स्वास्थ्यकर्मीको रूपमा सेवा गर्न पाउँदा …

‘मेरो परिवारले मलाई साइन्स पढाएर डाक्टर बनाउने ठूलो सपना थियो । म डाक्टर बन्न सकिन तर स्वास्थ्यकर्मी भएर मैले आमा बुबाको इच्छा र चाहना बमोजिम जनताको सेवा भने गरेको छु’ पवननगर गाविस हाल तुलसीपुर–२ तकियापुर निवासी दोर्ण वलीले भने । कोरोना विशेष अस्पताल बेल्झुण्डीका व्यवस्थापकको जिम्मेवारी पाएका वलीले आफ्नो जीवनमा धेरै खुसीहरु भएको सुनाए ।

मध्यम परिवारमा जन्मिएका वलीले सानो उमेरमा आफूले धेरै जिम्मेवारी पाएको र त्यसलाई कुशलतापूर्वक सम्पन्न गरेकोमा निकै खुसी व्यक्त गरे । ‘मेरो आमाबुबा मैले सानैमा गुमाए, म एउटा टुहुरोले धेरै आमाबुबाको सपना भने पूरा गर्न सफल भएको छु’ उनले भने । उनले आफू स्वाथ्यर्मी हुनुमा आमाबुबा र पब्लिक ज्ञानज्योतिका संस्थापक टीकाबहादुर जिसी र शिक्षक शालिकराम रिजाललाई सम्झिए । उनले आफूलाई एचए पढाउनमा धेरै सहयोग गरेकोमा उनीहरुको ठूलो हात रहेको बताए ।

वि.सं. २०४६ सालमा जन्मिएका दोर्ण वलीले विभिन्न स्वास्थ्य संस्था हुँदै तुलसीपुर कारागारमा जेलरको रुपमा रहेर धेरै काम गर्न पाएकोमा आफू ज्यादै खुसी रहेको सम्झिए । कर्ममा विश्वास गर्ने लगनशील वलीले आफूजस्त धेरै युवाहरु वरालिएको अवस्थामा आफूले विभिन्न स्वास्थ्य क्षेत्रमा नेतृत्व दायी भूमिका खेलेको र एक कुशल व्यवस्थापन गरेको भन्दै खुसी व्यक्त गरे । उनका खुसीहरु खोज्दै गर्दा वलीले आप्mनो पहिलो खुसी २०६९ सालमा क्षेत्रीय स्वास्थ्य निर्देशलनायबाट अस्थायी नियुक्ति लिएर तत्कालीन अञ्चल अस्पतालमा आएर स्वास्थ्यकर्मीको रूपमा सेवा गर्न पाउँदाको सम्झिए ।

त्यो सँगै अञ्चल अस्पतालमा इमर्जेन्सीको जिम्मेवारी पाउँदा अर्को खुसी थपिएको सुनाए । ‘मेरो पहिलो खुसी आफ्नै घरआँगनको अस्पतालमा सेवा गर्न पाउँदाको हो । त्यस नियक्तिसँगै अञ्चल अस्पतालको इमर्जेन्सीमा जिम्मेवारी पाउँदाको हो’ –वलीले भने । हालको प्रादेशिक अस्पतालमा नियुक्ति पाएलगतै इमर्जेन्सीमा जिम्मेवारी पाएको र त्यस जिम्मेवारीलाई सफलताका साथ पूरा गर्न पाउँदा निकै खुशी भएको वलीले बताए । हेल्थ असिस्टेन्ट एचए पदमा कार्यरत वलीले त्यो सँगै २०७० सालमा नेपाल सरकारको अहेव पदमा स्थायी पदमा नाम निकाल्दा भएको बताए । उनले आफूले स्वास्थ्य कार्यालय रोल्पाको करेली स्वास्थ्य चौकीमा एक वर्ष सेवा गर्न पाउँदा निकै खुसी भएको बताए ।

त्यहाँ सेवा गरिसकेपछि फेरि राप्ती प्रादेशिक अस्पतालमा आएको बताए । वलीले उरहरी स्वास्थ्य चौकी हुँदै २०७४ सालमा एचए पदमा लोकसेवा आयोगबाट नाम निकाले फेरि रोल्पाको गौरीगाउँ तिलामा एक महिना सेवा गरेको सुनाए । वलीले त्यसपछि स्वास्थ्यकर्मी भएर पनि करिब ६ महिना तुलसीपुरमा आएर तुलसीपुर कारागारमा निमित्त जेलरको रुपमा जिम्मेवारी पाउँदा अर्को खुशी प्राप्त भएको सुनाए । कारागारमा जेलरको जिम्मेवारी पाएसँगै कारागारमा स्वास्थ्य सेवामा पहुँच बृद्धिका साथै त्यहाँ धेरै सुधार गरेको भन्दै खुशी व्यक्त गरे ।

उनले आफूलाई कार्यदक्षताको आधारमा जेलरको जिम्मेवारी दिएको र त्यहाँ चौकीदारले बन्दीहरुलाई ३, ४ रुपैयाँमा स्मार्ट फोनको रकम लिँदै आएकोमा त्यसलाई घटाएर १ रुपैयाँ ३० पैसामा फोन सुविधा उपलब्ध गराएको बताए । ‘मैले जेलर भएपछि तुलसीपुर कारागारमा हुँदै आएका धेरै नकारात्मक कुराहरुलाई सुधार गरि कैदीबन्दीहरुलाई राहत दिन सफल भएको थिएँ’ उनले भने । वलीले कारागारका कैदीबन्दीहरुलाई निःशुल्क आँखा उपचार सेवा र अन्य स्वास्थ्य सेवाहरु विभिन्न निकायहरुको सहकार्यमा सञ्चालन गरि सेवा दिन पाएकोमा खुशी व्यक्त गरे ।

