विद्यार्थीहरूमा पढ्ने रुचि घट्दै

युवराज शर्मा

नेपालका शिक्षण संस्थाहरुमा पढ्ने विद्यार्थीहरु दिन प्रतिदिन बढेका छन् । गाउँ होस् वा सहर बजार जतासुकैका विद्यालयहरुमा विद्यार्थीहरु खचाखच भरिए पनि सामुदायिक विद्यालयहरुमा घटिरहेका छन् भने संस्थागत स्कूलहरुमा संख्यात्मक बृद्धि भइरहेको छ । यस्तो हुनुको एउटै कारण हो – बुबाआमा वा अभिभावकहरुले आफ्ना बालबालिका राम्रो शिक्षा दिएर गुणवान् नागरिक बनाउने ।

त्यसैले होला सामुदायिक स्कूलभन्दा संस्थागत स्कूलहरुमा विद्यार्थीहरु खचाखत छन् । कोठा साना भए पनि बोर्डिङ स्कूलहरुमा ५० जना विद्यार्थीहरु एउटै कक्षामा हुन्छन् । जब कि कोठाको क्षमता २५ जना विद्यार्थीहरु अटाउने हुन्छ । तै पनि अभिभावकहरु सामुदायिक स्कूलको तुलनामा बोर्डिङलाई छान्छन् । चर्को र महँगो शुल्क तिरेर गुणवान् बन्दैनन् । गुणवान् बनाउन संस्कार र वातावरण चाहिन्छ ।

त्यस्तो पठनपाठन बोर्डिङ स्कूलहरुमा हुँदैन । बोर्डिङमा शिक्षकले विद्यार्थीहरुलाई गृहकार्य र कक्षाकार्य एउटै हुन्छ । शिक्षकहरु शैक्षिक ज्ञानका भए पनि शिक्षण सीपको विकास भएको हुँदैनन् । उनीहरुमा विषयगत शिक्षण तालिम पनि हुँदैन । उनीहरुले विद्यार्थीहरुलाई पडाइ र लेखाइमा मात्र सीमित गर्छन् । घोकाइ र रटन्ते विधिमा पढाउने गर्छन् । यसबाट गुणस्तरीय शिक्षा सम्भव छैन र हुँदैन पनि । बालबालकिालाई कलिलै उमेरदेखि संस्कार र विषयगत ज्ञान गराउनु पर्छ । संस्कार भनेको बानी र व्यवहार हो ।

कतिपय बोर्डिङ स्कूलहरुले भौतिक वस्तुहरुको तडकभडक देखाउँछन् । उनीहरुले त्यसैलाई गुणस्तरीय शिषा पनि भन्छन् तर त्यस्ता स्कूलहरुमा शिष्टता, मर्यादा र अनुशासन पालन गरेको विद्यार्थीहरुमा पाइन्न । साथै पढ्ने रुचि पनि देखिँदैन । उनीहरुमा मानसिक र शारीरिक थकान महशुस गर्छन् । यस्तो देखिनु धेरै गृहकार्य भएको बोझ ठान्छन् । पढाइमा रुचि देखउँदैनन् ।

विद्यार्थीहरुको पढ्ने रुचि किन घट्यो ? यो अनुसन्धानको विषय हो । यस विषयमा अध्ययन गर्दा मुख्य कारण सामुदायिक स्कूलहरुमा धेरै राजनीतिक प्रभावमा शिक्षकहरु भएपछि विद्यार्थीहरुको पढाइ हुँदैन । शिक्षकहरुको संख्यात्मक संख्या ज्ञान र सीपका भए पनि पढाएर आफ्नो गुण हस्तान्तरण विद्यार्थीहरुलाई गर्न पछि परेको समय छ । पठनपाठनलाई व्यवस्थित गर्न पनि शिक्षकहरु संगठनात्मक रुपमा असफल छन् । रचनात्मक र सिर्जनात्मक गुणको विकास गर्दैनन् ।

