calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

श्रेष्ठलाई दश दिन म्याद थप

गोरक्ष समाचारदाता
दाङ,५ कार्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि हातपात गरेको अभियोगमा पक्राउ परेका नेकपा दाङका सदस्य बिवेक श्रेष्ठलाई थप अनुसन्धानका लागि दश दिन म्यादथप गरेको छ ।

भदौ ११ गते कार्यकक्षमै प्रवेश गरेर प्रतिष्ठानका रजिष्ट्रार श्रेष्ठमाथि हातपात गरेको भन्दै प्रहरीमा निवेदनपरेपछि श्रेष्ठ फरार रहेका थिए । फरार रहेको श्रेष्ठलाई सोमवार कैलालीबाट प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पछि दाङ ल्याएको प्रहरीले मंगलबार म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगेको थियो । प्रमुख जिल्ला अधिकारीले थप अनुसन्धानका लागि दश दिन म्यादथप गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । श्रेष्ठले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ समितिले प्रशासनिक भवनमा तालाबन्दी गर्ने क्रममा हातपात गरेका थिए ।