कुमारी बैंकद्वारा मन्दिरलाई सरसफाई सामग्री

सपना पौडेल

गढवा,२१ चैत्र । कुमारी बैंक लिमिटेड गढवा शाखाले बैंकको २०औं बार्सिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गढवा गाउपालिका वडा नं ६ स्थित कोटही मन्दिर परिसर सरसफाइ गर्दै फोहोर ब्यब्स्थापन सामाग्री हस्तान्तरण गरेको छ ।

बैंकको गढवा शाखाले शनिबार बिहान एक कार्यक्रमका बिच कोटही मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष प्रमोद सिंहलाई गढवा गाउँपालिका वडा नं ६ का अध्यक्ष बालचन्द्र हमालको रोहबरमा ४ र ४ थान डस्टबिन ,सिटाको कुचो हस्तान्तरण गरेको हो ।

बैंकले गढवा पेट्रोलपम्प स्थित शिव मन्दिरको लागि २र२ थान डस्टबिन र सिटाको कुचो सहयोग गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कुमारी बैंक गढवा शाखाका प्रमुख मदन केसीले बैंकले आफ्नो २०औं बार्सिकोत्सवको अवसरमा समाजप्रतिको उत्तरदायित्व बहन गर्दै यो कार्यक्रम गरेको बताए ।

गढवा गाउपालिका बजार क्षेत्रभित्रको मन्दिरमा सरसफाइ गरि मन्दिर परिसरको बाताबरण स्वच्छ सफा बनाउनको लागि र कुमारी बैंक तथा समुदाय बिचको अन्तर सम्बन्ध कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

त्यसै गरि कार्यक्रमका प्रमुख अथिति गढवा गाउपालिका वडा नं ६ का वडाध्यक्ष बालचन्द्र ठकुरीले कुमरी बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै गरेको सरसफाइ कार्यले समाजमा स्वच्छता कायम गर्न सहयोग पुग्ने बताएका थिए ।

सरसफाइ कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका खिमबुढा मगर, नेपाल दलित संघ क्षेत्र नं १ का दाङका सभापती प्रबल रसाईली, गढवा होटल ब्यबसयी संघका बरिष्ठ उपाध्यक्ष गोपाल पाण्डे, गुमानसिंह ,रोशन धिताल ,स्थानीय ब्यबसायी शरण कौशल, राजेश कौशल, हुर्मत यादव, धिरज शर्मा,मोहन बुढा,भिम चौधरी बैंकका कर्मचारी कोशल यादव, मनोज चौधरी, प्रतीक्षा अधिकारीलगायतको सहभागिता रहेको थियो ।