भूपेन्द्र सुवेदी
सर्बप्रथम ४७ औ बिश्व वाताबरण दिवसका उपलक्ष्यमा आम नागरिक समाज बताबरणप्रेमी, पाठकज्युहरुमा शुभकामना ब्यक्त गर्दछु । सर्बप्रथम आफू सुस्वस्थ रहु र आम समाजलाई पनि सुस्वस्थ रहने प्रेरणा प्राप्त होस भन्ने अपेक्षा राखेको छु । साथै बिश्व बाताबरण दिवसको उपलक्ष्यमा आफू स्वयम् उपस्थित हुन नसकेको हुँदा क्षमा चाहन्छु ।
दोश्रो समस्या हालैको सरकारको नयाँ बजेटले ल्यायको प्रस्ताबित बिषय चुरे पहाडको भूमिमा सरकारले राष्ट्रनीति चुरे संरक्षण भनेर बिगतदेखि कार्यक्रम हुँदै आएको र चुरे संरक्षण हुनु पर्दछ भन्ने आम नागरिक समाजको सहमतिबिना घरमा आगो लगाएर खरानीको ब्यापार गर्ने प्रस्ताब निकै दयनीय छ । चुरे मासिए तराई क्षेत्रको अस्तित्व नै सकिनेछ र तराईका कृषियोग्य जमिनको अबस्था मरुभूमिमा परिणत हुनेछन् । समयमै सरकारको ध्यानाकर्षण गराउन आम नागरिक समाज सजग नभए नेपालको बाताबरण, जैबिक बिबिधता, मानब जाति मात्र नभएर समग्र प्राणी जगतको लागी सधै आफनो प्राण बायुको भिख माग्दा–माग्दै हामी मृत्युको मुखमा रहने अबस्था हुनेछ । समयमा नागरिक सजग रहनुपर्छ ।
आजको जल्दो–बल्दो समस्याको रुपमा देखिएको बिषय दैनिक रुपमा दैनिकी जस्तो बनेको बिभिन्न प्रकोपहरुको कारण मानब जातीमात्र नभएर यो संसारको प्राकृतिक भूमिमा सिर्जीत प्राणीजगत समेत सबैमा परी आउने बिपतीको सामना गर्ने क्षमताको अघिल्लो भागमा सबैभन्दा पहिला हामी मानब जातीनै हौँभन्दा अन्यथा नलाग्न सक्ला ? तर जो बढी जान्ने उही बढी नमान्ने दर्जा पाएको पनि हामी स्वयम मानब जाती नै स्वत सिद्ध परेका छौँ ।
किनभने बिश्व जगको तुलना गर्दा सबैभन्दा उत्तम कार्य गर्ने पनि मानब जातीमा पर्छाै भने सबैभन्दा बिश्वमा खतरा निम्त्याउने पनि हामी मध्यकै मानब जाती नै छौ किनभने मानब सबैभन्दा चेतनशील प्राणी भएकोले राम्रो नराम्रो र गर्न हुने गर्न नहुने क्रियाकलाप छुट्टाउनुसक्ने क्षमता पनि स्वयम मानब जातीले नै पाएको छ । तर सबैभन्दा पहिला बिश्वको बदलिँदो जलबायु परिवर्तन र यसका कारण र तत्व स्वयम पहिलो अंकमा हामी मानब नै परेका छौ ।
अब बाताबरण जैबिक बिबिधता एबं जलबायु परिवर्तनको बारेमा सामुदायिक बन उपभोक्ता महासंघ नेपाललाई बाताबरण, जैबिक बिबिधता, एबं जलबायु परिवर्तन अनुकुलन एबं न्युनीकरण र प्रकोप ब्यबस्थापनको क्षेत्रमा एक अभियानकारी संस्थाको रुपमा स्थापीत गर्ने जमर्काे गरेको सामुदायिक बन उपभोक्ता महासंघका अभियान्ताहरुको अभियान निरन्तर रहिआयको छ । तर सम्बन्धी पक्षले निर्धक्क भयर यो बिषयमा जिम्मा दिन सकेको अबस्था भने अझै छ भन्दा फरक नपर्ला । जस्को कामको जिम्मेवारी र परिणामको अनुगमनको पाटो नै छ भने मुल्यांकन कस्ले गर्ला र ? अजसम्म नेपालको पहिचान बिश्वमा देखाएको सामुदायिक बनको मुल्यांकन बरु बिश्व जगतले गर्दै आएको छ तर स्वयम नेपाल सरकारको तर्फबाट हुन नसकेको अबस्था ऐनाजस्तै देखिएको छ ।
