किर्ते हस्ताक्षर गरी वित्तिय सस्थाबाट दुई लाख रकम निकासा

  •   
  •  

शिवराज खनाल
लमही,३ बैशाख । देउखुरीको लमहीस्थित एक लघुबित्त बित्तिय सस्थाका कर्मचारीले किर्ते हस्ताक्षर गरि रकम निकासा गरेको रहस्य बाहिरिएको छ ।

आफ्नै सस्थामा आबद्द सदस्यको नाममा सम्बन्धित ब्यक्तिलाई थाहै नदिई किर्ते हस्ताक्षरसहितको फाईल बनाएर २ लाख रुपैया निकासा गरिएको हो ।

लमही नगरपालिका– ५ लमहीस्थित ग्रामीण विकास लघुबित्त बित्तिय सस्था लिमिटेडमा कार्यरत कुसुम थापा नाम गरेकी फिल्ड महिला कर्मचारीले रकम निकासा गरेको रहस्य बाहिर आएको हो ।

उक्त सस्थाको लमही ब्रान्चको कार्यक्षेत्र लमही नगरपालिका र राप्ती गाउपालिका पर्दछ । लमही नगरपालिका–७ कप्तानगञ्ज निबासी ईन्द्रकुमारी चौधरी सस्थाकी सदस्य हुन् । उनकै नाममा २ लाख रुपैया निकासा भएको उनलाई नै थाहा छैन । उक्त खबर पाउँदा आफू अचम्मित भएको उनले बताइन ।

पीडित महिलाका श्रीमान बैठक सकेपछि फलनाको नाममा यति ऋण छ भनेको सुनेर मात्र कृते हस्ताक्षर भएर रकम निकासी भएको थाहा भएको बताए ।
गत चैत २६ गते लमही शाखामा चोकराज ढकाल ब्रान्च म्यानेजर बनेर आएपछि ऋण कर्जाका फाईल हेर्दै जाँदा ईन्द्र कुमारीको नाममा ऋण देखियो । तत्काल उनले ईन्द्र कुमारीलाई फोन गरि तपाईको मासिक किस्ता किन आएको छैन भनेर बुझ्दा उनी आश्चर्यमा परिन । नखाएको ऋण बोक्नुपर्दा आश्चर्य र चिन्तित बन्नु स्वभाबिक हो ।

यो भन्दा अगाडि नै सस्थाभित्र कर्मचारीले गरेको बदमासीले हलचल मच्चाई सकेको थियो । वास्तविक के रहेछ भनेर सस्थाले चोकराज ढकालसहितको छानबिन समिति लमही झिकायो ।

ढकाल चैत २६ गते म्यानेजर भएर हाजिर भएपनि उनी पहिले नै आईसकेका थिए । छानबिन गर्दै जाँदा ईन्द्र कुमारीको नाममा किर्ते गरि ऋण निकासा गरेको प्रमाण फेला पर्यो । किर्ते हस्ताक्षर गरी रकम निकासी गर्ने कर्मचारी कुसुम थापालाई चैत १५ गते नै सस्थाले निलम्बन गरेको म्यानेजर ढकालले बताए ।

फाईल अनुसार प्रक्रिया पुगेर निकासा भएको देखिन्छ । तर, ईन्द्र कुमारीले यो कुराको सुईको समेत पाईनन् । ऋण निकासा हुने समयमा लमही ब्रान्चमा लक्ष्मण रेग्मी म्यानेजर थिए । उनी गत २५ गते सरुवा भएर सुर्खेत गई सकेका छन् । कतै ऋण निकासामा कर्मचारी कुसुम र म्यानेजर लक्ष्मणको मिलोमतो त निकासी हुन सक्ने आशंका रहेको समेत उनले बताएका छन ।

नेपाल राष्ट्र बैँकबाट (घ) बर्गको ईजाजत प्राप्त ग्रामिण बिकास लघुबित्त बित्तिय सँस्थाका कर्मचारीको बदमासीका कारण अहिले अन्य सँस्थाप्रतिको बिश्वास पनि खस्किदो छ । लमही नगर र राप्ती गाउँपालिकामा मात्र ग्रामीण सस्थाका११ सय ५४ सदस्य छन् ।

ईन्द्र कुमारी त एक उदाहरण मात्र हुन । उनिजस्ता धेरै महिलाको नाममा कुसुमले रकम निकासा गरेको रहस्य पनि बाहिर आएको छ । फरक यत्ति छ कि अन्यसँग सहमतीमा निकासा हुन्थ्यो भने ईन्द्र कुमारीसँग सहमति बेगर निकासा भएको थियो ।