दाङ,१८ चैत । युवा संघ नेपाल दाङले नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई गरिएको कारवार्ही आपत्ति जनक भएको भन्दै यो घट्नाले संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
युवा संघ नेपाल दाङका अध्यक्ष प्रेम बुढाले एक बिज्ञप्ति जारी गर्दै कम्युनिष्ट पार्टीलाई भाँड्ने र विघटनसम्म लैजाने उद्देश्यले नेकपा एमालेको नवौं महाधिवेशन निर्वाचित बरिष्ठ नेता र र उपाध्यक्षलाई निलम्वन गरेको घट्नाप्रति आपत्ति जनाएका हुन । उनले राष्ट्र, राष्ट्रियता,जनजीविका र लोककल्याणको कार्यमा खरो रुपमा उत्रने नेकपा एमालेका शिर्ष नेताद्धयप्रतिको कारवाही देशभक्त, न्यायप्रेमी, प्रगतिशिल युवाहरुलाई कदापी स्वीकार्य नभएको समेत जनाएका छन् ।
‘शिर्ष नेतृत्वमाथिको कारवाहीले आधारभुत तहसम्म क्रियाशिल सच्चा कम्युनिष्ट क्रान्तिकारी इमान्दार कार्यकर्ताहरुलाई तर्साउने काम भएको छ’–विज्ञप्तिमा भनिभएको छ । उनले पार्टी नेतृत्वको यो कदमले कम्युनिष्ट पाटीको योगदानमा कुनै पनि गतिविधि नपु¥याएका व्यक्तिहरुलाई फाइदा पुग्ने काम भएको समेत बताएका छन् । साथै विज्ञप्तिमा यस प्रकारको अराजनितिक प्रहारबाट कत्ति पनि विचलित नभई कम्युनिष्ट आर्दश,विचार र समाजवाद निर्माणको ध्येयप्रति अविचिलित रहि नेतृत्वको रक्षाको लागि उभिन देशभरका युवाहरुलाई आग्रह गरेका छन् ।