भूवन पोख्रेल
अहिले नेपालको राष्ट्रिय राजनीतिमा सर्वोच्च अदालतका दुईवटा फैसलाले नयाँ तरंग उत्पन्न भएको छ । नेकपा एमाले र माओवादी केन्द्र आ–आफ्नो पार्टीमा फर्किने परिस्थिति सिर्जना भएको छ । ओली नेतृत्वको सरकार माओवादी केन्द्रले समर्थन फिर्ता लिनासाथ अल्पमतमा पर्ने भएको छ ।
राजनीतिक स्थायित्व र समृद्धिको मूल नाराका साथ चुनावी तालमेल गरेर पार्टी एकीकरण भएका एकीकरण भङ्ग भई अलोकप्रिय सरकारका रुपमा चित्रित भएका छन् । अहिले आम जनता र नागरिक समाज ओली सरकारको विरुद्धमा छन् । वर्तमान विषम परिस्थितिलार्य काबुमा लिई जनपेक्षालाई निराशामा परिणत हुन नदिने जिम्मेवारी र अभिभारा नेपाली कांग्रेसको काँधमा आइपुगेको छ । जनमतलाई सम्मान गर्दै प्रतिपक्षमा रहेको कांग्रेस फेरि एकपटक मुलुकको नेतृत्व गरेर समृद्ध मुलुक, स्वतन्त्र नेपालीको मूल आकांक्षा पूरा गर्ने वातावरण सिर्जना भएको छ ।
राजनीतिक अन्योल अन्त्य गर्ने र लोकतन्त्रलाई जोगाउने जिम्मेवारी पुनः एकपटक नेपाली कांग्रेसकै हातमा आएको छ । अहिले नेपाली कांग्रेस लोकतन्त्रको मियो बनेर जनताको निराशालाई आशामा परिणत गर्ने बेला आएको छ । नेपाली राजनीतिक रंगमञ्चमा तीब्र गतिमा विकास भइरहेका घटना क्रमले लोकतन्त्रमाथि अनिष्टको संकेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरेपछि मुलुक अँध्यारो सुरुङभित्र पसेको हो ।
सर्वोच्च अदालतले असंवैधानिक भनी ठहर गरेर संसद पुनःस्थापना गरेपछि राजनीति सही बाटोमा फर्केको छ । राजनीतिक अस्थिरता, खिचातानीले राष्ट्रियतालाई कमजोर र लोकतन्त्रलाई धरापमा पार्ने निश्चित छ । विगत तीन वर्षदेखि प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आवरणमा विशुद्ध अधिनायकवादी निरंकुश शैली अपनाए । उग्र राष्ट्रवादको नारा दिएर करिब दुईतिहाइ मत प्राप्त गरेका कम्युनिस्टका कारण देश संकटमा छ ।
विद्यमान राजनीतिक अन्योल र खिचातानीको अन्त्य गर्ने र लोकतन्त्रलाई जोगाउने जिम्मेवारी पुनः एकपटक देशको पुरानो दल नेपाली कांग्रेसकै हातमा आएको छ । नेपाली कांग्रेस अहिले विषम परिस्थितिमा गुट उपगुटमा विभाजन भई एकअर्कालाई हिलो छ्याप्दै अस्वस्थ प्रतिष्पर्धामा लाग्नुलाई विडम्बना ठान्नु पर्छ । आपसी कलहको कारण नेकपाले वर्तमान परिस्थिति मुलुकलाई धकेलिदिएको छ । नेपाली कांग्रेसले पनि आन्तरिक कलह व्यवस्थापन गर्न सकेन भने नेकपाकै नियति झेल्नुपर्ने देखिन्छ ।
