सद्भावना र ज्ञानको रङमा रंगीने पर्व होली

माधव तिमिल्सेना

नेपाली संस्कृती र परम्परामा चाडपर्वको अत्यन्त महत्व रहेको छ । हरेक पर्वहरुले कुनै न कुनै रहस्य बोकेका हुन्छन् जसले मनुस्यलाई आद्यात्मिक शक्ति र उर्जा भर्ने काम गरेको हुन्छ । बदलिंदो समयचक्रमा भौतिक दृष्टिकोणले मात्र सोच्नुको कारण आजकल पर्वहरु केवल देखावटी, लौकिक वा भौतिक र देहअभिमानको वशिभूत भएर मनाउनुले केवल प्रथामा मात्र सिमित रहदै गएको पाइन्छ ।

वास्तवमा हरेक पर्वका पछाडि आध्यात्मिक रहस्य अवश्य नै लुकेको छ । होलीका लागि भनिन्छ— एक हिरण्य कश्यप दैत्य राजा थिए, जो स्वयंलाई नै भगवान् सम्झिन्थे । तपस्याको बलले उनलाई कसैले मार्न नसक्ने वरदान पाएका थिए रे । उनको छोराको नाम प्रह्लाद थियो । प्रह्लाद ईश्वरप्रेमी थिए त्यसैले आफ्नो पितालाई भगवानको रूपमा मान्न अस्वीकार गर्दथे । यसैले हिरण्य कश्यपले उनलाई धेरै कष्ट दिने, कहिले सर्पको कोठामा थुन्ने त कहिले पहाडबाट खसाली दिने आदी आदी ।

ईश्वरप्रतिको अनुपम प्रेम र विश्वासका कारण बालक प्रह्लाद हरेक परिस्थितिलाई सहजै पार गर्न सक्थे । एक दिन होलीका नामकी उनकी फुपू जसलाई आगोमा पनि नजल्ने वरदान प्राप्त थियो, उनले प्रल्हादलाई काखमा लिएर आगोले डढाउन बसीन् तर विडम्वना १ त्यसदिन होलीका आगोमा जलेर आफै भस्म भइन । प्रह्लादलाई केही पनि भएन । त्यसैको यादगारको रूपमा होलीको पर्व मनाइने गरेको पौराणिक कथामा उल्लेख भएको पाइन्छ ।

यो त केवल कहानी मात्र हो । वास्तविकता भने यस्तो छ ः— जब सृष्टिमा अति ग्लानि हुन्छ त्यतिखेर मनुष्य स्वयंलाई नै सबै कुरा मान्न पुग्दछ । परमात्मालाई गाली दिन्छन, कलड्ढ लगाउँछन । भक्तहरूमा पनि अत्याचार हुन्छ । धर्मको मार्गमा चल्नको लागि पनि सहयोग दिइँदैन । यस्तो समयमा निराकार परमपिता परमात्मा यस पतित सृष्टिमा एउटा मनुष्य तनमा अवतरित हुनुहुन्छ । कलियुगको अन्तिम समय सत्ययुगको प्रारम्भिक समय जो वर्तमानमा चलिरहेको छ यसलाई नै सङगमयुग भनिन्छ ।

यसै समयमा परमात्मा शिव पिताले आफ्ना भक्तहरूलाई अर्थात् उहाँलाई चिन्ने बच्चाहरूलाई विकारको अग्निबाट बचाउनका लागि ईश्वरीय याद अर्थात् श्रेष्ठ स्मृतिरूपी कवच दिनुहुन्छ । यसैबाट सृष्टिमा लागेको विकारको आगोबाट मानव आत्माहरु सुरक्षित रहन्छन् । किनकि यो विकारको अग्नि अर्थात् माया धेरै नै प्रबल छ । त्यसैले वास्तवमा यही हो होलीका दहन । अन्तिम समयमा परमात्माको यादको शक्तिबाट सुखको दुनिया स्थापना हुनेछ तथा यो विकारी दुनिया भस्म हुनेछ अर्थात् होलीका जल्नेछ ।

