कटान भएर वनमै रोक्का काठ आगलागीको जोखिममा

भूपेन्द्र सुवेदी

आज समय सन्दर्भिक बाताबरण संरक्षण अभियानकर्ताहरुको बारम्बारको लेखाई र रटाईले समेत आज काम दिन सक्ने अबस्था रहेन । देशका भरीका मुख्य सहरहरु केही दिन देखि वायु प्रदूषणले आक्रान्त छन् । सर्वप्रथम श्रमिकहरुका दैनिकीदेखि विभिन्न यातायातसमेत यसबाट संकटमा परेका छन् बाताबरण संकट बायु प्रदूषणले मानब र पसुपंछीसमेतको स्वस्थ्य लगायत कृषि उत्पादनमा समेत नकारात्मक असर पारिरहेको छ ।

बायु मण्डलमा संकट आउँदा दिनमै अँध्यारो महसुस भएको अवस्था छ । नेपालको संघीय राजधानीमा सबैभन्दा धेरै बायु मण्डलको कारण संकट परेको अवस्था छ । यसको मुख्य कारण देशैभरीका राष्ट्रिय तथा सामुदायिक वनहरुमा लागेको डढेलोको कारण हो ।

यसको सर्वमान्य बिषय बसन्त ऋतुसँगै फागुन चैतदेखि वनहरुमा डढेलो लाग्ने र यसैको कारण निकै ठूलो धनजन र वन सम्पदाको नोक्सानी हुने क्रम निरन्तर चल्दै आएको अवस्थाले देशका धेरै जिल्लाहरुमा बिगत २०७६ साल जेष्ठदेखि वनमा कटान भएर उठाउन सरकारले रोक्का गरेको कारण आज उक्त कटान भएर वनमा रहेका काठ आगोको जोखिममा भएकोले अरबौंको राष्ट्रियसम्पदा नोक्सान हुँदैछ यो कारण सरकारकै अदूरदर्शिताको कारण हो ।

यसका साथै पृथ्वीमा उत्पत्ति भएको प्राणी जगत, वन्यजन्तु, जैबिक बिबिधता, जस्तो महत्वपूर्ण सम्पदामा समेत गम्भीर असर परेको छ ।सामुदायिक वनको एउटा महत्वपूर्ण उद्देश्य गरीबी न्यूनीकरण र भोकमरीको अन्त्य सहितको वनको दिगो विकासमा टेवा पुराउनु एउटा मुख्य उद्देश्य रहेको छ । यसैले दिगो विकासमा लक्ष्यहरु र सोको प्राप्तिप्रति सामुदायिक वन उपभोक्ता समूह र सामुदायिक वन महासंघ, नेपालको गहन सम्बन्ध चासो र सरोकार रहेको छ ।

सामुदायिक वन उपभोक्ता समूहले गर्दै आएका कार्यक्रम र अभियानहरुको समीक्षा गर्दै गर्दा दिगो विकासका अधिकांश परिणात्मक लक्ष्यहरु हासिल गर्नमा सामुदायिक वनको महत्वपूर्ण भूमिका र उच्च योगदान रहँदै आएको छ यसै कारण नेपाल सरकार र राष्ट्र तथा अन्तर्राष्ट्रिय तहका सरोकारवालाहरुले सामुदायिक वनलाई दिगो बिकास लक्ष्य प्राप्तिका लागि एउटा महत्वपूर्ण आधारस्तम्भको रुपमा गणना गरी मान्यता प्रदान गर्न न्यायोचित हुन्छ होला ।

नेपालको दिगो विकास र लक्ष्यहरुको प्राप्तिका लागि सामुदायिक वनको भूमिका र योगदानहरुको समीक्षा गर्दा बिद्यमान गुणात्मक जानकारीहरुलाई आधार मानिएको छ र भविष्यमा नयाँ तथ्यांकहरुमा आधारित रही दिगो विकासका लक्ष्य हासिल गर्नमा सामुदायिक वनले गरेको योगदानको समीक्षा गरिनु आवश्यक छ ।

भविष्यमा नयाँ तथ्यांकहरुमा आधारित रही दिगो विकासका लक्ष्य हासिल गर्नमा सामुदायिक वनले गरेको योगदानको समीक्षा सरकारले गर्नुपर्ने आवश्यक छ । यस्ता लक्ष्य हासिल गर्नका लागि सरकारी निकाय, स्थानीय समुदाय निजी क्षेत्र र सरोकारवाला नागरिक समाजहरुका बीच समन्वय । सहकार्य गर्ने वातावरणको सिर्जना गर्नमा मद्दत मिल्नेछ भन्ने अपेक्षा गरिँदै आएको छ ।

