प्रियास्मृती गजमेर
लमही,३ बैशाख । देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको समिति बिस्तार गरेका छन । इकाई सभापति सागर पोख्रेलको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका जिल्ला सदस्य कुमार घिमिरेको प्रमुख आतिथ्यतामा इकाइ समिति बिस्तार गरिएको हो ।
कार्यक्रममा कांग्रेसका जिल्ला सदस्य घिमिरेले बर्तमान परिवेशमा देशलाई सहि ट्र्याकमा ल्याउन विद्यार्थीहरुको अहम भुमिका हुने भएकोले देशको समसामयिक राजनीतिमा पनि चासो राख्न आग्रह गरे । विश्वका ठुला ठुला नेताहरु पनि विद्यार्थी राजनीति जीवनबाटै आएको बताउदै देशको नेतृत्व लिन सक्ने गरि आफ्नो क्षमता प्रदर्शन गर्न उनले विद्यार्थीलाई आग्रह गरेका थिए ।
त्यस्तै नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष पवन यादवले कम्युनिष्ट मुक्त नेपाल बनाउन समाजको नेतृत्व नेपाल विद्यार्थी संघमा आवद्ध भएका भाईबहिनीहरुको काँधमा आएको उल्लेख गरे। कम्युनिष्टहरु झुठ बोलेर देशमा शासन गरे पनि बाँदरको हातमा नरिवल भने जस्तै भएको र देश चलाउन नसकेको आरोप लगाए।
देउखुरी बहुमुखी क्याम्पस बिबिएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरु सम्मिलित ३५ सदस्यीय समिति गठन गरिएको छ। क्याम्पसका निवर्तमान सभापति सुमन कालाथोकीले बिद्यार्थीहरुलाई रानीतिक कुराको बारेमा ज्ञान हुनु पर्ने बताए ।
आइतबार बिस्तार गरेको कमिटीको पहिलो सेक्सनमा अध्यक्षमा बिजय पौडेल, उपाध्यक्षमा बबिता पाण्डे, सन्देश एमसी ,सचिवमा शिशिर बुढाथोकी, सहसचिवमा एन्जिला चौधरी, कोषाध्यक्षमा श्रीष्टी बस्नेत रहेका छन ।
बिबिएसको दोस्रो सेक्सनमा रिमा चौधरी अध्यक्ष, उपाध्यक्षमा जया पोख्रेल र बिजय प्रकाश कुमाल, सचिवमा पुष्पा पन्थी, सहसचिवमा अस्मिता शर्मा, कोषाध्यक्षमा तिर्सना अधिकारी चयन भएका छन । कार्यक्रमको संचालन क्याम्पसका निवर्तमान सभापति सुमन कालाथोकीले गरेका थिए।