको ध्यान केन्द्रित हँुदा लमही–घोराही–तुलसीपुर चारलेन सडकमा पनि उत्तिकै जोखिममा नागरिकले यात्रा गर्नुपरेको छ ।