अब हामीले भन्नैपर्छ संयुक्त राष्ट्रसंघीय साधारणसभाबाट सन् २०१५ मा नै पारित दिगो बिकास लक्ष्यहरु वन तथा वातावरण र जलवायु परिवर्ननका सन्दर्भमा निकै महत्वपूर्ण रहेका छन् । वन क्षेत्र सेवा क्षेत्रका अतिरिक्त एउटा महत्वपूर्ण आर्थिक क्षेत्रको बलियो जगकको रुपमा मानिँदै आएको छ ।

त्यसैले दिगो विकासका लक्ष्य अन्तर्गतका अधिकांश परिणात्मक लक्ष्यहरु हासिल गर्नमा वन क्षेत्रको विशेष भूमिका र योगदान हुँदै आएको स्वयं राज्य आफैलाई थाहा भएकै हो । वनको माध्यमबाट हुने दिगो विकास लक्ष्यका विभिन्न आधारभूत स्तम्भमध्ये समृद्धि हासिल गर्नका लागि नेपालको वन नीतिमा समृद्धिका लागि वन भन्ने दूरदृष्टि अबलम्वन गर्न आवश्यक छ । नेपालको वन क्षेत्रको कार्यक्रमहरु दिगो विकासका लक्ष्यले तय गरेको समृद्धि सम्बन्धी परिणात्मक लक्ष्यप्राप्तिको लागि निरन्तरता रहनुपर्दछ ।

नेपालको वन क्षेत्रको लगभग एक तिहाईभन्दा बढी सामुदायिक वनको रुपमा ब्यबस्थापन हुँदै आएको छ । सामुदायिक वनको व्यवस्थापन गर्दै गरिबी न्यूनीकरण, वन उद्यमको बिकास र रोजगारी सिर्जना जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन र जैविक विविधता संरक्षणको माध्यमबाट सामुदायिक वनले दिगो विकासका लक्ष्य हासिल गर्नमा योगदान पुराउँदै आएको छ र वन प्राविधिक संघको भनाइ छ ।

सरकारले बैज्ञानिक वन ब्यबस्थापन पद्धति हचुवामा खारेज गरियो र अर्को विकल्प नभई नियम खारेज गर्न नहुनेजस्ता प्रश्न उठाएको अवस्था छ भने सामुदायिक वन उपभोक्ता समूहको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रदेखि प्रदेश र जिल्लाहरु समेतको चाहना सहज र सरल माध्यमबाटै काठको ब्यबस्थापन गर्ने रहेको उल्लेख गर्दै वनको ब्यबस्थापनमा जनसहभागिता हुनुपर्दछ साथै महासंघको धारणा दिगो वन ब्यबस्थापनमा योजना बनाएर उपभोक्ताहरुलाई सहजरुपमा काठ उपलब्ध गराउने अधिकारका लागि सामुदायिक वन उपभोक्ता महासंघको जिम्मेवार पक्षको धारणा रहँदै आएको छ ।

यसका धेरै बिज्ञहरुको भनाइ रहँदै आएको बिषय हो बैज्ञानिक वन ब्यबस्थापन जनतालाई भ्र्रममा पार्ने र झुठा आश्वासन बाँड्दै आफ्नो स्वार्थपूर्ति गर्ने माध्यम बनाएको समेत सार्बजनिक गर्दै आएका छन् । तर वनको दिगो ब्यबस्थापनका लागि सामुदायिक वन उपभोक्ता समूहहरुले निरन्तररुपमा बार्षिक कार्यक्रममै बृक्षारोपणको कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । तर वनको ब्यबस्थापनको बारेमा स्वयं सरकारको अदली–बदली र गैरजिम्मेवार तरिकाबाट आफ्नो अध्ययन नै नगरी पेसी भएका फाइलहरुमा जस्तो आयो उस्तै पारित गर्ने र अँध्यारो–उज्यालो छुट्याउनु पर्नेमा त्यसो गरिँदैन ।

