दाङ,१० बैशाख । दाङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण अस्पतालमा उपचाररत देउखुरी गढवा गाउँपालिकाका एक जना र तुलसीपुर उपमहानगरपालिका निवासी एक जना गरी शुक्रवार दुई जनाको मृत्यु भएको हो ।
देउखुरीको गढवा गाउँपालिकाका–१५ वर्षीय बालकको मृत्यु भएको हो । बैशाख ८ गते भैरहवा मेडिकल कलेजमा पिसिआर चेक गर्दा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएका थियो । उनलाई अत्याधिक ज्वरो देखिएपछि उपचारका लागि भैरहवा लगिएको थियो । उपचारको क्रममा शmुत्रवार बिहान करिब ३ बजे निधन भएको हो ।
त्यसैगरी शुक्रवार तुलसीपुरका एक कोरोना संक्रमितको निधन भएको हो । तुलसीपुर उपमहानगरपालिका– ६ बस्ने ७९ बर्षिय जेष्ठ नागरिकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारकै क्रममा शुक्रवार निधन भएको हो । विहिवार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । तुलसीपुरको बेलझुण्डीमा वेड खाली नभएपछि उनलाई उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।