बिरामीलाई रोक प्रतिरोधात्मक औषधि वितरण

शिव राज खनाल
दाङ २९ जेठ । कोरोना सङ्क्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिमा उपयोगी हुने गुर्जोसहितको धुलो औषधी एवं चिया निःशुल्क वितरण गरिएको छ ।

जिल्लाको तुल्सिपुर , घोराही र देउखुरीका विभिन्न स्थानमा लमही निवासी पतन्जली योग समितिकी मिडिया प्रभारी सहाना श्रेष्ठ र पतन्जली योग समिति लमही नगर प्रमुख भेषराज भट्टराईले कोरोना सन्क्रमित बिरामीको घरमै पुगि उक्त गुर्जोसहितको धुलो औषधी एवं चिया (काँढा) प्रयोग बिधि सहित निसुल्क बितरण गरेका हुन ।

आयुर्वेद चिकित्सक तथा विज्ञको परामर्शमा तयार गरी गुर्जो अभियानकर्मी आन्तरिक राजश्व विभाग धुलिखेलका कार्यालय प्रमुख कमल बहादुर राजलवटले शक्तिबदक औषधी निःशुल्क वितरणको व्यवस्था मिलाएका हुन । आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइराला, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरका कार्यकारी निर्देशक डा. रामआधार यादवलगायत चिकित्सकको सल्लाहमा ४८ प्रकारका जडिबुटीबाट यो औषधी तयार पारिएको हो ।

कार्यालय प्रमुख राजलवटले २०७६ चैतमा नेपालमा कोरोना सङ्क्रमित देखिएदेखि नै गुर्जोका बिरुवा, धुलो, औषधी र चिया निःशुल्क वितरण गर्दै आएका छन् ।

गुर्जोका परिकारले कब्जियत हटाउने, तरोताजा एवं स्फूर्तिसमेत बढाउने सेवनकर्ताको अनुभव छ । यस्तै महत्वको औषधी भएकाले एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधीको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सकहरु बताउँछन् ।

नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएका मानिसले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन ।

उक्त रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटी औषधि हाल सम्म दाङ जिल्ला भित्रका विभिन्न स्थानमा होम आइसुलेसनमा बसेका कोरोना संक्रमीतहरुलाइ घरमै पुगि हस्तान्तरण गर्दै आएको योग समितिको जिल्ला मिडिया प्रभारी श्रेष्ठले बताइन् ।