आफू पनि स्वास्थ्यकर्मी भएकाले त्यहाँ अन्य स्वास्थ्यकर्मीहरु जान नमाने र डराउने गरेको र आफू गएपछि कैदीबन्दीहरुको स्वास्थ्यको लागि धेरै काम गरेको सुनाए । त्यस्तै उनले गारागारभित्र भाइचाराको सम्बन्ध स्थापित गरेको भन्दै खुशी व्यक्त गरे । त्यस्तै दंगीशरण गाउँपालिका बागरमा एचए पदमा आफूले काम गरे पनि यो महामारीको समयमा कोभिड–१९ को महामारीमा आफूलाई त्यसको व्यवस्थापनका लागि आवश्यकता ठानेर कोरोना विशेष अस्पतालमा आफूलाई जिम्मेवारी दिएको र त्यसलाई कुशलतापूर्वक जिम्मेवारी बहन गर्न पाउँदा निकै खुसी भएको सुनाए ।

वलीले लुम्बिनी प्रदेश सरकारले आफूलाई विश्वास गरी जिम्मेवारी दिएको र दिन रात नभनि कोभिडका बिरामीहरुलाई सेवा गर्न पाउँदा निकै खुशी मिलेको उनले सुनाए । ‘मैले रातदिन नभनि घरपरिवार नभनी २४औँ घण्टा कोभिड विशेष अस्पतालमा काम गरेको छु, म त्यसैमा खुसी छु’–उनले भने । उनले त्यसमा साथ दिने र सहयोग गर्ने तत्कालीन मेसु सर्वेश शर्मा र हालका मेसु विनोद सिंह र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेलाई धन्यवाद समेत दिए । वलीले कुनै राजनीतिक पूर्वाग्रही र कुनै स्वार्थ नराखेर आफूले कोभिड विशेष अस्पतालको व्यवस्थापन हालसम्म चुस्तदुरुत बनाएकोमा खुशी व्यक्त गरे ।

त्यस्तै वलीले २१ वर्षको उमेरमा दाङ टेक्निकल इन्स्टिच्यूटको प्रिन्सिपलको जिम्मेवारी सम्हालेर करिब ८ सय विभिन्न विधाका स्वास्थ्कर्मीहरुलाई शिक्षा दिन पाउँदा पनि निकै खुसी भएको सुनाए । उनले आफूभन्दा ठूलो उमेरमा ३५, ३८ वर्षका व्यक्तिलाई पढाएर शिक्षा दिएको उनीहरुले रोजगारी पाएकोमा खुसी व्यक्त गरे । उनले आफूले पढाएका ३÷४ सय जनाले हाल नेपाल सरकारको जागिर खाएको र जनस्वास्थ्य अधिकृत समेत भएको भन्दै उनीहरुको प्रगति देख्दा निकै खुसी लाग्ने सुनाए ।

‘अहिले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रमिता गौतम शाखा अधिकृत हुनुहुन्छ, त्यस्ता धेरै व्यक्तिहरु ठूलो पदमा हुनुहुन्छ उहाँहरुको प्रगति देख्दा खुशी लाग्छ’ उनले भने । त्यस्तै राष्ट्रिय स्वास्थ्यकर्मी संघ तुलसीपुरको इन्चार्ज भएर स्वास्थ्यर्की संघको हकहितमा काम गर्दा पनि खुसी लाग्ने गरेको उनले सुनाए । त्यस्तै रेडक्रस पवननगर उपशाखाको सभापति भएर रेडक्रसको अभियानमा लाग्न पाउँदा पनि निकै खसी भएको उनले सुनाए । उनले रेडक्रसमा लाग्न प्रेरित गर्ने सभापति नारायण आचार्य, भगवती शर्मा, कुशल तर्ताल र बिमल केसीलाई उनले सम्झिए ।

‘रेडक्रसमा अग्निपीडित, रक्तदान, विभिन्न व्यक्तिलाई खाद्यान सहयोगदेखि अरु सामाजिक कार्य गर्न पाएको छु । म त्यसमा खुसी छु’ उनले भने । वलीले राप्ती लाइफ अस्पातल एण्ड कलेजका सञ्चालक, दाङ टेक्निकल इन्स्टिच्यूटका प्रबन्ध निर्देशक भएर काम गर्न पाउँदा पनि खुसी लागेको सुनाए ।

उनले आप्mनो सफताको पछाडि राप्ती लाइफ केयर अस्पलालका अध्यक्ष हरि रिजालको पनि हात रहेको भन्दै उनलाई सम्झिए । उनले आफूले सेवामा लाग्न आप्mनो श्रीमतीले पनि धेरै सहयोग गरेकोमा खुसी व्यक्त गरे । ‘म यहाँसम्म आउनमा मेरी श्रीमती, साथीभाइ र अग्रजहरुको धेरै सहयोग छ म यसमा खुसी छु’ उनले भने ।

प्रस्तुती ःबालाराम खड्का