दाङ,२९ जेठ । रारा मानवीय तथा वातावरणीय स्रोत बिकास प्रयास (रेरी बाँके) बाँकेले दाङका चार वटा स्वास्थ्य सस्थाहरुलाई १५ लाख मुल्य बढीकोे स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा निणन्त्रणका काम गर्दै आएको सस्थाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काम गर्दै आएका जिल्लाका चार वटा स्वास्थ्य सस्थाहरुलाई १५ लाख ४४ हजार ६ सय मुल्य बराबरको सामग्री सहयोग गरेको हो ।
सस्थाले घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोरोना विशेष अस्पताल बेलझुण्डी, शान्तिनगर कोरोना आइसोलेसन सेन्टर र घोराही उपमहानगरपालिका वडा नं. ७ मा रहेको सौडियार स्वास्थ्य चौकीलाई कन्सन्टे«टर, पिपिई र अक्सिमिटर सहयोग गरेको रारा मानवीय तथा वातावरणीय स्रोत बिकास प्रयास (रेरी बाँके) का कार्यक्रम संयोजक मनोज पौडेलले जानकारी दिएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको संक्रमण रोकथामका लागि राज्यलाई सहयोग गर्ने उद्देश्यले सस्थाले गोर्खा वेलफर ट्रष्टलगायतको सहयोगमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ वटा कन्सन्टे«टर, १२० वटा पिपिई र १५ वटा अक्सिमिटर, बेलझुण्डी कोरोना विशेष अस्पताललाई १ वटा कन्सन्टे«टर, ६२ वटा पिपिई र ५ वटा अक्सिमिटर, स्वास्थ्यचौकी सौडियारलाई १ वटा कन्सन्टे«टर, ६२ वटा पिपिई र ५ वटा अक्सिमिटर र शान्तिनगर आइसोलेसन सेन्टरलाई १ वटा कन्सन्टे«टर, ६२ वटा पिपिई र ५ वटा अक्सिमिटर सहयोग गरेको बताए ।
रोटरी क्लव अफ दाङलको समनव्यमा रेरीले शनिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग गरेको हो । सस्थाका अध्यक्ष पुनितविक्रम शाहलगायतका व्यक्तिहरुले प्रतिष्ठानका कामु रजिष्ट्रार झनकार लामिछानेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै सस्थाका अध्यक्ष शाहले कोरोना महामारीको समयमा राज्यलाई कोरोना नियन्त्रणमा थोरै भएपनि केही सहयोग गरौ भन्ने उद्देश्यले सस्थाले विभिन्न स्वास्थ्य सस्थालाई सामग्री सहयोग गरेको बताए ।
‘महामारीलाई नियन्तरण गर्न राज्यले मात्र एक्लै सक्दैन,नियन्त्रणमा सवैको सहयोग आवश्यक रहन्छ’–उनले भने–‘त्यही भएर हामीले पनि राज्यलाई थोरै सहयोग गरेका हौ ।’ उनले अभियानका क्रममा दाङ,बाँके, बर्दिया, कैलाली र सल्यान जिल्लाका विभिन्न स्वास्थ्य सस्थालाई सहयोग गरेको बताए । स्वास्थ्य सामग्री लिदै बुझ्दै उनले महामारीको समयमा सहयोग गर्ने सस्थालाई धन्यावाद दिदै आगामी दिनमा समेत सहयोगको लागि आग्रह गरेका थिए ।
त्यस्तै सस्थाले कोरोना महामारीको समयमा बाँके जिल्लाको भेरी अस्पतालमा कोरोना संक्रमित विरामी र उनका कुरुवाहरुलाई खानालाई सहयोग पु¥याउने उद्देश्यले खाजा बंैक सञ्चालन गरेको सस्थाका कार्यक्रम संयोजक मनोज पौडेलले जानकारी दिए । उनका अनुसार कोभिड महामारीको पहिलो चरणदेखि सस्थाले विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री वितरण, अलपत्र परेकालाई नागरिकलाई खाना तथा यातायात, बिपन्नलाई खाद्यान्न, स्वास्थ्य संस्थामा जनशक्ति सहयोग तथा व्यवस्थापन गर्दै आएको छ । उनले अहिले भेरी अस्पताल बाँकेमा चार जना कर्मचारी सहयोग गरेको बताए ।
कोभिड–१९ सँग लड्न बाँके, दाङ, सल्यान, बर्दिया र कैलालीलगायतका जिल्लाका विभिन्न सामुदायिक तथा सरकारी स्वास्थ्य संस्थाहरुलाई एक करोड बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको संयोजक पौडेलले जानकारी दिएका छन् । रेरी बाँके करिब २० बर्षदेखि पश्चिम नेपालमा मानवीय संसाधन बिकास, अपांगताका भएका व्यक्तिहरुको हकहित, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, जिबिकोपार्जन तथा जनस्वास्थ्य सुधारको क्षेत्रमा काम गर्दै आएको छ ।