वर्तमान राजनीतिक निकाश र भविष्यमा बन्ने समीकरणबारे कांग्रेसभित्र अन्तरविरोध हटेर एकमत देखिनु सुखद् भए पनि सरकारको नेतृत्व गर्न भने चुनौतीरहित भने छैन । पदका लागि मूल्य–मान्यता, पद्धति र लोकतन्त्रमाथि प्रहार गर्ने ओलीले पद टिकाउन अझ कति तिकडम गर्ने हुन् त्यो त हेर्न बाँकी नै छ । तरल राजनीतिको फाइदा जसले पनि लिन सक्छ । ओली सरकार हटाएर कांग्रेसको नेतृत्वमा निर्माण हुने सरकारले पनि निकै ठूलो चुनौती मोल्नुपर्ने हुन्छ ।
वर्तमान सरकारले उठाएका गलत कदमलाई सच्याएर सही लिकमा ल्याउनुपर्ने दायित्व छँदै छ । कांग्रेस पार्टीको साख जोगाउन नसक्ने हो भने सत्तामा जानुको कुनै औचित्य छैन । कुनै पनि सत्ता समीकरण गर्दा न्यायमा सौदाबाजी गर्दा पार्टीको साखमा पक्कै धक्का पुग्दछ । कांग्रेसले सत्ता समीकरणका लागि धेरै गृहकार्य र संवाद गरेर मात्र अघि बढ्न र पर्याप्त गृहकार्य गरेर मात्र निर्णय लिन जरुरी छ ।
देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेकाले हतारमा निर्णय लिई फुर्सदमा पछुताउने काम कांग्रेसले गर्नु हुँदैन । नेपालको संवैधानिक र राजनीतिक क्षेत्रमा सर्वोच्च अदालतबाट दुई साताभित्र जारी भएका दुईवटा महत्वपूर्ण फैसलाले गहन महत्व बोकेका छन् । नेकपा आधिकारिकताको विवादका विषयमा आएको पछिल्लो फैसलाले अवस्थालाई थप जटिल बनाएको छ भने त्यति नै सहज पनि बनाइदिएको छ ।
राजनीतिक अन्योलताको स्थिति अन्त्य गरी लोकतन्त्रलाई जोगाउने जिम्मेवारी पुनः एकपटक नेपाली कांग्रेसको काँधमा आएको छ । अहिले कांग्रेस नेपालको राष्ट्रिय राजनीतिको मियो बन्दै गर्दा पार्टीलाई आम जनसमुदायले सुझबुझपूर्ण ढङ्गले अघि बढी जिम्मेवार भूमिका वहन गर्नु पर्ने अपेक्षा राखेका छन् । परिस्थितिलाई परिपक्क बनाई कांग्रेस नेतृत्वमा अघि बढ्नु पर्छ । अझै मुलुकमा राजनैतिक परिपक्वताको परिस्थिति बन्नसकेको छैन । आम जनतामा शिक्षा र चेतनाको स्तर अभिबृद्धि नभई लोकतन्त्र बलियो हुँदैन । जनता सचेत नभएको मुलुकमा लोकतन्त्रका नाममा शासकहरु बलिया बन्छन् ।
लोकतन्त्रको आधार जनता हुन् । लोकतन्त्रमा जनताले जसलाई सत्तामा पु¥याउँछन्, तिनैले शासन गर्दछन् । जनताको अभिमत नै शासकको शक्तिको वास्तविक स्रोत हुन्छ । तर लोकतन्त्र वृह अर्थमा चुनावको प्रक्रिया मात्रै नभएर संस्कार पनि हो । लोकतान्त्रिक नेतृत्व चयन हुन जनता पनि सक्षम हुनु प¥यो । शासकको आचरण, कार्यक्रम र प्राथमिकता जनपक्षीय हुन् वा होइनन् छुट्याउन जनताले सक्नुप¥यो । जबसम्म जनताको रोग, भोक, अशिक्षा र अभाव शासकका निम्ति मत तान्ने आधार बनिरहन्छ भने वास्तविक लोकतन्त्र पाउन मुस्किल हुन्छ ।
