धारिलो हतियार देखाउदै लुटपाट र जवरजस्ती करण गरेको आरोपमा एक जना पक्राउ

शिवराज खनाल

दाङ,७ जेठ । दाङको लमहीमा धारिलो हतियार देखाउदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन । घट्नामा संलग्न अन्य २ जना युवा फरार रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

पक्राउ पर्नेमा करिव २०÷२१ वर्षका किरण बुढा रहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको खोजी कार्य भैरहेको छ । गए राती कमानपुरमा रहेको सिमेन्ट कम्पनी जाने बाटोमा अन्दाजी करिब १० बजेको समयमा रा १ ख २४१९ नम्बरको टिप्परलाई रोकी ३ जना युवाहरुको समूहले धारिलो हतियार देखाउदै टिप्पर चालकलाई लुटपाट गरि टिप्परमा रहेका चालकका श्रीमति र दिदी सासुलाई जवरजस्ती करणी गरेको पीडितको भनाई रहेको छ ।

‘हामी रोल्पाको होलेरीबाट सिमेन्ट कम्पनीका लागि कच्चा पदार्थ लिएर आएका थियौ। सिमेन्ट कम्पनीमा सामान झारेर लमही फर्कने क्रममा बाटोमा मोटर साइकल लिएर तेर्साए’–पीडित चालकले भने–‘त्यसपछि धारिलो हरियार देखाउँदै सुनका गरगहना ,मोबाइल र नगद ४५ हजार लुटे । र, महिलाहरुलाई जवरजस्ती गरे ।’ पीडितका श्रीमान टिप्पर चालक ओमप्रकाश बिष्ट र सहचालक जेम्स पुन मगरले बताए ।

यता वडा प्रहरी कार्यलयका प्रमुखका अनुसार पीडित महिलाहरुले वडा प्रहरी कार्यालय लमहीमा जाहेरी दिएको र लुटपाटमा संलग्न मध्य १ जनालाई नियन्त्रणमा लिएको छ । उनका अनुसार अन्इ दुई जना फरार रहेका छन् । फरार रहेकाको खोजी कार्य तिब्र भएको र घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।