कोभिड खोप उपलब्ध नहुँदा कानुन व्यवसायी आन्दोलित

सुशील बस्नेत
दाङ,१० असार । कोभिड विरुद्धको खोप लगाउन हालसम्म बन्चित हुनु परेको कानुन व्यावसायीहरुले बताएका छ्न । उच्च अदालत तुलसीपुरले परमादेश जारी गर्दै कानुन व्यावसायिहरुलाई पनि खोप उपलब्ध गराउनु भनी प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला कोभिड संकट ब्यबस्थापन समिति र जिल्ला स्वास्थ कार्यालयलाई गत जेठ १० गते आदेश दिएको थियो ।

तर उक्त परमादेशलाई डिसिसिएमसी र जिल्ला स्वास्थ कार्यालयले बेवास्ता गरेको कानुन व्यावसायिहरुले गुनासो गरेका छ्न । अन्य जिल्लामा भने कानुन व्यावसायिहरु लाई कोरोना विरुद्ध खोप उपलब्ध गराई सके छ । तर उच्च अदालत बार तुलसीपुर र दाङ देउखुरी जिल्ला बार घोराहीमा आवद्ध कानुन व्यवसायीलाई भने अदालतको परमादेश हुदासम्म कोरोना विरुद्ध खोप उपलब्ध गराएको छैन ,उच्च अदालत बार तुलसीपुरका अध्यक्ष रविन्द्रप्रसाद धिताल र दाङ देउखुरी जिल्ला अध्यक्ष शिवप्रसाद घिमिरेले संयुक्त रूपमा जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

साथै घोषित बन्दि प्रत्यक्षकारण मुद्दा थुनछेक र कोभिड सम्बन्धि मुद्दा बाहेक अन्य मुद्दाको न्याय सम्पादनको कार्यमा भाग नलिने जानकारी गराउनु भएको छ । राज्यको तेश्रो अंग न्यायलयको न्याय सम्पादनको कार्यका लागि अग्रपंक्तिमा रहने कानुन ब्यबसायी कयौको कोभिड संक्रमनका कारण ज्यान गई सकेकाले कोभिड विरुद्धको खोप बिना जोखिम लिएर अन्य प्रकारका न्याय सम्पादनका कार्यमा सहभागी हुन नसक्ने जारी बिज्ञप्तिमा उल्लेख छ ।