नारायणपुर उद्योग वाणिज्य संघमा पद हस्तान्तरण

दाङ,२१ चैत । नारायणपुर उद्योग वाणिज्य संघको आठौँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र दहालको अध्यक्षता तथा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेकपा केन्द्रका जिल्ला सदस्य माधव पाण्डे, दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुषाल, नारायणपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दानबहादुर बुढाथोकी, नेपाल महिला संघ क्षेत्र नं.२ का अध्यक्ष जानुका केसी, श्री सिद्ध रत्ननाथ मावि नारायणपुरका व्यवस्थापन समितिका अध्यक्ष दिपक पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आठौँ अधिवेशनबाट अध्यक्षमा अभियान बस्नेत, उद्योग उपाध्यक्षमा डिल्लीबहादुर वली, वाणिज्य उपाध्यक्षमा तिलक महरा, महासचिवमा बसन्त न्यौपाने, सचिवमा निमलाल खनाल, कोषाध्यक्षमा रेखा के।सी निर्वाचित भएका हुन् ।

त्यसैगरी सदस्यमा भोला बुढाथोकी , जागेश्वर डाँगी, लिलाधर शर्मा, शरद बुढाथोकी, केशरी बिष्ट र नारायण भट्टराई निर्वाचित भएका हुन् ।
दुई सदस्य कार्यसमितिले मनोनित गर्ने छ । कार्यक्रमको सहजीकरण महासचिव दिपक सुुुुवेदीले गरेका थिए ।