गजलकार प्रतीक संग्रामीको एकल रचना वाचन

दाङ,१० बैशाख । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको ६४ औं श्रृङखला अन्तर्गत गजलकार प्रतीक संग्रामीको एकल रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् परिषद्का केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता तथा जिल्ला शाखा दाङका सल्लाहकार कमलमणि देबकोटाको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा गजलकार संग्रामीले विभिन्न गजल सुनाएका थिए । लामो समयदेखि गजल लेखनमा लागेका उनले विभिन्न विषयवस्तुमा समेटिएका गजलहरु बाचन गरेका थिए ।

कार्यक्रममा गजल अभियान दाङका अध्यक्ष तथा परिषद् दाङ शाखाका सहसचिव प्रवल बिष्टले संग्रामीद्वारा वाचन गरिएका रचनाको समीक्षा गरेका थिए । उक्त कार्यक्रममा ६४ औं श्रृङखलामा आफ्नो एकल रचना वाचन गरेका गजलकार प्रतीक सग्रामीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सिस्नु पानी नेपाल दाङ शाखाका अध्यक्ष एवम् परिषद् जिल्ला शाखा दाङका सल्लाहकार डा लोकराज पराजुली लगाएतले शुभकामना व्यक्त गरेका थिए । परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रम को सहजीकरण सचिव प्रकाश केसीले ग रेका थिए ।

यसैविच राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको दोस्रो कार्यसमिति बैठक शुक्रवार घोराहीमा सम्पन्न भएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षतामा बसेको बैठकले परिषद् जिल्ला शाखा दाङमा डा लोकराज पराजुली , कमलमणि देबकोटा, नगेन्द्रकुमार आचार्य ‘नगेन्द्र गुरू’ तथा दाङ जिल्लामा क्रियासिल साहित्यक संघ संस्थाका अध्यक्ष पदेन सल्लाहकारका रूपमा मनोनयन गरेको छ ।

निमादेवी बाल प्रतीभा पुरस्कार–२०७७ का लागि कोरोनाको सहजता भएपछि गर्ने गरि देउखुरी क्षेत्रका लागि कार्यसमिति सदस्य आर्शिष विएम ‘कल्पवृक्ष’, घोराही क्षेत्रका लागि कार्यसमिति कोषाध्यक्ष यम रेग्मी र तुल्सीपुर क्षेत्रका लागि कार्यसमिति सदस्य बिमला डाँगी ‘विकलता’लाई जिम्मेवारी प्रदान गरेको छ । बैठकमा परिषद्का केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनाल, जिल्ला शाखा दाङका निवर्तमान अध्यक्ष कमलमणि देबकोटा, पूर्व अध्यक्ष डा लोकराज पराजुलीको उपस्थिति रहेको थियो ।