मुलुकको संकटसँगै कांग्रेसको साढेसती

सुभाष न्यौपाने

मुलुक संकटमा पर्दा नेतृत्व लिन सक्नु भनेको उचित र चुनौतीपूर्ण कार्य पनि हो । त्यस्तै अहिलेको नेपाली राजनीतिमा सबै राजनीतिक दलहरु कांग्रेस आइदिए हुन्थ्यो, कांग्रेसले साथ दिए हुन्थ्यो भन्ने चाहना राखेका छन् । तर उनीहरुको चाहना कस्तो भने कांग्रेसले साथ मात्र होयन काँध पनि थाप्नुपर्ने तर जस पाउने कार्य भने कांग्रेसले गर्न नपाउने अर्थात् कांग्रेसलाई नेतृत्व दिन उनीहरु आजका दिनसम्म पनि अन्तरमनले तयार छैनन् ।

तर कांग्रेसले पछाडिबाट उनीहरुको बढता तागत लगाएर उनीहरुलाई अगाडि बढाइदिनुपर्ने । बीचमा कहीँ कतै केही कमीकमजोरी आयो भने उनीहरुले पनि कांग्रेसको कारणले हाम्रो सरकार यसो भयो र उसो भयो भनेर दोषारोपण गर्ने मात्र हुन् । सरासर अगाडि बढाउन सके भने हामीले आफ्नो बुँताले अगाडि बढाएको भनेर फुइँ लगाउने मनस्थितिमा छन् । चाहे केपी ओली होऊन् चाहे प्रचण्ड किन नहोऊन् । मुलुक अहिले राजनीतिक, शैक्षिक तथा स्वास्थ्य संक्रमणको चपेटामा परिरहेको छ । यतिबेला मुलुकका सबै प्रदेशको सरकार र संघीय सरकार सबै तह र निकायहरुको जग खल्बलिइरहेको छ ।

राजनीतिकै कारण मुलुकमा यस्तो नयाँ राजनीतिक भाइरस स.क्रमण बढिरहेको छ । यो अवस्था अहिले सजिलै नियन्त्रण हुने देखिँदैन । यस्तो बेलामा नेपाली कांग्रेस हरेक निकायमा सहभागी हुनुपर्ने देखिन्छ । तर ओली पक्ष होस् वा दाहाल पक्ष अर्थात् माओवादी केन्द्र होस् वा एमाले जोसँग मिलेर सरकार गठन या नेतृत्व गर्न जसजसले लविङ गरे पनि नेपाली कांग्रेसको इतिहासमा कायम भएको जनपक्षीय राजनीतिक अवस्थालाई अवसान गर्न उनीहरु दुवै पक्ष एक भएर जाँदैनन् भन्ने सोच लिएर कांग्रेसका नेताहरुले जसले जुन पक्षसँग लविङ गरिरहेका छन् त्यो सरासर गलत र नबुझ हो ।

आफ्नो पार्टीभित्र आफै गलत रोलमोडल गर्दा किमकर्तव्यविमुढ भइरहेका प्रकाधानमन्त्री केपी शर्मा ओलसँगको सहकार्य गरेर अगाडि बढ्नलाई संख्यात्मक रुपमा सहज देखिए पनि सहकार्यको सहयात्रा भने अलि बठिन छ । उनी कुमाई हुन् । उनीसग सड्यन्त्रमुलक दिमाग छ । उनले आफू नेतृत्वमा आउँदा ६ महिना पछाडि वा एक वर्षमा गर्ने षड्यन्त्रमुलक गतिविधिहरुको डाटा तयार गरेर सोही अनुसार पिठ्युँमा, ढाडमा धाप मार्दै गालामा चड्काउन तथा टाउको हिर्काउन आइपुग्छन् ।

त्यसैले आज उनले जति मीठा मुखले सहज सम्वाद गरे पनि उनीसँगको त्यो कुटिलता आपसे आप उपयुक्त समयमा आइपुग्छ । उनका साइवर स्याल तथा अरिंगालहरु जति नै कराएर कुर्लिए पनि आफ्नो बाबु जति नै बलियो भए पनि खुट्टा भाँचिएको के हुन्छ ? भन्ने हेक्का राख्न सकिरहेका छैनन् । तर ओलीजीलाई त्यो राम्रोसँग जानकारी छ, त्यसैले पनि ओलीजी आफ्ना सहकर्मीहरुलाई मीठा मुखले टोक्ने गर्दछन् ।

