देउखुरीमा खाली अक्सिजन सिलिन्डर संकलन गर्न सुरु

शिव राज खनाल
देउखुरी, २६ बैशाख । कोभिडको महामारिमा देशभर अक्सिजनको अभाव देखिएको र यस्तो विपत्तिको सामना गर्न लमही जेसीजले देउखुरी क्षेत्रमा खाली अक्सिजन सिलिन्डर कलेक्सन तथा ब्यबस्थापन कार्यको सुरुवात गरेको छ ।

अक्सिजनको कारणले कसैले पनि ज्यान गुमाउन नपरोस भन्दै यो अभियान सुरु गरेको लमही जेसिजका अध्यक्ष दुलमदास चौधरीले बताएका छन् ।


कोरोना संक्रमितको उपचारमा खपत बढेपछि देश भरका अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । यतिबेला अक्सिजन उत्पादकहरूले भने सबै प्लान्ट पूर्ण क्षमतामा चल्ने गरी खाली सिलिन्डर नै नरहेको जनाएका छन् ।

निम्न आयस्रोत भएका ब्यक्तिहरुलाई सहज रुपमा अक्सिजन उपलब्ध गराउने यस अभियानका सम्योजक तथा लमही जेसिजका महासचिव सुन्दर केसीले बताए ।

बर्ष २०२१ का अध्यक्ष दुलम दास चौधरी बिगत १५ बर्ष देखि अक्सिजन ग्यासको ब्यापार गर्दै आएका ब्यापारी हुन । पहिले ग्यारेज कल कारखाना , सिमेन्ट फ्याक्टी , स्टिल कारखानलगायतका व्यवसाय गर्दै आएका थिए ।