शिव राज खनाल
दाङ,२६ बैशाख । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण पछिल्लो समय किसानहरु समस्यामा पर्दै गएका छन् । लकडाउन लम्विदा किसानको मेहनत समेत खेर जाने अवस्था आएको छ ।
लकडाउनका कारण लमही नगरपालिका ३ निवासी एकराज चौधरी समस्यामा परेका छन । उनको दैनिकी आफुले पालेका भैंसी सङै बित्ने गर्दछ ।
उनीसँग १४ वटा उन्नत जातका भैंसी छन । चौधरीले हरेक दिन १२५ लिटर भन्दा बढी दूध उत्पादन हुने गर्दछ् । तर अहिले भने लकडाउनका कारण उत्पादित दूध कहाँ बेच्ने भन्ने चिन्ताले सताउने गरेको बताउछन । लकडाउनका कारण बजार बन्द भएपछि उनी समस्यामा परेका हुन ।
लकडाउनका कारण सामान्य मजदूर गरेर खाने मानिसहरुको बिचल्ली त भएकै छ । त्यो भन्दा पनि कृषकहरु यतिबेला प्रत्यक्ष प्रभावित भएका छन् । कहिले मूल्य नपाएर त कहिले बजार नपाएर तड्पिने कृषकहरु यतिबेला कोरोना भाइरसका कारण देश लकडाउन भएकाले कृषकहरुको समस्या ज्यूँ को त्यूँ रहेको छ ।
देउखुरी भ्याली भैंसी फर्म नाम राखेर संचालन गरेको फर्ममा एकराजले खान बस्नको ब्यबस्थासहित मासिक १६००० हजार तलब दिएर एक जना कर्मचारी समेत राखेका छन । उनका १० जना परिवार समेत तेहि फर्ममै काम गर्ने गर्दछन ।
उता लमही नगरपालिका वडा नम्बर १ मा रहेको निलकमल सामाजिक उद्यमि महिला सहकारी संस्था बन्द गरिएको छ । लकडाउन अघि नेपाल दुग्ध सस्थानले सहकारीले खरिद गरेको दूध किनिदिने गरेको र हाल लकडाउनका कारण दूध स्टकमा रहेकोले भन्दै खरिद गर्न छाडे पछि दूध सरकारीले दूध संकलन केन्द्र बन्द गरिएको हो ।
सस्थाले दैनिक १२० कृषकहरुको दूध संकलन गर्दै आएको थियो । स्थानीय कृषकहरुले दैनिक एक हजार लिटर भन्दा धेरै दूध संकलन गर्दै आएको निलकमल सामाजिक उद्यमि महिला सहकारी संस्था कि संकलन केन्द्रकी ब्यबस्थापक रेखा भुसाल बताउछिन ।
लकडाउनका कारण कृषकलाई प्रत्यक्ष असर पर्नुका साथै कृषकहरुको घर व्यवहार बिग्रदो अबस्थामा छ ।