दाङ,२० चैत । घोराही–लमही सडक खण्डको मसोट पुल नजिकै यात्रु बहाक बस दुर्घटनामा परेको छ ।
घोराहीबाट लमहीतिर जादै गरेको लु १ ख ९८६३ नम्वरको यात्रु बस साँझ साढे ५ बजेतिर घोराही–लमही सडक खण्डको मसोट पुल नजिकै दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा दर्जन बढी यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ । अहिले घट्नास्थल प्रहरी पुगेर घाइतेहरुलाई उद्धार गर्ने कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ । फाइल फोटो