दाङ,२१ चैत । दाङ महिला जेसीजले घोराहीमा शनिवार पूर्व परिचय तालिम सम्पन्न गरेको छ । दाङ महिला जेसीजको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको तालिमको प्रशिक्षकमा बिना विसी, निरजा पोख्रेल, बिन्दु गिरी र संगीता गिरी रहेका थिए ।
दाङ महिला जेसीजकी अध्यक्ष ममता विष्टको अध्यक्षता तथा दाङ महिजा जेसीजकी पूर्व अध्यक्ष बिना बिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा त्रिभुवन नगर जेसीजका अध्यक्ष मुकेश्वर शर्मा,सहभागीको तर्फबाट कलकुमारी चमारालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महिला महिला जेसीजकी उपाध्यक्ष दिलु मल्लले आस्थापाठ गराएको कार्यक्रममा तालिम संयोजक सिुन्धु मल्लले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन । कार्यक्रमको सहजीकरण महासचिव सुनिता थापाले गरेकी थिइन । तालिममा १५ जनाको सहभागिता रहेको थियो ।