शक्ति, सत्ता र पैसाको बलमा जनमत प्रभावित गरेर सहजै सत्तामा पूगन सकिन्छ तर सत्तामा पुगेर टिक्न चाहिँ गाह्रो हुन्छ । नागरिक शिक्षित, सचेत र समृद्ध भए मात्रै लोकतन्त्र सही लिकमा हिडेर काम गर्न सक्छ । अशिक्षित जनता लोकतन्त्रका नाममा अलोकतान्त्रिक शासन गर्ने शासकका लागि गज्जब राम्रो भोट बैंक हुन सक्छन् । नेताको भ्रम, झुठ, आश्वासन र बोलीको मूल्यांकन गर्ने, चुनावी नाराहरुको परीक्षण गर्ने, बहस गर्न स्क्ने चेतना जनतामा हुनु पर्छ ।
लोकतन्त्रको नाममा सत्तारोहण गरेपछि सत्ता छोड्न नपरोस् भन्नका खातिर लोकतन्त्रमाथि खतरा पैदा भएको, लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने, लोकतन्त्र गुम्नसक्ने वहाना बनाएर सत्तामा टिकिरहने प्रवृत्ति देखिन्छ । जनतालाई ठूला सपना र आकर्षक नारा पदिएर सत्तामा पुग्ने महत्वाकांक्षाले गर्दा वर्तमान परिस्थितिको सामना गर्नु परेको हो ।
उग्र राष्ट्रवादको नारा दिएर करिब दुईतिहाइ मत प्राप्त गरेका कम्युनिस्टका कारण देश संकटमा छ । विद्यमान राजनैतिक अन्योल अन्त्य गर्ने र लोकतन्त्रलाई जोगाउने जिम्मेवारी पुनः एकपटक देशको पुरानो दल नेपाली कांग्रेसको हातमा आएको त होइन रु गम्भीर भएर मन्थन गर्ने बेला आइसकेको छ । देशमा विकसित घटनाक्रम र राजनैतिक परिदृश्यका कारण वर्तमान सत्ताको नेतृत्व गर्नु कांगैेसका लागि पनि चुनौतीरहित भने छैन ।
तीन वार्ष अघि सत्ता हातमा लिँदा म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने नारा सरकारी कार्यालयका भित्ता–भित्तामा टाँसेको ओली सरकारको पालामा ओम्नीदेखि यतिसम्म भ्रष्टाचारका दर्जनौँ डरलाग्दा काण्ड बाहिरिए । ओलीले भ्रष्टाचारी सबैलाई काँध थापे । कर्मचारी प्रशासनमा न्यूनतम पनि सुधार गर्न सकेनन् । प्रशासन संयन्त्रलाई प्रविधिमुखी बनाउँदै आधुनिकीकरण गर्नुपर्ने अपरिहार्यतालाई उनले बुझ्न सकेनन् । यस्तो अवस्थामा सुशासनको काम कठिन दखिन्छ । मुलुक अहिले अनिर्णयको बन्दी भएको छ ।
राजनीतिक संकट बढेको बेला देश जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेकाले कांग्रेसको भूमिका महत्वपूर्ण रहन्छ । राष्ट्रिय दायित्व पूरा गर्ने बेला कांग्रेस अनिर्णयको बन्दी बन्न हुँदैन । देशलाई वर्तमान राजनीतिक दलदलबाट निकास दिन कांग्रेस पनि सशक्त भूमिका हुन सक्छ र नेपाली कांग्रेसले विकृति विरुद्ध नबोली टुलुटुलु हेरेर बस्न सक्दैन र ओली सरकारको विकल्प खोज्नु पर्छ ।
करिब दुईतिहाइ वहुमत प्राप्त कम्युनिस्ट सरकारले मुलुकको जनमत थेग्न नसकेपछि नेपाली जनताको आँखा कांग्रेसतर्फ मोडिएको छ । यस परिस्थितिमा नेपाली कांग्रेस पार्टीलाई चरम गुटबन्दीको शिकारबाट मुक्त बनाउने योजनाप्रति लाग्नु पर्छ । यतिबेला मुलुकलाई स्थायी निकाश दिने सवालमा नेपाली कांग्रेसको अपेक्षित भूमिका देखा नपर्दा जनता निराश भएका छन् । अब ढिलो, चाँडो मुलुक निर्वाचनमा होमिने निश्चित छ ।