होलीका दिन गोबरका डल्ला बनाएर होली जलाउँछन् । यसको रहस्य यसरी सम्झन्छन्— यसबाट दुःख दरिद्रता र अपवित्रता दूर हुन्छ । गोबरको डल्ला जलाएरमात्र हुँदैन बरु हामीले मनका दूषित वृत्तिहरू,कपट भाव वा दुर्भावानाहरू आदिलाई ज्ञान र योग अग्निले भस्म गर्नुछ । तबमात्रै जीवन आनन्दमय, पवित्र र सुखमय बन्नेछ । होलीलाई राक्षस विनाश पर्व पनि भनिन्छ किनकि हामीभित्र जुन अवगुण, ५ विकार छन् ती परमात्माले दिएको ज्ञानद्वारा विनाश अर्थात् खत्तम भएर नयाँ दुनियामा हामी नयाँ संस्कार धारणा गर्नेछौं । होलीको दिनमा एक अर्कालाई रङ लगाउँछन् ।

वास्तवमा यो हामी सबै आत्माहरूलाई स्वयं परमात्माले ज्ञानको रङ लगाउनुहुन्छ, त्यसको प्रतीक हो । रङका साथै भुटेका चना, गहूँ, जौँ आदि एक आपसमा दलेर मङगल मिलन मनाउँछन् । वास्तवमा मङगल मिलन त्यसलाई भनिन्छ जब ह्ृदय शुद्ध हुन्छ, एक अर्काप्रति प्रेमभाव हुन्छ । यो तब सम्भव छ जब परमात्मा ज्ञानको रङ लगाइन्छ । मनुष्य त प्रेमभाव वा रङको होलीको साटो आपसमा रगतको होली खेल्न थालिसकेका छन् ।

आज विभिन्न देव देवीहरुका झाँकीहरु सजाइन्छ तर आफूभित्रको कमीकमजोरीलाई झांकेर हेरेको हुँदैनौ, आत्म अनुशासन आत्म विश्लेषण एवं स्वचिन्तन गरिदैन भने हाम्रो जीवनमा खुसी आनन्द कसरी आउन सक्छ त रु यस प्रकार होलीको यथार्थ रहस्यलाई जानेर होली मनाउनु छ । जसद्वारा मनका दूषित वृत्तिहरू समाप्त होऊन् । आत्मालाई परमात्माद्वारा दिइएको ज्ञान रङले रङ्याएर त्यही ज्ञान–रङ सत्य सङतको रङ अरूलाई पनि लगाउनु छ ।

यो नै सच्चा होली हो । होली भनेको नै पवित्र, होली भनेको नै परमात्माको बन्नु हो । जसरी होली शिशिर ऋतुको अन्त्यपछि वसन्त ऋतुमा पर्दछ, सबै चीज उजाड भएर नयाँ पालुवा पलाउन थालेको हुन्छ त्यसरी नै सत्ययुग आउनुभन्दा पहिला नै यो पुरानो दुनिया विनाश भएर सत्ययुगी सुखदायी दुनिया ल्याउनु छ । जसरी होलीको दिनमा अनेक चीजहरू आगोमा जलाउँछन् त्यसरी नै विनाशी शरीर समाप्तिपछि अविनाशी अजर अमर आत्मामात्र रहन्छ ।

त्यसैले आउनुहोस्, स्वयं परमपिता परमात्मा नित्य ज्ञानको रङ हामी सबै आत्माहरूलाई लगाइरहनुभएको छ, यस रङमा स्वयम्लाई यसरी पक्कागरी रङ्याउनु छ ताकि शरीररुपी चोला नै छुटे पनि रङ नछुटोस् । तबमात्रै भन्न सकिन्छ—हामीले सच्चा– सच्चा होली मनायौं । शिवरात्री पश्चात फागुन पूर्णिमाको दिन होली मनाइन्छ । पहिलो दिन होलिका दहन,अर्को दिन रंग खेल्नु र अन्तमा मंगल मिलन गर्नु । होलीका दहन गर्नु अर्थात विगत वर्षहरुमा भएका कटूता ृविकृत स्मृतीहरु जलाउनु आफ्ना दुःखहरु भूलाउनु र हांस्दै खेल्दै नयां वर्षको आव्हान गर्नु हो ।

