‘नेपाली माटो विक्रीमा’

युवराज शर्मा
नेपाली लाहुरे गड्डाचौकी भारतीय नाकामा आइपुग्यो । त्यहाँ टाँगिएको ठूलो बोर्डमा लेखिएको थियो – ‘यो देशको माटो विक्रीमा छ ।’ ती शब्द पढ्दै मनमा सोच्यो – कतै मेरो बारी, खेत बेचिए कि ? उसका तर्कवितर्क मनमा चल्यो । कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार आइपुगेपछि टाँगाबाट ओर्लियो । उसका नजर रुखमा टाँगेको नेपालको नक्सामा पढ्यो ।

सात प्रदेश ७७ जिल्लाहरु भएको नेपालको नक्सालाई हे¥यो । मनमा विचार ग¥यो कि नेपालमा आएको गणतन्त्रले ल्याएको नेपालको स्वरुप देख्यो । आफू भारतमा नोकरी गर्न जाँदा नेपालको नक्सामा १४ अञ्चल ७५ जिल्ला सम्झन्थ्यो । तर नेपालका नेताहरुले नेपालमा परिवर्तन ग¥यौँ भन्थे । जिल्लीमा भारतीय नेताहरुसँग छलफल गर्दा शिर निहुराउँथे । उनीहरुका अगाडि नतमस्तक बनेको नेपाली नताहरुको संस्कार देख्थे ।

यो दृश्यले उनको मनमा लाग्थ्यो कि गरिब देशका जनताभन्दा नेताहरु भिखारी देखिँदा रहेछन् । उनले आफू भारतीय सांसद भवनमा सुरक्षा गाड गएको समयमा नेपाली नेताहरु भारत भ्रमण गर्दाका दृश्यहरु सम्झन्थे । मनमा सोच्थे – नेपाली नेताहरुले राजनीतिक खेल खेलेर धन कमाउँदा रहेछन्, धनी बन्छन् । नागरिकलाई झुठो आश्वासन दिन्छन् । आफूमा स्वार्थीपन देखाउँछन् । दलभित्र गुटबन्दी गर्दारहेछन् र आफूलाई सर्वमान्य मान्छन् । यस्तो प्रकृति र प्रवृत्तिका नेताहरुले ल्याएको गणतन्त्रबाट देश धेरै टुक्राटाक्रीमा विभाजन भएको ज्ञान गरेका थिए ।

राजनीतिको दलगत आधार अपनाएर निर्वाचन जित्नु र लोकसेवा आयोगको परीक्षामा सरकारी जागिरमा प्रवेश पाउनु पद र कुर्सी हात पार्नु हो । तर लोकसेवा आयोगको परीक्षाका जाँचहरुमा समावेश हुनका लागि शैक्षिक योग्यता, पढाईमा दक्षता र लेखाईमा सीप भएको हुनुपर्छ । साथै कम्प्यूटरको ज्ञान र सीप चाहिन्छ । राजनीतिक दलको नेता भएर निर्वाचनबाट पद र कुर्सी पाउन जनतालाई झुठा आश्वासन बाँड्नसक्ने चतुर व्यक्तिको संस्कार बन्नु पर्छ । संस्कार भनेको बानी र व्यवहार हो ।

त्यस्ता व्यक्तिहरु पद र कुर्सी पाएपछि एक कप चियामा काम गर्दैनन् । उनीहरुले लाखौँ करोडौँको धनराशी भएको थैली भेट ठेकेदारहरुबाट हात पार्छन् । एक वर्षमा गर्ने काम ठेकेदारले दश वर्षमा पनि पूरा गर्दैन । उसले धनराशी खर्चेर हात पारेको ठेक्का समयमा पूरा गर्ने गरेमा उसलाई मुनाफा हुन्न । मानिसले धनपैसा लगानी गर्नुको उद्देश्य नै आम्दानीको आधार हो । त्यसैले होला नेपालको गौरवमय आयोजना मेलम्ची खानेपानी थियो ।

नेता स्व कृष्णप्रसाद भट्टराईको दिवास्वप्न थियो कि काठमाडौं उपत्यकामा खोपानी समस्या समाधान गर्ने तर समयमा काम गर्न ठेकेदारहरुलाई मन्त्रीले दिएनन् । समय लम्बियो । करिब २२ वर्षपछि २७ मिटर लामो सुरुङमार्गको पानी बग्ने ढल पूरा भयो । यो अवधि बढ्नु नै कमिशनको खेल थियो । जहाँ ठूलाठूला नेताहरुको संस्कार देखिन्छ । यसले स्पष्ट पार्छ कि नेता र मन्त्रीहरु देशको विकास द्रुत गतिमा गर्न चाहँदैनन् । ठेकेदारहरुसँग कमिशनका खेलमा डुबेका दृश्यहरु नेपालीले हेरिरहेका छन् ।

