३ महिनापछि ज्यान बचाएर घर फर्किँदा …

  •   
  •  

मेरो आमाबुबाको चाहना छोराले जनताको सेवा गरोस् भन्ने थियो । हाम्रो परिवार पनि सामाजिक कार्यका लागि सधैँ अघि लाग्ने नै थियो । मेरो यहाँसम्म आउने पहिलो प्रेरणाको स्रोत मेरो आमाबुबा नै हुनुहुन्छ । लगनशील, मिजासिला, मानवीय सेवामा तल्लीन तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका खुशीहरू मैले सोध्दै गर्दा उनी तुलसीपुर स्थित मेट्रो आइसोलेशन अस्पताल अस्वारामा काममै थिए ।

पछिल्लो समयमा कोभिड–१९ को संक्रमणमा अग्रपंक्तिमा रहेर सेवामा तल्लीन कोभिड फोकल पर्शन बिमल केसीले २०५८ सालमा पहिलो पटक सरकारी जागिर खाएको सम्झिए । उनले सरकारी जागिर खाँदा निकै खुशी भएको सुनाए । त्यो बेला जागिरको निकै महत्व थियो, त्यो पनि स्वास्थ्य क्षेत्रमा । ग्रामीण स्वास्थ्य कार्यकर्तामा नाम निकालेका केसीले आफू र एक जना अर्का साथी रुकुमको राङ्सीमा पोष्टिङ भएको र जनताको सेवा गर्न हिडेको पल सम्झिए ।

उनको मनमा धेरै आशा थियो, त्यहाँ पुगेर जनताको सेवा गर्ने । त्यतिबेला देशमा द्वन्द्व चर्किएको थियो । तर उनको त्यो सेवा गर्ने चाहनामा भने तुषारापात भयो । ‘मेरो त्यो उत्साह खुशीको क्षण रुकुमको तकसेरामा पुग्दा सवै चकनाचुर भयो’ –केसीले भने । उनीहरुलाई तत्कालीन माओवादीले अपहरण गरेको उनले सुनाए ।

केसीलाई नेपाल सरकारको सिआइडी भन्दै पक्राउ गरेको र ३ महिनासम्म रुकुमका विभिन्न स्थानमा माओवादीले बन्दुक बोकाएर श्रमदान गराएको भन्दै तीतो यथार्थ सुनाए । उनले सो समयमा भोक–भोकै रुकुमका विभिन्न स्थानमा आफूहरुलाई हिडालेको सुनाए । ‘जनताको सेवा गर्न गएका हामीले जनसरकारको नियन्त्रमा भयौँ, त्यतिबेला निकै दुःख लागेको थियो’ –केसीले भने । उनले आफूसँगै अपहरणमा परेका एक जना सुर्खेतका पत्रकारलाई मार्दा झनै डर लागेको बताए ।

केसी त्यस सँगसँगै माओवादीको एक जना इञ्चार्जको श्रीमती डेलीभरी भएको र त्यतिबेला आफूहरुले सेवा गरेर केही विश्वास दिलाउन सफल भएको र त्यससँगै विस्तारै माओवादीले आफूहरुलाई विश्वास गरेको बताए । त्यसपछि करिब ३ महिनापछि अपहरण मुक्त भएपछि रुकुम आएर प्लेन चढेर नेपालगञ्ज आएको सुनाए । त्यससँगै घरमा पुगेको दिन उनले निकै खुशी भएको सुनाए ।

‘जीवनमा खुशीका पलहरु धेरै छन्, तर मेरो पहिलो खुशी नसकिँदै खुशी बीचैमा हराएको क्षण र त्यसपछि जागिर खान गएको मान्छे अपहरणमा परेर ३ महिनापछि ज्यान बचाएर घर फर्किएको दिन सम्झँदा अझै ताजै लाग्छ’–केसी भन्छन् ‘त्यही मेरो पहिलो खुशी लेखिदिनुहोला, ज्यान बचाएर ३ महिनापछि घर फर्कीएपछिको पहिलो खुशी ।’

शान्तिनगर–४ हिरापुरमा जन्मिएका केसीले अर्को खुशी यो महामारीमा दिनरात नभनि सेवामा तल्लीत हुँदाको सुनाए । केसीले दिनरात नभनि श्रम भत्ता समेत नखाएर निःस्वार्थ रुपले अनवरत कोभिड–१९ को पहिलो तथा दोस्रो लहरमा सेवा गर्न पाउँदा लागेको सुनाए । ‘हामीले कोभिडको बिरामीलाई रातदिन नभनि कसरी बचाउन सकिन्छ भन्नेमा लागेको छौँ, यो सेवामा दिनरात नभनी खटिन पाउँदा पनि निकै खुशी लागेको छ, यो मेरो दोस्रो खुशी हो’ उनले भने ।

