दाङ,१३ असार । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले परिषद् संवाद कार्यक्रम सम्पन्न गरेका छ ।
परिषद् दाङ शाखाले भर्चुअल जुममार्फत सप्तरङ्गी अक्षरयात्रा–२०७८ को पाँचौं कार्यक्रम अन्तर्गत परिषद् संवाद कार्यक्रममा विभिन्न विषयवस्तुमा संवाद गर्दै कार्यक्रम सम्पन्न गरिएको हो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष एवं वरिष्ठ साहित्यकार, पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा राप्ती साहित्य परिषद्का पुर्व अध्यक्ष वरिष्ठ कवि, समालोचक डा अमर गिरीले साहित्य र राजनीतिको सम्वन्धका बारेमा संवाद गरेका थिए ।
त्यसै गरि अतिथि, वक्ता राप्ती साहित्य परिषद्का वरिष्ठ केन्द्रीय उपाध्यक्ष वरिष्ठ साहित्यकार, समालोचक टिकाराम उदासीले राप्तीका साहित्य संस्थाहरूको गतिविधि र अर्का अतिथि, बक्ता, राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य विश्व कृतिमानी वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले राप्तीमा गीत, संगीतको वर्तमान अवस्थाका बारेमा संवाद गरेका थिए ।
कार्यक्रममा देशका विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रिय रूपमा समेत सहभागीता रहेको थियो । जुम मार्फत सञ्चालन गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकारहरू डा अमर शाह, मनोहर लामिछाने, डा कृष्णराज डिसी, रमेश क्षितिज, पदमप्रसाद शर्मा, नारायण नेपाल, केशव थापा, कमलमणि देबकोटा, डा पुर्ण भण्डारी पंकज, डा लोकराज पराजुली, शान्ति शर्मा, खेमराज शर्मा, नगेन्द्र गुरु, केशवराज देबकोटा, रमेश सुवेदी, हरी पोख्रेल, डा प्रेम योगी, डा डण्ढी अधिकारी, डिल्लीराज श्रीधर, निमबहादुर थापा, जागेश्वर शर्मा घिमिरेले, पुर्ण वली, मित्रलाल पार्दे(पोल्यान्डबाट) सहभागिता जनाएका थिए ।
कार्यक्रम साहित्यकारहरूर पत्रकारहरू लक्ष्मी आचार्य, शारदा शर्मा, मनलाल ओलि, बिमला खनाल, प्रबिन भण्डारी, प्रबल बिष्ट, सिमा पुरी, हेमप्रभास अबिर, सिर्जना शर्मा, सन्धा रेग्मीले, ऋषि शर्मा सुदामा, यम रेग्मी, मुकुन्दप्रसाद रन्जितकार, निशान्त आचार्य, टंकबहादुर आर सी अन्नत, रेशम विसी, प्रेमबहादुर चलाउने, खड्ग विवर्श विसी, नारदप्रसाद भण्डारी, माधव खनाल, गुरूप्रसाद कुमाल बुलबुल, बिमला डाँगी विकलता,भिम कुमाखी, धुव गिरी, दिपक सुवेदी, प्रतीक संग्रामी, शुशिला आचार्य, लिलप्रसाद चौधरी, रमण शर्मा, अनिता भुषाल, विक्रम वली, सिद्ध समर्पण, मनोज पीडित, रन्जना चन्द, सफलता श्रेष्ठ, अनुभूति बुढा लगायत अन्य साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
परिषद् संवाद कार्यक्रममा परिषद् दाङ शाखाका उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट कार्यक्रमको शुभारम्भ गर्नुका साथै परिषद् संवादको सहजिकरण गजलकार, गीतकार आदिम केसीले गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्रकाश केसीले गरेका थिए ।