राजनीतिक नेतामुखी चक्करमा हुन्छन् । शिक्षकहरुको अवस्था र विद्यार्थीहरुको पढाइले उनीहरुमा अनुशासन देखिँदैन । पढ्ने रुचि घटिरहेको छ । स्मरण शक्ति घटिरहेको छ । यसलाई अल्पज्ञान र कमजोर मनस्थितिको अवस्था भन्छन् । चेतनाको कमजोर पक्ष मान्छन् । सामाजिक विकासको अभाव हो । चाहे संस्थागत विद्यालय होस् वा सामुदायिक स्कूल होस् दुवै तहका विद्यालयहरुमा विद्यार्थी अनुशासन बन्नसकेको पाइन्न ।

शिक्षाले सामाजिक वातावरण बनाउने हो । शिक्षाको प्रभाव जस्तो हुन्छ त्यस्तै सामाजिक वातावरण बन्छ । एकअर्कामा आपसी, ममता, श्रद्धा, मर्यादा, धीरता र आदर्शता मान्छे–मान्छेमा हराउँदै गउको छ । यसले समाजमा विकृति बढेको छ । अधिकांश आमाहरुले आफ्ना बालबालिकालाई ममता गर्न सक्दैनन् । उनीहरुले उच्छृङ्खलता र छाडा प्रवृत्ति देखाउँछन् । साथै आफ्नै चरित्रमा दाग लगाउँछन् । यस्तो वातावरण देखाउनु कसैका लागि गरिबीको झलक हो भने कसैका लागि उच्छृङ्खलता देखाउनु हो ।

बाबुआमाले छोराछोरी असल होलान् भनेर स्कूल पढ्न पठाउँछन् । त्यो पनि महँगो शुल्क तिरेर बोर्डिङ स्कूल पठाउँछन्, पढाउँछन् । तर वर्तमान समयमा पढेर युवाहरु बेरोजगारमा बस्नुपर्दा उनीहरुमा नैराश्यता बढ्दै गएको छ । सरकारले बेरोजगार युवाहरुलाई के काममा लगाउने ? सोचाइ भने छैन । अनपढ, कम शैक्षिक योग्यता र ज्ञान सून्य मान्छेलाई सरकारले बुद्धिजीवी ठान्छ ।

त्यसैले होला अहिले मूर्खहरुको आधुनिक समाज बन्दै छ । ज्ञानी, गुणीहरु भाबुक बनेका छन् । विद्यालयहरुको मुख्य काम विद्यार्थीहरुको चरित्र निर्माण गर्नु हो । चाहे त्यो स्कूल संस्थागत होस् वा सामुदायिक । यी शिक्षण संस्थाहरुमा पढ्ने विद्यार्थीहरु चरित्रवान् देखिनु पर्छ । वर्तमान समयमा शिक्षा डाँडापारि र उच्छृङ्खलता बढेको पाइन्छ । रक्सी खानेहरुको बढ्दो संस्थाको प्रभाव विद्यार्थीहरुमा परेको छ ।

शिक्षा ज्ञानको ज्योति हो । यसको ज्ञानले मान्छेलाई सुधार्छ । सुधारिएको समाज निर्माण गर्न शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । नेपाली समाजमा शिक्षाको कमजोरीले गर्दा युवाहरु तड्पिन्छन् । आफै भत्किन्छन् । आफूले लगाएको लुगा हेर्दै फेशन कति सुहायो ? भन्नेहरु पनि छन् । उनीहरुले आफैलाई चिन्दैनन् । उनीहरुले शरीरमा लुगा लगाउनु नाङ्गो शरीर ढाक्नु हो भन्ने ज्ञान गर्न सकेका छैनन् । उनीहरुमा ज्ञानको अभाव हो ।