जलबायु परिवर्तन र यसको महत्वको बारेमा बिभिन्न क्षेत्रको अध्ययन गर्दै आयका बिज्ञहरुको भनाइले अझै प्रष्ट पारेको छ । लामो समयको बायुमण्डलीय तापक्रम, हावाको बहाव र बर्षको औषत अबस्थालाई जलबायु भनिन्छ । यसको प्राकृतिक अबस्था परिवर्तन हुनु भनेको नै जलबायु परिवर्तन हुनु हो । जलबायुसम्बन्धी उपलब्ध तथ्यांकहरुको बिश्लेषणबाट यस्तो अबस्था फरक आय,नआएको थाहा हुन्छ । जलबायु परिवर्तन सम्बन्धी अन्तरसरकारी मञ्च(पिसिसि)का अनुसार जलबायु परिवर्तनले मानबिय क्रियाकलाप वा प्राकृतिक कारणले लामो समयान्तरमा जलबायुमा हुने कुनै पनि किसिमको परिवर्तनलाई बुझाउँदछ ।
जलबायु परिवर्तनलाई बुझ्न कम्तीमा ३०बर्षको तथ्यांक आवश्यक हुन्छ भन्ने यसका प्रागिक बिज्ञहरुको सिद्धान्त छ । तापक्रम र बर्षको मात्रामा बिश्वभर आयको परिवर्तनले पृथ्वीमा जलबायु परिवर्तन भइरहेको अनुभब गराएको हो । यसका असरहरु स्थानीय क्षेत्रीय तथा बिश्वभरी नै परीरहेकोछ । जलबायु परिवर्तनको मापन तापक्रम, बर्ष, बायु, र अन्य मौसमी सूचांङ्कमा भएको परिवर्तनका आधारमा गरिन्छ । बीसौ सताब्दीमा पृथ्वीमा भयको दु्रत औद्योगीकरण, बिकास तथा जनसंख्या बृद्धीले लयका नकारात्मक असरहरुका कारण पृथ्वीको जलबायु परिवर्तन भइरहेको छ ।
सन् १८८० देखी सन २०१२ सम्म जमिन र माहासागरको सतहको तापक्रमको तथ्यांकको औषत निकाल्दा ०.८५ डिग्रि सेल्सियसले तापक्रम बृद्धि भएको पाइएको छ । सन् १९०६ देखी २००५ को अबधीमा बिश्वको तापक्रम ०.७४ डिग्री सेल्सियसले बढेको बिज्ञहरुको भनाइ छ । तथ्यांकले सन् २००० पछिका बर्षहरु झनै तातो हुँदै गको देखायको उहाँहरुको अनुभव छ । विगत ३ दर्षदेखी भू–उपग्रहमार्फत पृथ्वीको सतह र बायुमण्डलको तल्लो सतह अर्थात पृथ्वीको सतह वरपरको तापक्रमको अध्ययनबाट पनि पृथ्वीको तहमा तापक्रम बृद्धि भएको देखिएको छ । तर यसको बिपरीत बायुमण्डलभन्दा १५ किमीमाथि समतापमण्डल बिगत चार दर्शकमा चिसो भएको छ ।
यसले हलको तापक्रम बृिद्ध मानवीय क्रियाकलापका कारण यहाँ माथिनै पुष्टि गरिसकेकोछ । नेपालको सन्दर्भमा यो बार्षिक अधिकतम् बृद्धिदर ०.०४–०.०६ डिग्री सेल्सियस रहेको बताएको छ । नेपालमा तापक्रमको बृद्धिदर एकै किसिमको नभई तराई तथा शिवालिक क्षेत्रको तुलनामा उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा न्यानो दिनहरुमा बृद्धि भएको देखिएको छ । पछिल्लो समय जलबायुमा आयको परिवर्तनको असरहरु हामीले देखिरहेका छौँ भोगी रहेका छौँ ।
