दाङ, २४ बैशाख । तुलसीपुर उपमहानगर पालिका–१३ अम्बापुर निवासी प्रविन बस्नेत पाँच दिनदेखि सम्पर्क विहिन भएका छन् । मधुकर बस्नेतका छोरा बर्ष १७ का बस्नेत ५ दिनदेखि बेपत्ता भएका हुन ।
साझको समयमा घरदेखि निस्केका उनी अहिले सम्म सम्पर्कमा आएका छैनन । घरबाट निस्किएको पाँच दिनसम्म सम्पर्कमा न आउदा उनको परिवार निकै चिन्तित बनेको छ । छोरा हराएदेखि आफन्त जताकतै सम्पर्क गर्दा समेत कतै पत्ता नलागेको बुबा मधुकर बस्नेतले बताए ।
उनले छोराको खोजीका लागि आफन्त, परिवार, मानवअधिकारकर्मी,पत्रकार, नागरिक समाजलगायत सम्र्पूणलाई समेत आग्रह गरेका छन् । साथै कतै कसैले देखेको भए ९८६४७१४५१३ मा सम्पर्क गरिदिनु हुन समेत अनुरोध गर्दछौ ।।