दाउरा गोवरका गुंइठा मात्र जलाएर दुःख दरिद्रता तथा अपवित्रता नष्ट नभै झन वृद्धि हँुदै गइरहेको हामीले प्रत्यक्ष देखेका छौ, भोगेका छौ । तसर्थ होली अर्थात जो वित्यो सो वित्यो त्यसको चिन्ता लिनु छैन, बरु अगाडीका लागी श्रेष्ठ कर्म, ज्ञानयुक्त भएर गरौ । होली अर्थात हो–लि जे कार्य गर्नुछ त्यो परमात्मा आदेश वा श्रमित अनुसार गर्नुछ । जे पनि गर्नुछ कुनैपनि मनोविकारको वशिभूत नभएर शुद्ध रुपमा होस् ।

आत्माको चोली ज्ञानमा रंगीएर परमात्मासंग बास्तविक मंगल मिलन मनाउनु हो सच्चा होली । होलीको उत्सवले व्यर्थ र नकारात्मक सोचलाई समर्थ र उच्चतामा बदल्ने सन्देश दिन्छ । विगतलाई भुल्नुमा नै कल्याण समाएको छ । एबकत ष्क एबकत। क्ष्त ष्क बक अबलअििभभम अजभत्रगभ। विध्न बाधाहरुको वीचमा अचल रहेर ईश्वरीय शक्तिमा गहिरो आस्था राख्न सिकाउँछन् पर्वहरुले । प्राप्त ईश्वरीय ज्ञान शक्तिलाई विश्व कल्याणको कार्यमा सदुपयोग गर्ने प्ररेणा दिन्छ यस उत्सवले । परमात्माको यादले राजयोग अद्यात्म दर्पणमा स्वयलाई देख्न र आत्मा अवलोकन गर्ने प्रेरणा दिन्छ । आजभोली स्थूल रंगको साथसाथै शरीरलाई असर गर्ने मोविल,तेजाव हिलो आदीको प्रयोग हुनु विडम्बना हो ।

सद्भाव,उमंगको पर्व आजभोली विकृत जुवा जांडरक्सि र मांशाहार,सामाजिक अराजकता मात्र नभै हिंसात्मक बन्दै गएको आभास हुन्छ । आध्यात्मिकतालाई तिलान्जली दिइ भौतिक रंगले करोडौ रुपैयाको र कपडाको बर्वादी बाहेक केही होइन । आजभोली त प्रतिसोधको भावना र रिसइवी सांध्ने मौकाको रुपमा यस्ता उत्सवहरुलाई लिएको पाइन्छ । हुनपर्ने त आफूभित्रका कुदृष्टि, इष्र्या द्वेष अहंकार, घृणा, वासना तथा आसुरी वृत्तिहरुलाई स्वाहा पार्नु पर्ने आध्यात्मिक रहस्य ओझेल परेको देखिन्छ ।

आजकल त्यसबाट आध्यात्मिकता रित्तिएको हुनाले यो पूर्वजहरूको रीति रिवाजसम्म मात्र रहन पुगेको छ जहाँ प्रेम, खुसी तथा प्राप्ति छैन । जसरी आत्मा विनाको शरीर वेकम्पा हुन्छ र त्यसलाई मूर्दा संझेर जलाइन्छ त्यसरी नै आध्यात्म विनाको पर्व मनाउनु पनि बेकार छ । अद्यात्म जगतको एक महत्वपूर्ण र तथ्यात्मक कुरा यो छ कि आत्मा निरन्तर आफ्नो अतितको आदी स्वरुपका आत्मिक गुण र अनुभवतिर फर्किन चाहान्छ । आत्मा आफ्नो पूर्णताको अनुभव गर्न सतत् प्रयास हुन्छ । उत्थान र पतन, जन्म पुनर्जन्मको एक चक्रिय क्रम छ ।

चैतन्य शक्ति आत्माभित्र जीवन यात्राको आदी कालमा गरेका निज गुण अनुभव र अलौककतामा समाहित हुन्छन् । यो संसारमा दुई विपरित शक्तिहरु हुनु सृष्टि निर्माणका सिद्धान्त हो तर परस्पर विरोधी भएर पनि यी दुवै परिपुरक छन् । चेतना आफ्नो निर्वन्धन स्वरुपको स्थितिबाट सतोप्रधान९पवित्र० संसारको स्थापना गर्न सफल हुन्छ । भावार्थ यही हो कि नितान्त निर्वन्धन आत्म चेतना ९अशरीपन० को शिखर अनुभव बढाएर नै अलौकिक रास सम्भव हुन्छ । अलौकिक रासको भावदशाद्धारा सतोप्रधान सृष्टिको रचना सहज हुन्छ ।