विगतको आत्मसमीक्षा र आफ्ना कमजोरीको आत्मालोचना गर्दै कार्यकर्ताको उचित मूल्यांकन गर्ने सद्बुद्धि नेतृत्वमा पलायो भने आगामी निर्वाचन कांग्रेसका लागि सुखद हुन सक्छ । स्थापनाकालदेखि नै आफ्नो सिद्धान्त, आदर्श र लक्ष्य प्राप्तिको संघर्षमा कांग्रेस कहिल्यै विचलित भएन र यसबाटै आजसम्म उसको साख जोगिएको हो । वि सं २००३ को विराटनगर मजदुर आन्दोलन, २००७ सालको क्रान्ति, २०११ सालको सत्याग्रह, २०१४ सालको सालको भद्र अवज्ञा आन्दोलन, २०३७ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको ऐतिहासिक जनआन्दोलन र २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनसम्म कांग्रेसले सधैँ लोकतन्त्रका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै जनताको सार्वभौमसत्ताका पक्षमै आफूलाई उभ्याएको इतिहास छ ।
जहानिया राणा शासन समाप्त गरी नेपाललाई स्वतन्त्र, स्वाभिमानी र प्रजातान्त्रिक राष्ट्रका रुपमा विकास गर्ने लक्ष्यका साथ २००३ कार्तिक १५ गते बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस गठन भएको थियो । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांगेसबीच २००६ चैत २७ गते कलकत्तामा एकीकरण भयो । एकीकरणपछि पार्टीको नाम नेपाली कांग्रेस राखियो । ऐतिहासिक गरिमा बोकेको नेपाली कांग्रेस कमजोर बन्दै जाँदा लोकतन्त्र र राष्ट्रियता पनि कमजोर हुने तथ्य अहिले प्रमाणित भएको छ ।
कांग्रेस वीपीको आदर्शबाट विचलित हुँदो लोकतन्त्र र राष्ट्रियता नै संकटमा परिसकेको छ । कांग्रेस विभाजित हुँदा प्रजातन्त्र हरण भएको इतिहास साक्षी छ । नेकपा विभाजनको रमिते मात्र बन्नु कांग्रेसका लागि शोभनीय ठानिँदैन । लोकतन्त्रको रक्षक शक्ति नेपाली कांग्रेस भएकाले लोकतन्त्र विरोधी तत्वको निशासनामा नेपाली कांग्रेस सधैँ पर्दै आएको छ । समयमै महाधिवेशन सम्पन्न गरी लोकतन्त्रको रक्षा गर्नु कांग्रेसलाई विधिविधान र अनुशासनमा राख्ने ठूलो उत्तम विकल्प हो ।
संसदीय व्यवस्थाका मूल्यमान्यता कुल्चिएर अध्यादेश मार्फत् मुलुक चलाइरहेका प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रकै मियो मानिने नेपाली कांग्रेसलाई सत्तासीन भएदेखि नै निशाना र निराश बनाएको प्रष्ट छ । नेपाली कांग्रेसलाई लाइट बालेर खोज्नुपर्ने जस्ता भ्रमित वक्तव्यबाजी ओलीले दिँदै आएका थिए । कांग्रेसलाई विग्रह गरेर आफू सत्तामा टिकिरहने उनको दाउँपेच थियो । पार्टीभित्र मौलाएको गुटगत दाउँपेच अन्त्य गरी पार्टीलाई रुपान्तरणको बाटोमा डो¥याउनु पर्छ ।