दाङ, ३ बैशाख । दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले दाङ जिल्ला उद्योग बाणिज्य संघमा १ लाख ११ हजार १ सय ११ रुपैयाको व्यावसायिक अक्षय कोषको स्थापना गरेका छन ।
भुसालले स्वर्गीय आमा सुन्तलादेवी र बुवा लोकमणिको नाममा संघमा व्यावसायिक अक्षय कोषको स्थापना गरेका छन् । अक्षयकोषको रकम शुक्रवार एक कार्यक्रमको आयोजना गरि संघका अध्यक्ष तथा पदाधिकारीहरुलाई हस्तान्तरण गरेका हुन ।
उक्त अक्षय कोषबाट आउने ब्याजवाट व्यावसायीहरुलाई लेखा सम्वन्धी तालिम प्रदान गरिने संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिएका छन । अक्षयकोष दाता भुसाललाई संघको तर्फबाट धन्यवाद ज्ञापन गरेको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए ।