पत्रकार महासंघ दाङ शाखामा २० पदका लागि ४२ को उम्मेदवारी

  •   
  •  

गोरक्ष समाचारदाता

दाङ, २३ चैत । यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा २१ पदका लागि ४२ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचनमा प्रेस युनियन र प्रेस संगठनसहित केही संगठनहरुको समीकरण बनेको छ भने प्रेस चौतारी केही संगठनहरुको तालमेलमा अर्को समीकरण बनेको हो । प्रेस युनियन र प्रेस संगठन समीकरण नेतृत्वको अध्यक्षमा लक्ष्मी आचार्य, उपाध्यक्षमा सन्तोष सुवेदी, महिला उपाध्यक्षमा बसुन्धरा गौतम, सचिवमा आरके शितल, सहसचिवमा दामोदर बस्नेत (राकेश) र समावेशी सहसचिवमा देवी भण्डारी, कोषाध्यक्षमा शरद रेग्मी रहेका छन् । त्यसैगरी सदस्यहरुमा उमा भण्डारी(महिला), गिरिराज नेपाली (दलित), अञ्जना चौधरी (जनजाति), दुःखहरण यादव (मधेशी), विवेक खड्का (अन्य समावेशी), खुल्ला सदस्यहरुमा उदय विसी, कुलदीप न्यौपाने, जीवन नेपाली, प्रेम तिवारी, यमकला भुसाल, सन्तोष केसी, सरिता चौधरी, दीपक बोहरा, शिवराज खनाल रहेका छन् ।

त्यस्तै प्रेस चौतारीका दुर्गालाल केसीको अध्यक्ष पदमा उम्मेदवारी परेको छ । केसी नेतृत्वको प्यानलको उपाध्यक्षमा ओपेन्द्र बस्नेत, महिला उपाध्यक्षमा रञ्जिता शर्मा अधिकारी, सचिवमा गोकर्ण पौडेल, सहसचिव (समावेशी)मा दीप्तिशिखा चौधरी, सहसचिवमा दशरथ घिमिरे, कोषाध्यक्षमा प्रेमबहादुर घर्ती, महिला सदस्यमा मिना विश्वकर्मा, दलित सदस्य लक्ष्मण विश्वकर्मा, आदिवासी जनजाति सदस्य नविनकुमार चौधरी, मधेसी सदस्यमा सन्तोषकुमार गुप्ता, अन्य समावेशी सदस्यमा शिव घर्ती रहेका छन् ।

त्यस्तै खुल्ला सदस्यहरुमा ऋषि यादव, एकराज भण्डारी, कमल ओली, विष्णु आर्ट, माधव कँडेल, दिलबहादुर घर्ती ‘दीपक जीएम’, लक्ष्मण बस्नेत, सुनिलकुमार पोख्रेल रहेका छन् । त्यसैगरी स्वतन्त्र खुल्ला सदस्यमा आभास बुढाथोकीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

राष्ट्रिय परिषद्मा १४ को उम्मेदवारी

त्यसैगरी राष्ट्रिय परिषद् सदस्यहरुमा नारायणी रजौरे, नरेन्द्र केसी, प्रकाश चौधरी, बसन्त विवश आचार्य, भूपेन्द्र वली, रोशनमान श्रेष्ठ, संगीत बस्याल, सुदर्शन रिजाल, सन्तोष दहित, सुरेश सुमन डाँगी, सुशीलकुमार बस्नेत, शरद अधिकारी, हेमराज शर्मा, हिरामणि दुःखीको उम्मेदवारी परेको छ ।

प्रदेश परिषद्मा ३४ को उम्मेदवारी

त्यसैगरी प्रदेश परिषद् सदस्यहरुमा अनन्त आरसी, ओमप्रकाश गुप्ता, उज्ज्वल आचार्य, कुलवीर चौधरी, गोविन्द खड्का, चेतन रेग्मी, छवि पुरी, टीकादत्त खनाल (सागर), देवबहादुर यादव, निमुसंगम घर्ती, नारायण विवश, प्रदीप पाण्डे, बालाराम खड्का, विकाश डाँगी, विमल गौतम, विमल योगी, वसन्त परियार, महेश रिजाल, मेनका घर्ती (विमला), रिता लामा, राधेश्याम गुप्ता, रमा पोख्रेल, लक्ष्मण बस्नेत, लक्ष्मीमान चौधरी, लोकराज साधक, लिलाधर वली, सर्मिला डिसी, कल्पना (सीताश्री विएम), सरिता सुवेदी, शालिकराम डाँगी, सुधासुमन ढकाल, शारदा शर्मा, शिवराज पन्थी, श्रीधर भावुक रहेका छन् । यी सबै पदमा जिल्लाभरका २ सय ७७ पत्रकारहरुले मतदान प्रक्रियामा सहभागी हुनेछन् ।

पत्रकार महासंघमा केन्द्रीय नेतृत्व चयन गर्न यसअघि जिल्लाबाट चुनिएका पार्षदहरुले मात्र मतदान गर्ने व्यवस्था थियो । यो बर्षदेखि भने केन्द्रीय अध्यक्षलगायत जिल्ला र प्रदेश पदाधिकारी तथा सदस्यहरुका लागि सबै साधारण सदस्यहरुले मतदान गर्ने व्यवस्था नयाँ संशोधित विधानले गरेको छ । जसको जहाँ सदस्यता छ, त्यही जिल्लाबाट मतदान गर्नुपर्ने छ । सबै जिल्लामा मतदान हुने र मतगणना पनि सोही जिल्लामा हुनेछ । सबै जिल्लाको मतगणनापछि केन्द्रीय नेतृत्व चयन हुनेछन् ।

केन्द्रीय अध्यक्षका लागि नेपाल प्रेस युनियन र प्रेस संगठनलगायत दर्जन जति अन्य संगठनको संयुक्त प्यानलको नेतृत्व विपुल पोख्रेलले गरेका छन् भने प्रेस चौतारीलगायत के िीसंगठनको नेतृत्व निर्मला शर्माले गरेकी छिन् ।