गोरक्ष समाचारदाता
दाङ, १५ चैत । नेपाल अपांग संघ, खगेन्द्र नवजिवन केन्द्र स्वर्गद्धारी आश्रम झिंगौरामा शनीवार आयोजना भएको निशुल्क हाडजोर्नी तथा नशारोग उपचार शिविरमा कम्तिमा एक सय जना बढिको उपचार गरीएको छ ।
खगेन्द्र नवजिवन केन्द्र अर्थोपेडिक अस्पताल जोरपाटि काठमाण्डौको आयोजनामा संपन्न शिविरमा अधिकांश हाडजोर्निका दिर्घरोगीहरुको सहभागिता रहेको थियो ।
महिलाहरुको संख्या बढिरहेको सो केन्द्रका सभापति शरद अधिकारीले जनाएका छन् ।
शिविरमा निशुल्क चेकजांचसंगै औषधि समेत निशुल्क रुपमा वितरण गरिएको आयोजकले जनाएको छ । शिविर शनीवार र आइतवार पनि चल्ने भनिएपनि विभिन्न प्राविधिक कारण शनीवारनै सम्पन्न भएको आयोजकले जनाएको छ ।
शिविरमा खगेन्द्र नवजिवन केन्द्र, अर्थोपेडिक अस्पताल जोरपाटिका प्रवन्ध निर्देशक तथा वरीष्ठ कन्सल्टेन्ट सर्जन डा युवराज खरेल, सोहि अस्पतालका अर्थो सर्जनहरु डा अनिश ज्ञवाली र डा रामा शंकर गुप्ताले स्वास्थ्य उपचारसेवा प्रदान गरेका थिए । फार्मेशीमा अनिल श्रेष्ठ तथा सहयोगीका रुपमा बद्रि खड्काले सहयोग गरेको अपांग संघ खगेन्द्र नवजिवन केन्द्र झिंगौराले जनाएको छ ।