दाङ,१ चैत । प्रहरीले दाङमा पाँच थान जरायोको सिंगसहित एक जना महिलालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका– ४ पृथ्वीनगर टोलबाट प्रतिबन्धित जरायोको सिंग(ओखेटोपहार)सहित २८ बर्षीय सीता चौधरीलाई पक्राउ गरेको हो । प्रहरीले गोप्य सूचनाका आधारमा घरमा लुकाइ छिपाई राखिएको अबस्थामा आइतवार विहान घरबाटै उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।
उनका अनुसार प्रहरीले उनको साथबाट २ फिट ४ ईन्च लम्बाई रहेको तीन वटा हाँगा भएको सिंग एक थान,२ फिट ६ इन्च लम्बाई ३ (तिन ) हाँगा भएको थान –१, ३२.५ से.मी. लम्बाई रहेको तिन वटा हाँगा भएको एक थान, ३४ से.मी.लम्बाई भएको दुई वटा सिंग भएका ४ (चार) हाँगा भएको थान १, ४.५ ईन्च लम्बाई दुई वटा सिंग एकैमा हाँगा नभएको थान –१ गरी जम्मा पाँच वटा जरायो सिंगसहित उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी चौधरीलाई प्रहरीले डिभिजन वन कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।