सरिता चौधरी
दाङ,७ असार । बालबालिकालाई जन्म दिनु मात्र ठुलो कुरा होइन, राम्रो कर्म दिन सक्नु पनि साचिक्कै महान कार्य हो । जुन गुण हरकोहिमा नहुन सक्छ । अभिभावकहरु गैरजिम्मेवार बन्दा कतिपय बालबालिकाहरु सडकसम्म आइपुगेका हुन्छन्, भने कुनै बालबालिकाहरु परिस्थीतिका कारण अभिभावक विहिन बन्न पुग्छन् । त्यस्तै बालबालिकाहरुलाई हुर्काउदै आएकी छिन तुलसीपुर उपमहानगरपालिका–६ निवासी स्यानी चौधरी । खुल्ला हृदयकी चौधरी अनाथ बालबालिकाको खम्बा बनेर उभिएकी छिन ।
तुलसीपुर उपमहानगरपालिका–६ डुम्री गाँउमा रहेको दिदीघरकी संस्थापक समेत रहेकी स्यानी चौधरी अहिले १६ जना अनाथ बालबालिकाको आमा बनेर हुर्काइरहेकी छिन । उनले बिगत ५ बर्षदेखि आर्थिक अबस्था कमजोर भएका र विभिन्न घटनामा वुवाआमा गुमाएका अनाथ बालबालिकाहरुको साहारा बन्दै आएकी छिन।
हाल दिदिघरमा १६ बालबालिका छन् । त्यसमध्येमा पनि बालिकाहरुको संख्या धेरै रहेको उनको भनाई छ । उक्त दिदिघरमा ३ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिका छन् । कोरोनाका कारण बिद्यालय बन्द भएपछि यति बेला सबै बिद्यार्थीहरु घरमा नै बस्नु परेको अवस्था छ । तर स्यानी चौधरीले यस्तो बिषम परिस्थितीमा पनि आफूले पालनपोषण गर्दै आएका बालबालिकालाई घर मै शिक्षा दिईरहेकी छिन ।
बालबालिकाका लागि शिक्षासँगै संस्कार सिकाईरहेकी उनका अनुसार बालबालिकाहरु रहेक दिन विहान ६ बजे उठ्ने, आफुले गर्नुपर्ने नित्यकर्महरु गर्ने, घरवरिपरी सफा गर्नेलगायतका काम सवै साना तथा ठुला बालबालिकाहरु मिलेर गर्ने गरेको बताइन ।
बालबालिकाको ध्यान पढाईमा आकर्षित गर्नका लागि उनी स्वयम बालबालिकासगैं बसेर पढ्ने गरेको बताउँछिन । यसो गर्नाले उनीहरु पढ्नका लागि झन उत्साहित हुने उनको बुझाइछ । बालवालिहरु तुलसीुरमा रहेको ग्रेट अरनिको बोर्डिङमा अध्ययनरत रहेका छन् । बालवालिकालाई बालमैत्री वातावरण दिएको भएर होला पढ्नमा सजिलो भएको उनी बताउँछिन । बालबालिकाहरुलाई पढाउनका लागि दफाव नभई उनीहरुको इच्छा अनुसार पढ्न दिनुपर्ने उनी बताउछिन् ।
कोरोनाका कारण बिदालय बन्द भएपछि बालबालिकालाई स्कुलको जस्तै घरमै पढाइ रहेको बताइन । घरमा अहिले रुटिन बनाएर ३ सिप्टमा पढाउने गरेको छु उनले भनिन । उनका अनुसार बालबालिकाले विहान, दिउँसो र आझमा गरी ३ सिप्टमा पढ्दै आएका छन् ।
घरमा बस्दा बच्चाहरुलाई पनि मास्क लगाउने,ह्याण्ड स्यानिटाईजर लगाउने र साबुन पानीले बेलालामा हातहरु धुन सिकाउने गरेको उनले बताइन । उनलाई कहिले काही सहयोग समेत आउने गरेको छ । अन्यथा बालबालिकाहरुको लागि आवश्यक पर्ने तरकारीलगायतका सामग्री घरको बारीमै उत्पादन गर्ने गरेकी छिन । अहिले पनि उनले बारीमा बोडी, भिन्डी, करेला, टमाटरलगायतका तरकारीहरु छन । जसले गर्दा किन्न नपरेको बताइन । त्यसैगरी फलफुल समेत सिजनमा किन्न नपर्ने उनले बताइन ।
मेहनती स्यानीले तरकारी र फलफूलहरसंगै घरमा बंगुर लोकलकुखुरा पनि पालेकी छिन । आफ्नो लागि आफैले पालेको बंगुर लोकल खुखुराको मासु खाने गरेको उनले बताइन। अहिले उनले ३ वटा बंगुर र ४० वटा लोकल कुखुरा पालेको छिन । दिदिघर संस्था २०६० सालमा स्थापना भएको र त्यसै समयमा नै असाहाय र अनाथ ३५ जना बालबालिकालाई सहरा दिइसकेको समेत बताएकी छिन ।
सुरुमा आफ्नै स्रोत साधनले बालबालिकालाई पालनपोषण गदै आएको थिइन । तर पछिल्लो समय विभिन्न संघसंस्था र केहि विदेशी साथीहरुले दिदीघर सस्थालाई सहयोग गदै आएको बताइन । तुलसीपुर उपमहानगरपालिका– ६ वडा कार्यालय, किवानिस संस्थालगायत विभिन्न संघसस्था तथा व्यक्तिहरुले समेत व्यत्तिगत रुपमा सस्थालाई खाद्यान्न सहयोग गर्ने गरेको बताइन ।
शिक्षा क्षेत्रमा पछाडी परेका वर्गहरुलाई सहयोग गर्नको लागि हजारौको योजना बनाएकी छिन स्यानीले । शिक्षा क्षेत्रको लागी आफूसंग रहेको सा्रेतसाधनहरु खर्च गर्नै र अझैपनि पनि असाहाय, अनाथ, शिक्षाबाट बन्चित हजारौ बालबालिकाहरुलाई सहयोग गर्न पाउने आशा पलाएको बताउछिन । सानैदेखि समाज सेवामा रमाउने उनले व्यक्तिगत भन्दा बालबालिकाहरुको भविष्यमा रमाउने गरेकी छिन । सानैदेखि समाजमा दुख पाएका व्यक्तिहरुलाई सेवा गर्ने सोचका कारण आफुले बालबालिकाहरुलाई हुर्काउने तथा पढाउने काम गर्दै आएको बताइन ।