दाङका बस्नेत जाजरकोटमा सम्मानित

गोरक्ष समाचारदाता

दाङ, १९ चैत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (तत्कालीत नेपाल खाद्य संस्थान) जाजरकोटका कार्यालय प्रमुख धर्मबहादुर बस्नेत सम्मानित भएका छन् । जिल्लामा रहेका खाद्य डिपोमा नियमित खाद्यान्न पु¥याएको भन्दै नलगाड नगरपालिका, जुनीचाँदे गाउँपालिका र भेरी नगरपालिका वडा नं १ ले बस्नेतलाई सम्मान गरेका हो ।

भौगोलिक विकटता र दुर्गम मानिएको कर्णाली प्रदेशको जाजरकोटमा खाद्यान्नको सधै अभाव हुने गरेको छ । कार्यालयमा बस्नेतको आगमन भएसंगै गाउँगाउँका खाद्य डिपोमा चामल पु¥याइ जनताको गासलाई सुरक्षित राखेको भन्दै सम्मान गरिएको जुनीचाँदे गाउँपालिका कार्यवाहक अध्यक्ष शिवा आर्चायले जानकारी दिईन् ।

उनले भनिन्, ‘पश्चिमी जाजरकोटमा सधैँ खाद्यान्न अभाव हुने गरेको थियो, ‘यहाँका डिपोहरु सधै रित्तै हुन्थे तर बस्नेत सर आएपछि यहाँका जनतालाई खाद्यान्नमा निकै सजिलो रहेको छ ।’ पहाडी दुर्गम तथा पिछडीएको जिल्लामा राम्रो समन्वयात्मक भुमिका निर्वाह गरी गाउँगाउँमा खाद्यान्नको समस्या हुन नदिई एक राष्ट्र सेवक कर्मचारीले गर्नु पर्ने अतुलनीय काम गरेको भन्दै नगरपालिकाले सम्मान गरेको नलगाड नगरपालिकाका मेयर टेकबहादुर रावलले बताए ।

नयाँ खाद्यान्न डिपो थप्नुका साथै चामल आम नागरिकले उपभोग गर्न पाएका छन् । बारेकोटको घाट, चौखा घोगी, दशेरा, काउली बारेकोट, टापुचौर, विक्री केन्द्र घङ्गा, ताँगा,रजुतरा, दल्ली डिपोमा समयमा खाद्यान्न पु¥याउने उनी जाजरकोटमा कार्यरत एक मात्र प्रमुख हुन ।

पहिले जनताले खाद्यान्नको चामल उपभोग गर्न पाएका छैनन् भन्ने गरिन्थ्यो भने अहिले जनताले घर दैलोमा खाद्यान्न पाएको खुशी व्यक्त गरेका छन् । उनी जस्तै अन्य कर्मचारीले यस्तै काम गरे देश समृद्धी तिर जान समय लाग्ने छैन् । बस्नेत तुलसीपुर उप महानगरपालिका वडा नं १९ सक्राम निबासी हुन । उनी जाजरकोटामा विगत ५ वर्ष देखि कार्यालय प्रमुखको रुपमा कार्यरत रहेका छन् ।