बिश्वको जलबायु परिवर्तनको अनुभब सगालेका बिज्ञहरुको अध्ययनबाट ईन्डोनेसियाको सुनामी, अमेरीकाको आँधी, अमेरीका, युरोप, अष्टे«लिया, भारतलगायतका बिभिन्न मुलुकहरुमा भिषण हिमपात, नेपालमा सेती नदीमा आएको बाढी तथा अन्य प्राकृतिक प्रकोपहरु जलबायु परिवर्तनको प्रभावसँग जोडीएका उधारणहरु हुन । यद्यपि यी बिषयहरुमा गहन अनुसन्धान भने हुन बाँकी नै छ । वर्षाको समय परिवर्तन , अतिबृटि, अनाबृष्टि, अखण्डबृष्टि, लामो खडेरी बायुको आद्रतामा न्यूनतम वा बृद्धी बाढीपैरोजस्ता बिपतहरुमा बृद्धि हुनु हिमनदी पग्लिएर समुन्द्री सतह बढ्नु, जैबिक बिविधतामा ह्रास आउनु, मरुभुमीकरण हुनु आदी जलबायु परिवर्तनका केही प्रभापहरु हुन् ।
बिज्ञहरुले उठान गरेका जलबायु परिवर्तनको प्रभाव र कारणहरुमा स्वयम मानबको अज्ञानताको कारण, यसको तापमान बृद्धि दरको निर्धारण हरितगृह ग्यासको उत्सर्जनमा निर्भर गर्दछ । त्यसैले जलबायु परिवर्तनको मुख्यकारण बुझ्न बुझाउन नसक्नु हरित गृहग्यासहरुको उत्सर्जन बढी हुनु हो । प्राकृतिक तहमा हरित गृहग्यास रहँदाको तापक्रम जीव तथा बनस्पतिको बासस्थानका लागि उपयुक्त हुन्छ तर जब मानवीय कारणले हरित गृहग्यासहरुको उत्सर्जन बढ्दै जान्छ तब बिश्व उष्णीकरणसँगै पृथ्वीको जलबायु परिवर्तन हुन थाल्छ ।
अब हामीले बुझ्न, बुझाउनुपर्ने महत्वपूर्ण बिषय जलबायु परिवर्तनका लक्षणहरुको बारेमा ः सरदर भन्दाबढीवा थोरै बर्षा हुनु, मनसुनको समय फरक पर्नु । बर्षातको दिनहरुमा कमी, धेरै गर्मी तथा न्याना दिनहरु बढ्नु तथा मौसमी प्रक्रियामा बढ्दो अनिश्चितता हुनु, मौसमी केन्द्रहरुबाट थाहा हुन आएको तापक्रममा बृद्धी भइरहनु, अतिबृष्टि र अनाबष्टि हुनु । हिमालमा छिट्टै हिम पग्लनु, हिमतालको क्षेत्रफल र बिष्फोटको जोखिम बढ्नु समुन्द्रको सतहमा बृद्धी हुनु पारस्परिक खेती तथा बालीको उत्पादन कम हुनु, खेती बारीमा नयाँ–नयाँ किरा र झारपात मिचाहा जातका बनस्पति देखिनु पसुपंछीमा नयाँ किरा तथा रोगको लक्षण देखिनुजस्ता बिषयसँग मेल खाएको हुन्छ ।
जलबायु परिवर्तनको बीचको सहरी बसोबास र पूर्बाधार ः जलबायु परिवर्तनका कारण सहरी बसोबास र पूर्बाधार बिकासमा एकीकृत असरहरु देखा पर्दछन् । बिशेषता यस्ता असरहरु जलबायुजन्य बिपदसँग बढी सम्बन्धीत हुन्छन । बिपतले सडक, बिद्युतगृह, अस्पताल, बिद्यालय, सामुदायिक भबन, पुलजस्ता संरचनाहरुमा नराम्रो असर गर्ने गरेको छ । जलबायु परिवर्तनले यस्ता बिपतहरुको पुनराबृद्धि तथा तीनको तीब्रतालाई बढाउने हुंदा यसले सबै भन्दा बढी सहरी बसोबासमा प्रत्यक्ष प्रभाब पारेको छ । जलवायु परिवर्तनीयन्त्रका उपाय र बिपत ब्यबस्थापनको अबस्थालाई प्राकृतिक स्रोत साधन, जल–जमिन, जंगल, जैबिक विविधताको संरक्षण र संबद्र्धन गर्दै सडक कुलो खानेपानीको स्रोतको ख्याल राखौँ ।