शिक्षाले ज्ञान दिने हुँदा पढाइ कमजोर भएका विद्यार्थीहरुमा विषयगत ज्ञानको बोध गर्न सक्दैनन् । त्यसकारण उनीहरुमा ज्ञानको अभाव भएको हो । त्यो अभाव शिक्ष्ँकहरुबाट पूरा गरिँदैन, त्यसैले विज्ञापन जस्तोसुकै गरे पनि गुणात्मक ज्ञान र सीपको विकास गराउनसकेका छैनन् । तर शिक्षण संस्थाहरुले संख्यात्मक रुपको संख्या विद्यार्थीहरु देखाएर गुणात्मक शिक्षा दिन्छौँ भन्नु गलत सूचना हो भन्छन्– अभिभावकहरु । शिक्षण कार्यहरु शिक्षकहरुबाट कमजोर ज्ञान दिएका कारण विद्यार्थीहरुमा पढ्ने रुचि बढ्दै छ । कक्षा ४ मा प्रथम स्थानमान नतिजा ल्याउने विद्यार्थीले कक्षा ५ को जाँचमा उत्तीर्ण मात्र हुँदा उसको पढ्ने रुचि घटेर यस्तो अवस्था देखिएको हो ।

२०७५ सालको एसइई परीक्षालाई कोरोना भाइरस बढ्यो भनेर परीक्षा रोक्यो । पछि उक्त परीक्षालाई खारेज गरियो । विद्यार्थीहरुको आफ्नै स्कूलको मूल्यांकनमा गरियो । विद्यार्थीहरुले भने परीक्षा नदिएर कोरोना प्रमाणपत्र सरकारले बाँड्यो । २०७६ सालको परीक्षा पनि समय सार्दै गयो । अन्त्यमा स्कूलको पढाइलाइ आधार बनायो । विद्यार्थीहरुले भन्न लागे नपेर पनि शिक्षकलाई रिझाउन सकेमा पास भइन्छ ।

सरकारी कार्यशैली, फितलो भयो । कोरोना संक्रमणलाई रोक्न कस्तो ब्रेक लगाउने भन्ने ज्ञान प्रशासनहरुमा भएन । पुरानै शैलीको लकडाउन गरे । तर गरिब देशलाई यो विधि कति उपयुक्त छ, बुझ्न सकेनन् । आउजाउ र बजार सहरको भीडभाड घटेन । होटल बन्द भएनन् । बन्द गरिएको यातायात सेवा मात्र । यस्तो व्यवहार देखाउनु कोरोना नियन्त्रण गर्ने ज्ञानको अभाव थियो ।

विद्यार्थीहरु भन्छन् – नपढेर पनि एसइई पास भइन्छ भने पढ्नुको महत्व विद्यार्थीहरुले बुझेका छैनन् । जबसम्म सरकारले पढ्नुको महत्व बुझाउँदैन तबसम्म पढाइको उद्देश्य पूरा हुन्न । पढेका र नपढेका विद्यार्थीहरुमा फरक हुनु पर्दथ्यो तर त्यस्तो कुनै फरक पाइन्न । नपढेका केटाकेटीहरुमा व्यावहारिक ज्ञान धेरै पाइन्छ । गणतन्त्रको प्रभाव शिक्षामा उपलब्धिमूलक देखिएन ।

स्कूलहरु स्थानीय तहको सरकारले नियन्त्रण र निर्देशन गर्ने भए पनि पठनपाठनमा सुधार भएन । त्यसको मारमा विद्यार्थीहरु भए । उनीहरुलाई पढ्ने रुचि भएन । पढ्ने वातावरण पनि बनेन । यसको प्रभाव विद्यार्थीहरुमा बढ्दै गयो । त्यसकारण उनीहरुमा पढ्ने रुचि हराएको पाइयो । यसबाट स्पष्ट हुन्छ कि विद्यार्थीहरुमा पढ्ने रुचि घट्दै गएको छ ।