विश्वमा अनेक देशमा होली अलग अलग प्रकारले मनाइन्छ ।यद्दपी रुप प्रकार पृथक भए पनि सवैको मनस्थितिमा खुशी र उमंग उल्लास भरिएको हुन्छ । आद्यात्मको यात्रा अनुभवले भन्छ कि अलौकिक रास ९नृत्य० को भावमा चैतन्य उर्जा आफ्नो निज गुणको पूर्णताको अनुभव गर्दछ । यस स्थितिमा हुने अनुभूति खुशीको हुन्छ । त्यसैले होली पर्वले एक अद्धितीय अर्थ लिएको हुन्छ । परिवर्तनशील संसारमा भौतिक देहको अन्त्य निश्चित छ । त्यसैले प्राप्त शक्तिहरुको पनि आफ्नो सीमा हुन्छ । सिमित र अल्पकालीन धन, पद, प्रतिष्ठा आदी शक्तिहरुमा गर्व वा घमण्ड गर्नु पनि मूर्खता हो, भूल हो ।

ईश्वरीय बरदानलाई यदि नकारात्मक रुपले गलत प्रयोग भएमा वा अतिको व्यवहार प्रदर्शन गरेमा अन्ततः त्यस्तो वरदान समयमा काम आउँदैन यात समाप्त भएर जान्छ । संसारको यो अकाट्य सिद्धान्त छ कि ईश्वरीय ९शुभ० शक्तिहरुमा आसुरी शक्ति भन्दा शक्तिशाली हुन्छन् । यो गतिमान संसारमा सवै चिज निरन्तर बदलिरहन्छ र जो हिजो थियो त्यो आज छैन, जो आज छ त्यो भोली हुनेछैन । तसर्थ यहां केही पनि स्थायी छैन अतः वर्तमानमा बांच्न सिकौ तर आसक्ति भएर होइन । जीवनको स्वाभाविकता तन र मनले हल्का रहनुमा छ । अनाशक्त भएर काम गर्नुमा नै जीवनको सार लुकेको छ ।

परमात्मा संग वा ज्ञानको रंग वास्तवमा उल्लास दिने रंग हो । किनकी जव परमात्मा ज्ञानको रंग लगाउनु हुन्छ तव आत्मा पवित्रताको ब्रत लिन्छ । ज्ञानवान वनेर एक अर्कोलाई यस्तो ज्ञानको रंग लगाउनुपर्छ कि जसले सर्व मनुस्य आत्माहरुभित्र बसुधैव कुटुम्वकम् र सद्भावनाको सामा्रज्य स्थापना हुन सकोस् । शारीरिक रुपमा हामी अनेक धर्म जाती वर्ण र रंगभेदको घेरामा विभाजित छौ तर आत्मिक रुपमा हेर्ने हो भने एक पिताका सन्तान आपसमा भाइ भाइ एक विश्व परिवार हो । यही स्मृती भयो भने मात्र पनि सम्भाव र सकारात्मक दृष्टिकोणमा परिवर्तन आई जीवन रुपान्तरणमा सहजता आउन सक्नेछ ।

वर्तमान समय हामी सवै संगमयूगमा छौ । यो संसार परिवर्तनको संघारमा उभिएको छ । सृष्टिका नियन्ता सर्व आत्माहरुका रचयिता कल्याणकारी शिव पिता यस धरतीमा अवतरित भैसक्नु भएको छ तसर्थ यस पावन अवसरमा हामी आत्माहरुले आफ्ना व्यर्थ संकल्पहरुबाट मुक्त हुने अवसर हो । यस्तो ज्ञानयुक्त होली खेलेर होली ९पवित्र० बन्न सबैलाई होलीको हार्दिक मंगलमय शुभकामना । ओम् शान्ति ।

लेखक ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र घोराहीका प्रवक्ता हुन ।