यसैका कारण मत बिभाजन हुने गरेकोछ । तर यसका जानकारहरुलाई सरकारले वास्ता गर्दैन, यसको परिणाम गलत आएको हुन्छ । तर यो देशमा बिगतदेखि बर्तमानसम्म हुँदै आएका राज्यका बिभिन्न क्षेत्रमा हुने बिकासका कामहरुलाई महत्व दिँदै आइरहेको नेपालको विभिन्न मन्त्रालयहरुमा बिषयगत बिकासका कामहरु सञ्चालन हुँदै आएका छन् । तर आम नागरिकहरुलाई जिज्ञासाको रुपमा चासोको बिषय बनेको छ र नेपाल सरकारका बिभिन्न कार्यालय सञ्चालन हुने कार्यविधिको सही ब्यबस्थापन हुन नसकेको सबैलाई कौतुहलको बिषय बनेको छ ।

बास्तबमा नेपालको राज्य सञ्चालनमा भएका सबैभन्दा कमजोरी बिषय भनेकै बिषयवस्तु भनेकै नेपालको पहिलो कमजोरी ब्यूरोक्रेसीमा रहनुहुनेहरुले सरकारमा आएका सांसद मन्त्रीहरुलाई खुलेर आ–आफ्नो बिषय जानकारी गराउन नसक्नु हो जस्तो लाग्छ । किनभने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिँदा स्वस्थ्यसँग जानकार सो बिषयमा सकभर बिज्ञता प्राप्त नै होस्, यदि छैन भने स्वास्थ्य बिषय लिएर शिक्षामा प्राप्त गरेको हुनुपर्नेमा जवर्जस्ती बिषयको ज्ञानै नभएको ब्यक्तिको जिम्मा दिनुको परिणाम हामी भोगिरहेका छौ ।

रक्षा मन्त्रालय, गृह प्रशासन, स्वस्थ्य, कृषि, भूमिसम्बन्धी र अन्य बिषयगत मन्त्रालय, वन तथा वातावरण मन्त्रालयजस्तो गहन बिषयलाई हचुवाको भरमा आफ्नो अध्ययन नै नभएको बिषयको जिम्मेवारी दिँदा कुनै बिषयबस्तुको जनकार नै छैन । उसलाई एक्कासी जिम्मेवारी सुम्पिँदा जुन हामीमा अध्ययन नै छैन हामीले खाली त्यस मन्त्रालयका कर्मचारीको भरमा आफ्नोे स्वविवेक प्रयोग गर्न नसक्नु र अर्काको भरमा काम गर्नुपर्ने कारणले मन्त्रालय समालेको एकै महिनामा विवादमा पर्नुको कारण यस्तै हुनसक्छ । अन्यथा नलागोस् आफनो बिषय नै नपरेको बिषयको प्रश्न पेपर आउँदा हामीले के उत्तर लेख्छौ परीक्षामा हामी आफै बुझौँ ।

हाम्रो देशका नेताहरुले नेता बन्न योग्यता चाहिन्छभन्दा उहाँहरुको कन्चेट तातेको हुन्छ हाम्रो योग्यता भनेकै जनताको भोट हो । तर त्यो मतपत्रमा यस्ता प्रश्नका उत्तर कहाँ छन् र तर पनि त्यसको ख्यालै गरिएको हुँदैन । त्यसैले मैले भन्न खोजेको बिषय हो वन मन्त्रीले गरेको अभिब्यक्ति हामीले वनको रुखबाट प्राप्त अक्सिजन लिन्छौ र हामी स्वस्थ रहेका छौ भन्नुपर्नेमा हामीले रुखलाई अक्सिजन पनि दिन सक्छौ जस्तो अध्ययनै विना अन्धाधुन्द पारामा वनमा आफूखुसी नियम लागू गर्न खोज्दा र कानुन एकातर्फ छ भने आदेश–निर्देसन अर्कोतर्फ लागू गर्न खोजिन्छ यसैको कारण आज आएको वन सम्पदामा कन मन्त्रालयको ब्यबस्थापनको कमजोरीकै कारण हुन् ।

हामीले उठाउँदै आएका केही विषयहरुको सम्बन्धमा हामीले वनमा रहेका सुकेका काठ र बसन्त ऋतुपश्चात वनमा खसेका पत्झर र वनमा भएका खर बाबिओजस्ता ज्वलनशील बस्तु संकलन गर्दा वनमा आगो नियन्त्रण पनि हुनसक्ने र पत्झर बाट मलको कामसमेत हुने र खर बाबिओको उपयोगबाट कुनै स्थानमा कागज उद्योग स्थापनाको माध्यमबाट राष्ट्रलाई र जनतालाई लाभ हुने बिषयहरुमा सरकारको ध्यान पुगेको छैन्, ध्यान पुगोस् ।