गड्डाचौकी पार गरेर नेपाललाई नक्सामा हेरेका लाहुरे आफ्नो गाउँ पुगे । उनको नाम यहाँ लेख्न चाहेन । उनी डोटी जिल्लाको गाउँसेरा गाउँका थिए । उनले डोटी क्याम्पसबाट स्नातक अंग्रेजी विषयमा उत्तीर्ण भएका रहेछन् । घरको आर्थिक अवस्था सुधार्न भारत पसेका थिए । भाग्यबस भारतीय संसद सचिवालयमा सुरक्षा गाड बन्न पाएछन् । त्यहाँ १५ वर्ष बसेर घर फर्केका थिए । त्यो पनि कोरोनाको महामारी फैलिएपछि नेपालको माया लाग्यो र आफ्नो घर ठेगाना खोज्दै आएका थिए ।

पुरानो भत्केको घर गोठ देखे । देशले रुप फेरेर गणतन्त्र आएको पाए । गाउँ पञ्चायतबाट गाउँ विकास नाम भएको थियो ।अहिले गाउँ सरकार भएछ र गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका नामाकरण भएछ । सात प्रदेश सरकार बनेछन् । केन्द्रमा संसदीयसभालाई संघीयसभा भएछ । नेपाली नेताहरुलाई पद र कुर्सीहरु धेरै भएछन् । त्यसकारण उनीहरु पनि आपसमा भेँडा जुधाई गर्दारहेछन् ।

भेँडाहरु खोरमा धेरै भएपछि आपसमा लड्छन् । त्यस्तै खेल नेपाली नेताहरु पनि गाउँपालिकादेखि संघीय सरकारसम्म लडाइँ झगडामा रहेछन् । मन्त्री बनेकाहरुले धनपैसा जम्मा गर्न व्यस्त छन् । सांसदहरु नयाँ–नयाँ लुगाहरु फेर्न मस्त छन् । यिनीहरुको संस्कार देखेर नागरिकलाई हाँसो लाग्छ । देश हाँक्नेहरु आफै हाँसिरहेका छन् । ती लाहुरेले नयाँ–नयाँ गापा, नपा, उमनपा, महानपाका पदाधिकारीहरु देखेर भन्थे – हिजोका गाउँघरमा भएका जालीफटाहाहरु सबै पालिका पदाधिकारीहरु भएछन् ।सबैले मिलेर नेपाली माटो बेच्न पाएका रहेछन् । यिनीहरुको आपसमा ममता छैन ।

नेपालबाट भारतको नयाँ दिल्ली पुगेका कृषिमन्त्रीले नेपाली किसानहरुलाई खेतीपाती गर्न समस्या मल, बिउ र किटनाशक औषधीको छ । भारतले बेच्नुप¥यो भनेछन् । भारतीय नेताले भने – हामी मल, बिउ र किटनाशक ओखती बेचिरहेका छौँ तर नेपाल सरकार किओसी खडा गरेर नेपाली किसानहरुलाई आउजाउ बन्द ग¥यो । हाम्रो खुला सीमानाकाहरु बन्द गरेपछि कसरी हामीले निकासी गर्ने ? भनेपछि सीमानाका खोल्ने मनसाय लिएर नेपाल फर्के । सरकराले सीमानाकाहरु खोल्यो । मल, बिउ आएन । कोरोना भाइरस आयो ।

सरकारले नेपालीलाई आफ्नो सुरक्षा आmै गर, कोरोनाबाट आफै बच । यस्ता गैरजिम्मेवार अभिव्यत्तिःहरु पनि बाहिरिएका थिए । नयाँ रुपमा कोरोना भाइरस भित्रियो । गाउँघरमा फैलियो । सहरबजारमा विकराल रुप लियो । भारतीय नेताहरु भन्छन्– कोरोना रोक्न इन्जेक्सन पठाएका छौँ, नागरिकलाई चाँडै भ्याक्सिन देऊ । लगाउने स्वास्थ्यकर्मीको कमी छ भने माग गर । हामी पठाउँछौँ, तिम्रो राष्ट्रियता र सार्वभौम हामीसँग छ । तिमीसँग राष्ट्र छ, नागरिकलाई करको भार थोपरेर धन कमाउने धन्दा तिमीहरुको छ ।

