युवराज शर्मा
नेपाली राजनीति अनौठो प्रवृत्तिको छ । यसले समाजलाई सुमार्गमा लगाउन सकेन । व्यक्तिगत र वर्गीय स्वार्थमा समय बितायो । भोलिका कर्णाधार मानिने विद्यार्थीहरुको भविष्य अन्धकार बन्दै छ । उनीहरुलाई पढ्ने वातावरण बन्नसकेको छैन । कोरोनाको भय र त्रास बढेको छ भने कोभिड–१९ पनि बढिरहेको छ ।
राज्य हाँक्ने राजनीतिज्ञहरुहुन् । उनीहरुमा समस्याको पहिचान गर्ने गुणको अभाव छ भने व्यवस्थापन गर्न सक्ने दक्षताको अभाव देखिन्छ । यस्तो परिस्थितिमा राज्यका संयन्त्रहरु मुकदर्शक बन्नु पनि सत्ता पक्षको कमजोरी मात्र नभएर गैरजिम्मेवारी पनि भएको छ । कोभिड–१९ बढ्यो भन्ने नेताहरुका जुलुस झाँकीहरु बढिरहेको छ । उनीहरुले गर्ने कार्यक्रमलाई रोक्न सक्ने सरकारी संयन्त्रहरु निष्क्रिय भए ।
तर सबैको एकोहोरो भनाईलाई पढ्ने बालबालिकाको दूरदशा भयो । उनीहरुको जीवनका प्रगतिहरु रुके । देशले आवश्यक मात्राको जनशक्ति पाउन सक्ने सम्भावना भएन । विश्वका धेरै देशहरुमा पढ्ने विद्यार्थीलाई रोगको प्रभाव बढ्यो । कोरोना विद्यार्थीहरुका लागि अभिशाप भयो । यस्तो वातावरणमा विकासले गति लिन सक्दैन । विकास भन्नु नै शिक्षाको विकास र स्वास्थ्यको समुचित व्यवस्थापन हो तर सुधार भएन ।
राज्य सञ्चालन गर्ने नेताहरुले आत्तिएर, मात्तिएर र रमाएकोले धेरै विद्यार्थीहरु पढाई छोडेर विदेशिए । नेपालको युवावर्गमा हीनताबोध, नैराश्यता बढिरहेको अवस्था छ । यसलाई साम्य पार्ने वातावरण बनेन । एकातर्फ कोभिड–१९ ले नयाँ स्वरुप देखाएको छ भने विद्यार्थीहरुको पठनपाठनमा अस्तव्यस्त भएको छ । तर नेताहरुले सभा, जुलुस, सम्मेलन गरेकै छन् । मानिसको भीडभाड बढाएका छन् । कोरोनाको प्रभाव बढेकै छ । तापनि नियन्त्रणको प्रयासहरु प्रभावकारी बन्न सकेका छैनन् ।
कोरोना नियन्त्रण भन्दै सरकारले स्कूलहरु बन्द गराउँछ । विद्यार्थीहरुको पठनपाठनमा अवरोध गर्छ । उनीहरुको पढाईमा व्यवधान खडा गरेर उनीहरुलाई पीडाबोध गराउने काम मात्र भएको छ । यसरी शैक्षिक अवस्थालाई कमजोर बनाउने गरियो । यो काम साहसिक भएन । सुधारका प्रयासहरु पनि भएनन् । अझ सामुदायिक स्कूलको अवस्थालाई अध्ययन गर्दा त्यस्ता स्कूलहरुमा पढ्ने विद्यार्थीहरुको पीडा दुःखदायी छ ।
समयमा पढाइका विषयगत कोर्श पूरा हन्न । शिक्षकको अभाव छ भने भएका शिक्षकहरुले पढाइ पूरा गर्दैनन् । उनीहरुलाई नियन्त्रण र निर्देशन गर्ने प्रधानाध्यापक हुन् । तर अधिकांश प्रधानाध्यापकहरुमा सोच र समझको कमीकमजोरीका कारण नेतृत्व गर्नसकेका छैनन् । त्यस्ता स्कूलका विद्यार्थीहरु आफ्नो पढाइबाट पीडाबोध गर्छन् । सरकार स्कूल बन्द गर्दै छ ।
