दाङ,३ बैशाख । नयाँ बर्षको अवसर पारेर हजुर आमाको सम्झनामा अष्टेलिया बस्ने बर्षा कँडेलले वृद्धाआश्रममा बस्ने ज्येष्ठ नागरिकहरुलाई हर्लिक्स र फलपूmल सहयोग गरेकी छिन् ।
तुलसीपुर उपमहानगरपालिका–५ घर भएकी कँडेलले स्वर्गीय हजुरआमा तिला कँडेलको सम्झनामा शुक्रवार घोराही उपमहानगरपालिका–१६ तेरौटे स्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित वृद्धाआश्रममा बस्ने १४ जना ज्येष्ठ नागरिकलाई हर्लिक्स र फलपूmल सहयोग गरेकी हुन । उक्त हर्लिक्स र फलपूmल बर्षाका बुबा हरि कँडेल र आमा कमला कँडेलले बृद्धाआश्रममा पुगेर वृद्धवृद्धाहरुलाई सहयोग गरेका थिए ।
साथै उक्त परिवारले तुलसीपुर–३ मा रहेका चन्द्रविर वलीको परिवारलाई खाद्यान्न सहयोग गर्ने भएको छ । दृष्टिविहिन उक्त परिवारलाई सहयोग गर्ने परिवारले जनाएको छ ।