निर्वाचित सांसदमाथि समेत प्रधानमन्त्री ओलीले कारवाही गर्न खोजेकोले सोको रोकथाम गरिपाउँ भनी नेकपा एमालेको खनाल, नेपाल पक्षले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन् । यो पनि पार्टी राजनीतिमा आफ्ना समकक्षीहरुमाथि कारवाही गर्दै जाने नीति बनाएका छन् । यो दलीय राजनीतिमा कलंक पनि सावित हुनसक्छ । आफ्नो राजनीतिक दलका नेता तथा प्रधानमन्त्री विरुद्ध नै प्रतिशोधको आदेश गराइपाउँ भनी दिएको निवेदन लोकतन्त्रको लागि सुखद चाहिँ होइन । विपक्षी बनाएका अन्य निकायहरुमा देखाउने दाँत मात्र हुन् । त्यो निवेदन त प्रधानमन्त्री ओलीका विरुद्धकै निवेदन हो ।

उनीहरु पनि ओलीका विरुद्धको निवेदनको पक्षमा आदेश गराउन सफल भए भने प्रधानमन्त्री ओलीलाई अर्को झट्का लाग्ने छ । उनीहरु पनि फेरि अर्को फ्लोर क्रसको तयारी पनि हो । यसपछि नेपाल, खनाल समूहलाई एमालेकै नाममा ओली विरुद्धका अन्य राजनीतिक गतिविधि गर्न उनीहरुलाई सहज हुने छ । ओलीजीलाई भने ती गतिविधिहरु सहज हुने छैनन् । त्यसपछि नेकपा एमालेभित्र आउने नयाँ तरंगले पनि सरकार र राजनैतिक दलमा अर्को तरंग आउने छ । नेकपा एमाले विभाजन बिनै एकअर्काबीचको राजनीतिक असन्तुलन अगाडि बढ्ने छ । ०६ साल बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको दिनको अवसर पारेर फेरि पनि हामी एक छौँ भन्न पनि सक्छन् ।

तर यस्तो अवस्थामा कसैलाई कुनै लोभमा नपारेर कुनै गुटलाई काँध नहाल्दा हुन्छ । वर्तमानमा बनेको सदनको आकार र आकृति हेर्दा कुनै पनि हालतमा नेपाली कांग्रेसको पक्षमा जनमत छेन । यस्तो अवस्थामा नेपाली कांग्रेसले कुनै पनि समूहसँगको सहकार्यभन्दा मुलुकलाई संकटबाट जोगाउनको लागि सहकार्य आवश्यक हुँदाहुँदै पनि विश्वास गरिहाल्नुपर्ने अवस्था भने छैन । मधेशवादी दल जसपाको सन्दर्भमा भन्नुपर्दा महन्त ठाकुर र राजेन्द्र समूह अझै पनि ओलीलाई नै साथ दिएर मुनाफा आर्जन गर्दै अगाडि बढ्ने पक्षमा छन् । जसको कारण जसपासँग् आजसम्म जति पटक बैठक बसे पनि उनीहरुसँग देउवा, दाहालसँगभन्दा ओलीसँगै विशेष सम्वाद भएको बुझिएको छ ।

त्यसैले आफ्नो नेतृत्वको सरकार गठनको क्रममा अहिलेसम्म वहुमत जुट्न नसकेको अवस्थामा शेरबहादुर अगाडि बढ्नुको सट्टा पछाडि हट्नु नै वेश हो । शेरबहादुर देउवा र प्रचण्डबीच धेरै चरणमा धेरैखाले सम्वाद भएको, जसमा संसदमा ओली विरुद्धको सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव र एमसिसी पारित गर्ने भन्ने सरसल्लाह भएको थाहा पाउने बित्तिकै प्रधानमन्त्री ओलीले सदनको बैठक स्थगन गरेको कुरा पनि सार्वजनिक भइरहेको छ । त्यसैले कांग्रेस सभापति देउवा हुन् वा कांग्रेसका अन्य कुनै नेतालाई अघि सारोस् तर त्यो कच्चा तरिकाले अगाडि बढ्न खोज्यो भने कांग्रेसका नेताहरुको लाचारी प्रवृत्तिले गर्दा मुलुक अझै संकटमा परेका भन्ने खबर दुनियाभर नजाओस् भन्ने चाहना नेपाली जनताको छ ।

त्यसैले नेपाली कांग्रेस मनगढन्ते रुपमा पदको लोभी बन्दै वहुमत सदस्यसंख्याको एकीन नगरिकन आफ्नो नाममा प्रस्ताव गरेर ओली सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता नगर्दा राम्रो होला । सबै प्रदेशको सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने अवस्था आएपछि प्रधानमन्त्री ओली अब जसपालाई जे दिएर भए पनि आफ्नो भए पनि संघ र सबै प्रदेश सरकार यथावस्थामा राख्ने गतिविधि गरिरहेका छन् । यस्तो अवस्थामा प्रदेशदेखि संघीय सरकारसम्म जसपा नै सुविधायुक्त मानिन्छ । त्यसैले पनि प्रधानमन्त्री ओली जसपासँगै नजिकिन खोजेका हुन् ।

जसपालाई पनि ओलीसँगको गठबन्धन नै उपलब्धिमुलक देखिन्छ । त्यसरी दुवैलाई इच्छा अनुसारको सुविधा मिल्ने गठबन्धन नै उपयुक्त गठबन्धन हो । तर यो गठबन्धन मुलुकको लागि आवश्यक र उपयुक्त चाहिँ होइन । हरेक तहका सरकारको अबको पहिलो काम भनेको व्यापक रुपमा महामारी भई फैलिँदै गएको कोरोना नागरिकको लागि जुन महामारीयुक्त काल बन्दै गइरहेको छ । यसको रोकथामको लागि सरकारले आवश्यक कदम अगाडि बढाउनुपर्ने हुन्छ । यस्तो बेलामा सरकार कहीँ चुक्यो र सरकारले सबै नागरिकसँग समान व्यवहार गरेन भने त्यसको मूल्य राजनीतिक दलले जनताबाट कसरी प्राप्त गर्छन् भन्ने थाहा उनीहरुलाई हुँदैन ।

जनताले नबोलेर उनीहरुलाई जवाफ दिन्छन्, आफ्नो मतको माध्यमबाट । नेपाली कांग्रेसका नेताहरु रामचन्द्र, शेरबहादुर एकले अर्कालाई गिराउने गरी नभएर मुलुक र मुलुकवासीको हितमा काम गर्ने गरी अगाडि बढ्दा राम्रो हुन्छ । देश र जनतालाई शिरमा राखेर सेवकको रुपमा अगाडि बढ्न खोज्यो भने तिम्रो मान पनि बढ्ने छ । तिम्रो सान पनि बढ्ने छ । बूढानीलकण्ठको बंगलाले पुगने भनेर आलिसानको सान देखाउन खोज्यो भने मात्र तिमीहरुको मानसम्मान हुने छैन । होयन भने तिमीहरुलाई त देशबासीले मानेकै हुन् नि ।

राष्ट्रलाई दाउँमा राखेर गतिविधि गर्न खोज्यो भने तिम्रो नामोनिसान जनताले राख्ने छैनन् । होइन भने आफू राष्ट्रको सेवक बनेर काम गर्न खोज, तिमीलाई सधैँ जनताले सम्मान गर्ने छन् । त्यसैले राष्ट्र र राष्ट्रियतालाई शिरमा राखेर अघि बढ, साथ दिन जनता सधैँ तयार छन् । जनता बेचेर मुनाफाको राजनीति नगर्न पनि नेपाली जनताले आग्रह गरेका छन् । कमजोर अवस्थामा रहेको सदनमा मधेशवादी र कम्युनिष्टहरुको सरासरी विश्वास नगर्दा राम्रो हुन्छ । जनताको मन, जनताको ढुकूटी र ढुकूटीका मालिकलाई सदैव सम्मान गर्दै जान सेवक बन्न पनि जनताको चाहना छ ।

पछिल्लो समयको सबै दलको बीचमा भएको सम्वादको समीक्षा गर्ने हो भने यस्तो गणितीय संख्या रहेको सदनमा गणपुरक संख्या नपुगेको अवस्थामा सरकारको नतृत्व गर्न भन्दै पेश गर्ने अविश्वासको प्रस्ताव आफैमा कमजोर देखेर पनि पेश गरेर आफू हाँसोको पात्र नबनेको राम्रो, आफ्नो राजनीतिक इतिहास भएको राजनैतिक दल नेपाली कांगेसले बुझेर पनि नबुझेझै गनुभनेको आफैमा मूर्खता त हुँदै हो । त्यतिमात्र नभएर मुलुकको संकटसँगै नेपाली कांग्रेसको साडेसातको दशा पनि हो । अब साढेसात बढाउँदै जानेको मुुकको संकट टार्ने ? भन्ने विषयमा नेपाली कांग्रेस अगाडि बढ्ने कि लोकको र पदको राजनीति गरेर मुलुकलाई संकटमा हाल्ने ? पार्टीभित्र साडेसतीको दसामा ढाल्ने ?

यदि आजसम्मको सम्वादमा कुनै निक्र्योल र चिनोड ननिस्केपछि शेरबादुरजी लोभको राजनीति नगर्न सबैको आग्रह छ । यदि जनआग्रहलाई वास्ता नगरेर पार्टीले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने भन्ने पार्टीको कन्द्रीय कमिटीको निर्णयलाई मात्र अंगीकार गरेर अघि बढ्न खोज्यो भने पार्टी राजनीति अझै संकटमा पर्न सक्छ । तसर्थ राजनीति संस्कार र कांगे्रसको नाम र नेतृत्वलाई संकटमा नपर्ने गरी नयाँ सरकार गठन गर्ने कार्यमा सहभागी हुँदा राम्रो होला । तर यिनी कुराहरुलाई वास्ता नगरेर मनपरी मुनाफा र फाइदामा मात्र अगाडि बढ्न खोज्यो भने नेपाली कांग्रेसको लागि विडम्बना हुन सक्छ ।