कपिलवस्तु, २० चैत्र । नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर बसोबास गर्दै आएका छन् । तर मुस्लिम समुदाय एक यस्तो समुदाय हो जो अहिले एकाईसौं शताब्दीमा आएर पनि विकासको मूलधारमा आउन सकेको छैन ।
मुस्लिम लगायतका अन्य पछाडि परेका वा पारिएका समुदायलाई विकासको मूलधारमा ल्याउन सक्ने दुई पाटाहरु छन् । यदि यी दुई एक त शिक्षा र अर्को रोजगार पाटालाई आधार बनाइयो भने मुस्लिम समुदाय पनि अरु समुदाय सरह राज्यको मूलधारमा आउन सक्नेछ ।
मुस्लिम समुदाय हरेक क्षेत्रमा पछाडि पर्नुको मुख्य कारण उच्च शिक्षा नहुनु हो जसमा जति कमजोरी समुदायको छ । त्यति नै राज्य पनि जिम्मेवार छ किनभने राज्यले मुस्लिम मदरसा शिक्षालाई बढोत्तरीका लागि कुनै विशेष योजना लागु गरेको छैन । तर मुस्लिम समाजलाई शिक्षा तथा रोजगारीसँग जोड़ि अगाडि बढाउनको लागि लुम्बिनी प्रदेश सरकारले मदरसा बोर्ड गठन गरी मदरसा शिक्षामा आफ्नो लगानी समेत शुरु गरिसकेको छ।
यसै क्रममा विहिवार लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी (नमूना ) ले लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डॉ अब्दुल गनी अलकुफी, सदस्य अनवार अहमद, प्रेस सल्लाहकार शहबाज खानलगायतसँग भैरहवामा भेटघाट र बार्ता गरी बाके जिल्लाभित्र रहेका मदरसा र विशेषतः नरैनापुर गाउंँ पालिकामा रहेका मदरसा तथा प्रदेश भरीका मदरसाहरुलाई छलफल भएको थियो ।