लमही चेम्बर अफ कमर्सद्वारा राहत बितरण

शिवराज खनाल
दाङ,४ चैत्र । लमही चेम्बर अफ कमर्सले लमहीमा आगलागीबाट पीडित परिवारलाई राहत बितरण गरेको छ ।

दाङको लमही नगरपालिका–६ राप्ती टोल विकास संस्था (ढिकपुर) स्थित गत चैत्र २ गते सोमबार विहान दश बजे विद्युत्को तार सट भइ छ वटा घर पूर्ण रुपमा जलेर नस्ट भएको थियो ।

आगलागीबाट घरमा रहेको नगद , टिभि, दराज फर्निचरको सामाग्री, भकारीमा रहेको अन्नपात, लुगापत्ता सबै जलेर नष्ट भएको छ । अहिले पीडितहरु कोहि त्रिपाल र कोहि आफन्तीको घरमा आस्रिय लियर बसिरहेका छन ।

राहत बितरण कार्यक्रममा नगद १० हजार एक सय १ रुपैया पीडितलाई हस्तान्तरण गर्दै लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले यो सानो सहयोगले पीडितलाई केही हदसम्म भएपनी राहत पुग्ला भन्ने मनसायले बितरण गरेको बताए ।

लमही नगरपालिका–६ का वडा अध्यक्ष गणेशमान चौधरीले पीडितहरुलाई स्थानीय सरकार रहेको अनुभुती दिलाएको बताउछन ।

राहत बितरण कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपाने , उपाध्यक्ष सितल भुसाल , महासचिब केशब अधिकारी , ऋषिराम खनाल , प्रमोद गौतम ,वडा नं. ६ का अध्यक्ष गणेशमान चौधरीलगायतको उपस्थिति रहेको थियो ।

गर्मी मौसमको सुरुवातसंगै एउटा सानो आगोको झिल्काले गर्दा ठूलो जनधनको क्षेती हुन सक्छ तेसैले सम्पुर्ण सजक हुनु पर्ने देखिन्छ ।