नेपालको सत्ता राजनीतिक क्रिडा स्थल जस्तो वातावरण भएको छ । दलहरुको विभाजन, आपसी मतभेद, दलगत अनुशासनहीता, विचारहरुको आपसी मतभेद र सत्ता सञ्चालन गर्ने भागबण्डाको फोहरी जस्ता नेताहरुमा बढेको गलत प्रवृत्तिका कारण शिक्षा क्षेत्रमा विकृतिहरु बढिरहेका छन् । यस्ता विकृतिहरुले शिक्षा क्षेत्रलाई जनशक्ति तयार गर्न वाधा पु¥याएको छ ।
कोरोनाको कारण देखाउँदै धमाधम पढाइ बन्द गर्दा शिक्षा कमजोर भएको छ भने पठनपाठनमा सुधार नहुँदा विद्यार्थीहरुमा पीडाबोध बढिरहेको छ । यसले मेधावी विद्यार्थीहरुको पढाइ बन्द भयो । विद्यार्थीहरुमा आत्मबल घट्यो । स्मरणशक्ति कमजोर बन्दै गयो । ज्ञान गरेका विषयवस्तुहरु सेलाएर गए । पढ्नुपर्छ भन्ने भावना हट्दै छ । खेलकुदप्रति मोह बढाए पनि विद्यार्थीहरुका लागि वातावरण बन्न सकेको छैन । कोरोनाले बालबालिकालाई सताउँदै गएको छ ।
पहिले बृद्धबृद्धामा असर पुग्थ्यो भने वर्तमान समयमा बालबालिका रोगको शिकार बनेका छन् । सरकार किमकर्तव्यविमुढ भएको छ । देशमा स्वास्थ्योपचारको वातावरणमा सुधार भए । नेताहरु कुर्सी र उपगुटमा विभाजित हुन्छन् । गाउँ र समाजमा अन्तरद्वन्द्व चर्काउँछन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका योजनाहरु गर्दैनन् । तर भाषणमा नागरिकलाई भुलाउन र झुलाउन जान्छन् । यस्तै कार्यले गर्दा शिक्षा पनि राष्ट्रका लागि मागी खाने भाँडो बन्यो भने स्वास्थ्य क्षेत्र पनि उपचार गर्न नसक्ने अवस्थामा पुग्यो । नागरिकका बालबालिकाको भविष्य पनि अन्धकार बन्यो ।विद्यार्थीहरु पीडाबोध गर्दै समय बिताउन थाले ।
पढ्ने विद्यार्थीहरुप्रति सरकारको झुकाव राम्रो भएन । यदि सरकारले शिक्षामा सुधार गर्न चाहेको भए राजनीतिक आधारबाट स्कूलहरुको संख्यात्मक बृद्धि गरे पनि पढाउने शिक्षकहरुको व्यवस्थापन, सुदृढीकरण, निरीक्षण, प्रभावकारिता र आवश्यकताको पहिचान गर्न सकेन । समयमा निर्देशन गरेन । स्थानीय तहको सरकारका जनप्रतिनिधिहरुको जिम्मामा दियो । उनीहरुमा शिक्षालाई कसरी परिचालन गर्ने ? यसमा सुधार कसरी गर्ने ? पठनपाठनलाई कसरी व्यवस्थित गर्ने ? जस्ता सिकाइ बोध भएको छैन । यस्तो वातावरणमा शिक्षालाई गतिशील बनाउन सकिएन ।
अब कसरी विकास गर्ने ? समस्या छ । रोग, भोक, शिक्षा र स्वास्थ्यको समस्या भएको समयमा विद्यार्थीहरुको पडाइ समस्या भएको समयमा विद्यार्थीहरुको पढाई बिग्रनुको कारण कोरोना मात्र होइन, यसमा राजनीतिक सोच र समझदारीको कमजोरी जनप्रतिनिधिहरुमा छ । यसको असर स्कूले विद्यार्थीहरुमा परेकाले उनीहरु पीडाबोध गर्छन् ।
जबसम्म विद्यार्थीहरुको पीडालाई शान्त र सहनशीलता प्रदान गर्न सकिँदैन तबसम्म राष्ट्रले राष्ट्रियताको जनशक्ति पाउने छैन । यसतर्फ समयमा नै तीन तहका सरकारको ध्यान पुग्नु पर्छ । राष्ट्र निर्माणको मेरुदण्ड नै शिक्षा हो । पढ्ने विद्यार्थीहरु भोलिका राष्ट्र नायकहरु हुन् ।