ठेकेदारहरुसँग मिलेर हुलाकीमार्ग कच्चा बनायौ, राष्ट्र ठगेका छौ । तिमीहरुसँग राष्ट्रिय भावना छैन । यदि भएको भए राष्ट्रमा विकासको वहार आउने थियो । तिमीहरु माटो बेचेर धन कमाउँछौ । हामी माटो बचाएर विकास गर्छौं । तिम्रा नागरिकलाई रोजगार दिन्छौँ । सेनामा भर्ती गर्छौं । जय भारत माता भन्न लगाउँछौँ । त्यसैले नेपाली माटो र ढुङ्गा किन्ने हामी भारतीय मात्र हौँ । नेपाली नेताहरु अनियमित कार्यमा अगाडि छन् भनाई भारतीयहरुको थियो । नेतृत्ववर्ग नागरिकका वर्गीय, क्षेत्रीय र भौगोलिक आधारमा विकास गर्न पछि पर्छन् । उनीहरुमा प्रशासनिक सोचाई भएन, आर्थिक अध्ययन छैन ।

शैक्षिक ज्ञान र सीपको विकास छैन । प्राविधिक अध्ययन गर्न क्षमतावान् छैनन् । तापनि उनीहरुले नागरिकका अगाडि भाषण गर्दा भन्छन्– नेपालमा विकासको मूल फुटाउँछौँ । पानीका मूलहरुको संरक्षण गर्न पछि परेका नेताहरुले विकास भनेको के हो ? थाहा छैन । अपार जलस्रोत भएको देश नेपाल भए पनि विद्युत उत्पादनमा पछि परेको छ । यहाँको जलभण्डारलाई सदुपयोग गरेर विद्युत बेच्नसकेमा राष्ट्रले अकुत अर्थ विकास गर्न सक्थ्यो ।

त्यसतर्फ नेपाली नेताहरुको सोचाई छैन । जतिसुकै नेता जलस्रोतमन्त्री भए पनि सिंचाइमा ध्यान जान्न । विद्युत उत्पादन गरेर राष्ट्र अर्थनीतिमा नयाँ आयाम थप्न जान्दैनन् । मन्त्री पद पाउँदासम्म आफ्नो अर्थ विकास मात्र गर्छन् । भारतीय सरकारका नेताहरुले नेपाली नेताहरुको चरित्र चित्रण गरेको नेपाली सेक्रेटरियल गाडले सुन्दा आश्चर्य मान्थे । नेपाली नेताहरुप्रति घृणा गर्थै । नेता शब्द सुन्दा मन खुम्चिन्थ्यो ।

नेपाली लाहुरेको बिदा सकियो । उनी आफ्नो जागिरमा फर्कने भएका थिए । ज्योतिषिसँग शुभसाइत मिलाए । उनी घरमा गए । अहिले उनी एक्लै जाने भएका थिए । घरमा पत्नी, छोराछोरी छोडेर जाने भए । उनले खेत किने । बारी पनि थपे । कोरोनाले उनलाई राष्ट्रप्रेम जगायो । राष्ट्रियताको भावना जाग्यो । आफ्नो जन्मभूमि प्राणभन्दा प्यारो भएको माने । पत्नीले पनि घरजम गरेर बस्ने र छोराछोरीलाई गाउँको स्कूलमा पढाउँला भनिन् ।

भारतीय भाषा जानेका र भारतीय स्कूलमा पढेका छोराछोरीलाई नेपाली भाषाको स्कूलमा पढाउने भए । नेपाली पढ्न र सिक्न सिपालु छोराछोरी थिए । भारतीय जागिरबाट नेपाली माटोमा जीवन जिउन पाएकोले नेपाली लाहुरे गदगद थिए । आज बुधवारको दिन साइत राम्रो भनाई ज्योतिषिको थियो । विहानै उठेर झोला बोकि पत्नी, छोराछोरीसँग बिदा भए ।

घरदेखि एक किलोमिटर तल झरे । मोटर चढे र गन्तव्यतर्फ गाडी गुड्यो । साँझ ६ बजे महेन्द्रनगर पुग्यो । उनले रुखमा टाँगेको नेपाली नक्सा हेरे । सात प्रदेश ७७ जिल्लाहरु हेर्दै थिए । तल लेखिएको थियो – नेपाली माटो विक्रीमा । आँखाबाट आँसु चुहाए ।