उनले गत वर्ष तिहारमा समेत घरमा नबसेर बिरामीको घरमा पुगेर सेवा गरेको सुनाए । ‘कोभिडको त्यो महामारीसँग हामी जुझेर धेरैको ज्यान बचाउन सफल भएका छौँ, त्यो भन्दा अर्को मेरो लागि खुशी के हुन सक्छ र ?’ केसीले भने । उनले आफूले सेवा गरेर कोभिड–१९ को संक्रमणबाट मुक्त नागरिले सम्झँदा तथा धन्यवाद दिँदा धेरै खुशी लाग्ने गरेको सुनाए ।

उनले आफूलाई दिएको जिम्मेवारी पूरा गरेको र विभिन्न संस्थाहरुले पहिलो चरणमा गरेको कामको मूल्याङ्कन गरी सम्मान गर्दा थप सेवा भावमा उत्प्रेणा जागेको सुनाए । केसीले आफूले कोभिड संक्रमणका सयौँ बिरामीलाई सेवा गर्दा आफूलाई कोभिड–१९ को संक्रमण नभएको भन्दै त्यो पनि अर्को खुशी भएको सुनाए । त्यस्तै केसीले ६ महिनापछि अहेवमा नाम निकालेर रोल्पाको विकट क्षेत्रमा सेवा दिँदाको क्षण सम्झिए । उनले त्यतिबेला गाउँमा पर्याप्त सेवा नहुने र आफुहरुले धेरैलाई सेवा दिएको सुनाए ।

‘त्यो बेला गाउँका डाक्टर भनेर हामीलाई कति महत्व दिने गरेका थिए, विकटमा मैले पनि ५ वर्ष सेवा गरेँ, धेरैलाई मृत्यु हुनबाट बचाएँ, त्यो पनि मेरो अर्को खुशी हो’ उनले भने । त्यस्तै रोल्पामा ५ वर्ष सेवा गरी आप्mनै जिल्ला दाङमा तत्कालीन महेन्द्र अस्पतालमा सेवा गर्न पाउँदा पनि अर्को खुशी प्राप्त भएको सुनाए । उनले अस्पतालको इमर्जेन्सीमा आफूले काम गरेको सम्झिए ।

त्यस्तै केसीले तत्कालीन हलवार गाउँमा आएर ७÷८ वर्ष काम गरेको भन्दै त्यहाँका जनतालाई सेवा दिँदा खुशी लागेको सुनाए । आफू प्रमुख हुँदा वडाको पहल र आफूले भवन निर्माणमा खेलेको भूमिकाले खुशी बनाएको सुनाए । त्यस्तै केसीले अर्को खुशी २८ पटक रक्तदान गर्न पाउँदा लागेको सुनाए । उनले रक्तदान गरी धेरै व्यक्तिको जीवन बचाउन पाउँदा पनि लाग्ने गरेको सुनाए ।

त्यस्तै श्रीमती पनि स्वास्थ्यकर्मी भएको भन्दै उनले दुवै जना मानवीय सेवामा लाग्न पाउँदा खुशी हुने गरेको सुनाए । उनले आप्mनो प्रगति र सेवामा श्रीमतीले पनि सहयोग गरेको भन्दै खुशी व्यक्त गरे । २०६५ सालमा वैवाहिक जीवनमा बाँधिएका केसीका एक छोरा एक छोरी रहेको र छोरा–छोरीको जन्म हुँदा पनि जिम्मेवारी बढेको भन्दै खुशी व्यक्त गरे । त्यस्तै विभिन्न कलेजमा शिक्षण गर्दै आएका केसीले आफूले हालसम्म सयौँलाई स्वास्थ्य सिएमए र लोकसेवा पढाएको भन्दै उनीहरु विभिन्न क्षेत्रमा आबद्ध भएको भन्दै उनको प्रगति देख्दा पनि खुशी लाग्ने गरेको सुनाए ।

केसीले विगत १३ वर्षदेखि शिक्षण गर्दै आएको बताए । उनले सबै साथीभाइ, अग्रज र घरपरिवारको सहयोगले गर्दा आफू यहाँसम्म आएको र सबैले विश्वास गर्दा निकै खुशी लाग्ने गरेको सुनाए । केसीले रेडक्रसको शान्तिनगर शाखा सभापति राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दाङको सचिव भएर विभिन्न स्वास्थ्यकर्मीहरुको हक, हित र मानवीय सेवामा काम गर्न पाउँदा पनि खुशी भएको सुनाए ।

तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ का फोकल पर्शनको जिम्मेवारी पाएका बिमल केसी रेडक्रसको शान्तिनगर शाखा सभापति, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दाङ सचिव, जनस्वास्थ्य निरीक्षकका साथै विभिन्न सामाजिक संस्थामा आबद्ध छन् ।
                                                                                                            प्रस्तुती : बालाराम खड्का